मुख्य समाचार
जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्या भएको तीन वर्षपछि अभियुक्त तेत्सुया यामागामीले अदालतमा आफ्नो अपराध स्वीकार
जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्या भएको तीन वर्षपछि अभियुक्त तेत्सुया यामागामीले अदालतमा आफ्नो अपराध स्वीकार

। जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्या भएको तीन वर्षपछि अभियुक्त तेत्सुया यामागामीले अदालतमा आफ्नो अपराध स्वीकार गरेका छन् ।

अदालतमा सोधपुछको क्रममा उनले ‘सबै कुरा सत्य हो’ भन्दै हत्या गरेको स्वीकारेका हुन्

४५ वर्षीय यामागामीले जापानको नारा जिल्ला अदालतमा उपस्थित भएर हत्या र हतियारसम्बन्धी कानुनी उल्लंघनका आरोपमा भएको सुनुवाईको पहिलो दिन नै अभियोग स्वीकार गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

जापानमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री रहेका शिन्जो आबेमाथि पश्चिमी जापानको नारा सहरमा चुनावी सभामा बोलिरहेका बेला सन् २०२२ जुलाई ८ मा गोली प्रहार भएको थियो ।

लगत्तै पक्राउ परेका यामागामीले आफैंले बनाएको हतियारबाट गोली प्रहार गरेको खुलेको थियो । गोली लागेर गम्भीर घाइते भएका पूर्वप्रधानमन्त्री आबेको उपचारका क्रममा केहीबेरमै निधन भएको थियो ।

यामागामीले बदला लिन आफूले स्वनिर्मित हतियार प्रयोग गरेर आबेको हत्या गरेको समेत स्वीकारेका अनुसन्धानकर्ताहरूलाई उद्धृत गर्दै जापानी समाचार अनलाइन जापानटाइम्सले जनाएको छ ।

उनले आबेलाई युनिफिकेशन चर्च भन्ने विवादास्पद धार्मिक समूहलाई समर्थन गरेको आरोप लगाएका छन् । सो चर्चका कारण आफ्नो परिवार आर्थिक रूपमा धराशायी बनेको उनको आरोप छ ।

समाचार अनुसार यामागामीकी आमाले उक्त चर्चलाई करिब १० करोड येन (लगभग ६ लाख ६३ हजार अमेरिकी डलर) दान गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्‍याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर हुँदा मुद्रास्फीति नियन्त्रण गर्न थप वृद्धि गर्ने बताएको छ। बजारले अपेक्षा गरे अनुरूप नै बैङ्कले २५ आधार बिन्दुको वृद्धि गरेर १.२५ प्रतिशत पुर्‍याइएको हो । युरोपेली केन्द्रीय बैङ्क र अमेरिकी फेडेरल रिजर्भको हालैको कडा नीतिपछि यो निर्णय ...
संसारको आधाभन्दा बढी जनसङ्ख्याका लागि चामल मुख्य खाना हो । मानिसहरूले खाने चामलमा ८५ प्रतिशतभन्दा बढी स्टार्च हुन्छ । यसमा १० प्रतिशत प्रोटिन र २ प्रतिशत फ्याट हुन्छ । चामलमा भिटामिन र अन्य तत्वहरू पनि हुन्छन् । चामलमा फ्याटको मात्रा कम हुने भएकाले यसमा कम ध्यान दिइएको थियो । तर फ्याटले पोषण, स्वाद र गुणस्तरमा प्रभाव ...
: जापानको आइची प्रिफेक्चर र नागोया सहरमा आयोजना हुने २०औं एसियाली खेलकुदका लागि चीनले युवा र अनुभवी खेलाडीको मिश्रणसहितको शक्तिशाली टोली निर्माण गरेको छ। चीनले सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म हुने प्रतियोगिताका लागि ८१५ खेलाडी समेटिएको टोली घोषणा गरेको छ। चिनियाँ टोलीका खेलाडीको औसत उमेर २४ वर्ष छ। चीनको समग्र प्रतिनिधिमण्डल एक हजार २७४ ...
। जापानको फुकुओकामा नेपाली युवती लक्ष्मी राजवंशीको हत्या प्रकरणमा तीन नेपाली पक्राउ परेका छन् । जापान प्रहरीका अनुसार हत्या अभियोगमा फुकुओका सहरको हाकाता वार्डस्थित एक व्यावसायिक विद्यालयमा अध्ययनरत २८ वर्षीय सन्जु तामाङ, सागा प्रिफेक्चरको तोसु सहरमा बस्ने २५ वर्षीय अमिस्ता तामाङ र सोही सहरमा बस्ने २२ वर्षीय प्रबिन लामा पक्राउ परेका हुन् । जापानको फुकुओकामा १९ अगस्टमा ...
। जापानी प्रधानमन्त्री सानाए ताकाइचीले आफ्नो मन्त्रिमण्डल र सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)को कार्यकारी टोलीलाई जतिसक्दो चाँडो फेरबदल गर्ने विचार गरिरहेको स्थानीय सञ्चारमाध्यमहरूले सोमबार रिपोर्ट गरेका छन् । सोमबार ताकाइचीले टोकियोस्थित आफ्नो कार्यालयमा वरिष्ठ एलडीपी अधिकारीहरूसँग अपेक्षित नेतृत्व फेरबदलअघि पार्टी व्यवस्थापनबारे विचार आदानप्रदान गरेको पार्टी स्रोतलाई उद्धृत गरी क्योदो न्यूजले रिपोर्ट गरेको छ । बैठकमा एलडीपी नीति ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम