मुख्य समाचार
जापानमा निश्चित सिपयुक्त श्रमिक (एसएसडब्लू) पठाउन मागपत्र प्रमाणीकरण सुरु गरिएको छ
जापानमा निश्चित सिपयुक्त श्रमिक (एसएसडब्लू) पठाउन मागपत्र प्रमाणीकरण सुरु गरिएको छ

। जापानमा निश्चित सिपयुक्त श्रमिक (एसएसडब्लू) पठाउन मागपत्र प्रमाणीकरण सुरु गरिएको छ ।

जापानस्थित नेपाली दूतावासले २७ असोजदेखि मागपत्र प्रमाणीकरण सुरु गरेको जनाएको हो ।

निश्चित सिपयुक्त श्रमिक ल्याउने सम्बन्धमा प्रचलित कानुन, नियमावली, निर्देशिका र अन्य सम्बन्धित कानुनी प्रावधान, विधि र प्रक्रिया बमोजिम मागपत्र प्रमाणीकरण गर्ने कार्य सुरु गरिएको दूतावासले जनाएको हो ।

मागपत्र प्रमाणीकरणका लागि आवश्यक कागजात दूतावासको वेबसाइटबाट लिन सकिने र सोही अनुसार निवेदन पेस गर्न दूतावासको अनुरोध थियो ।

एसएसडब्लू अन्तर्गत विभिन्न १६ क्षेत्रमा सिपयुक्त श्रमिक लैजाने गरिएको छ । नेपालबाट समेत लामो समयदेखि एसएसडब्लू अन्तर्गत श्रमिक पठाउने विषयमा पहल हुँदै आएको थियो ।

एसएसडब्लू अन्तर्गत नर्सिङ केयर, बिल्डिङ क्लिनिङ, इन्डस्ट्री मेसिनरी, कन्स्ट्रक्सन, सिपबिल्डिङ, एभिएसन, हस्पिटालिटी, एग्रिकल्चर तथा मत्स्यपालन, अटोमोबाइल, पेय पदार्थ उत्पादन उद्योग, खाद्य सेवा उद्योग लगायत क्षेत्रमा सिपयुक्त रोजगारी छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघ अध्यक्ष भुवनसिंह गुरुङले पनि दूतावासले मागपत्र प्रमाणीकरण गर्न सुरुवात गरेको बताए । मागपत्र प्रमाणीकरण सुरु गरेसँगै जापान जाने कामदार ठगीमा पर्ने समस्याबाट बच्ने उनको भनाइ छ ।

जापानले एसएसडब्लू अन्तर्गत भारत, फिलिपिन्स लगायत देशबाट धेरै श्रमिक लैजाने गरेको छ । नेपाल र जापानबीच सन् २०१९ मा एसएसडब्लू मार्फत कामदार लैजाने विषयमा सम्झौता भएको थियो । तर, हालसम्म कामदार पठाउन सकिएको थिएन ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले माघ २०८१ मा कार्यविधि बनाएर स्वीकृत गरेको थियो । तर, मागपत्र प्रमाणीकरण हुन सकेको थिएन ।

अब मागपत्र प्रमाणीकरण सुरु भएसँगै नेपाली श्रमिकहरूले जापानमा राम्रो सेवा सुविधामा काम गर्न पाउने अध्यक्ष गुरूङको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्‍याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर हुँदा मुद्रास्फीति नियन्त्रण गर्न थप वृद्धि गर्ने बताएको छ। बजारले अपेक्षा गरे अनुरूप नै बैङ्कले २५ आधार बिन्दुको वृद्धि गरेर १.२५ प्रतिशत पुर्‍याइएको हो । युरोपेली केन्द्रीय बैङ्क र अमेरिकी फेडेरल रिजर्भको हालैको कडा नीतिपछि यो निर्णय ...
संसारको आधाभन्दा बढी जनसङ्ख्याका लागि चामल मुख्य खाना हो । मानिसहरूले खाने चामलमा ८५ प्रतिशतभन्दा बढी स्टार्च हुन्छ । यसमा १० प्रतिशत प्रोटिन र २ प्रतिशत फ्याट हुन्छ । चामलमा भिटामिन र अन्य तत्वहरू पनि हुन्छन् । चामलमा फ्याटको मात्रा कम हुने भएकाले यसमा कम ध्यान दिइएको थियो । तर फ्याटले पोषण, स्वाद र गुणस्तरमा प्रभाव ...
: जापानको आइची प्रिफेक्चर र नागोया सहरमा आयोजना हुने २०औं एसियाली खेलकुदका लागि चीनले युवा र अनुभवी खेलाडीको मिश्रणसहितको शक्तिशाली टोली निर्माण गरेको छ। चीनले सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म हुने प्रतियोगिताका लागि ८१५ खेलाडी समेटिएको टोली घोषणा गरेको छ। चिनियाँ टोलीका खेलाडीको औसत उमेर २४ वर्ष छ। चीनको समग्र प्रतिनिधिमण्डल एक हजार २७४ ...
। जापानको फुकुओकामा नेपाली युवती लक्ष्मी राजवंशीको हत्या प्रकरणमा तीन नेपाली पक्राउ परेका छन् । जापान प्रहरीका अनुसार हत्या अभियोगमा फुकुओका सहरको हाकाता वार्डस्थित एक व्यावसायिक विद्यालयमा अध्ययनरत २८ वर्षीय सन्जु तामाङ, सागा प्रिफेक्चरको तोसु सहरमा बस्ने २५ वर्षीय अमिस्ता तामाङ र सोही सहरमा बस्ने २२ वर्षीय प्रबिन लामा पक्राउ परेका हुन् । जापानको फुकुओकामा १९ अगस्टमा ...
। जापानी प्रधानमन्त्री सानाए ताकाइचीले आफ्नो मन्त्रिमण्डल र सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)को कार्यकारी टोलीलाई जतिसक्दो चाँडो फेरबदल गर्ने विचार गरिरहेको स्थानीय सञ्चारमाध्यमहरूले सोमबार रिपोर्ट गरेका छन् । सोमबार ताकाइचीले टोकियोस्थित आफ्नो कार्यालयमा वरिष्ठ एलडीपी अधिकारीहरूसँग अपेक्षित नेतृत्व फेरबदलअघि पार्टी व्यवस्थापनबारे विचार आदानप्रदान गरेको पार्टी स्रोतलाई उद्धृत गरी क्योदो न्यूजले रिपोर्ट गरेको छ । बैठकमा एलडीपी नीति ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम