मुख्य समाचार
‘समाजवादीको एकता माओवादी होइन, एमालेसँग राम्रो हुन्छ’ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकताको वार्ता चलिरहेका बेला त्यसले दुवै पार्टीमा तरंग ल्याएको छ । एकीकृत समाजवादीमा एकता माओवादीसँग कि एमालेसँग भन्नेमा ध्रुवीकरण भइरहेको छ । पार्टीको नेतृत्व पुनर्गठन नगरी हुने एकताको कुनै अर्थ नरहने केही नेताहरूको धारणा छ । यसै सन्दर्भमा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीसँग अनलाइनखबरका दुर्गा खनालले गरेको कुराकानी : अहिले नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच एकता हुने भनिएको छ। यो प्रक्रिया कहाँ पुग्यो ? अध्यक्षले वार्ता समिति बनाउनुभएको भन्ने कुरा पनि सुनेको हो । माओवादी पक्षबाट पनि वार्ता समिति बनेको भन्ने कुरा सुनिएको छ । उहाँहरूले वर्कआउट गर्नुभएको छ भन्ने कुरा पत्रपत्रिकाबाट सुनिएको छ । स्थायी कमिटीको यो बीचमा अब त्यो अध्यक्षले तोके बमोजिमकै मान्छे पठाएको हो । स्थायी कमिटीको बैठकमा यो बृहत्तर वामपन्थी एकता र ध्रुवीकरणको लागि वार्ता समिति बनाएका थियौं- बेदुराम कमरेडको अध्यक्षतामा फलानो फलानो नेताहरू भएको भनेर तीन जनाको नाम सार्वजनिक गर्नुभयो। त्यसपछि एकताका आधारहरू प्रस्तुत पनि गर्नुभएको थियो । ती एकताका आधारहरूमा सम्भावित वामपन्थी पार्टीहरूसँगको त्यति ठूलो अन्तरक्रिया, अन्तरघुलन अथवा इन्गेजमेन्ट नभएको, विप्लव नेतृत्वको नेकपासँग अथवा एमाले, अरू अरू पार्टीसँग नभएको, अलि अर्थपूर्ण ढंगले माओवादीसँग चाहिँ भएको, माओवादीसँग त एकता, नाम, झन्डासम्मका कुराहरू भइसकेको भन्ने कुरा त्यो स्थायी कमिटीको बैठकमा बताउनुभएको थियो। त्योभन्दा धेरै डेभलपमेन्ट त आज केन्द्रीय कमिटीको बैठक छ, त्यही ल्याउनुहुन्छ होला । त्योभन्दा धेरै चिज थाहा छैन। यो एकता प्रक्रियाप्रति तपाईंको धारणा के छ? वामपन्थी एकता, ध्रुवीकरणको पक्षमा त उभिँदै आएकै हो । जतिबेला पार्टीहरू कमजोर हुन्छन्, त्यतिबेला झन्डै वामपन्थी पार्टीहरूले एकताको गफ गरिरहेको इतिहास छ। एकता आफैंमा सुन्दर र राम्रो कुरा हो। एकताको विरोधी हुनुपर्ने पनि छैन । एकता विरोधी कोही हुन पनि सक्दैन। तर एकता प्रक्रियाभित्र के एजेन्डा छन् ? कस्ता शक्ति छन् ? र उनीहरूसँग हामी के एजेन्डामा, कस्तो रूपान्तरणमा एकता चाहिरहेका छौँ ? भन्ने कुरा बैठकमा एजेन्डाभित्र प्रवेश गरेपछि त्यसका मत मतान्तर राख्न सकिन्छ। समग्रमा बाहिर ब्यानरको हिसाबले एकता भन्ने कुरा सकारात्मक हो, राम्रो कुरा हो । त्यसको विरोध गर्नुपर्ने, असहमति राख्नुपर्ने कुनै कारण छैन। तर एकता प्रक्रियाभित्रका रुचिहरू, त्यहाँभित्रको कन्टेन्ट, विचारधाराको प्रश्न, एक हिसाबले एजेन्डाकै प्रश्न भनौँ न, त्यो धेरै महत्त्वपूर्ण कुरा हुन्छ। बैठकमा एजेन्डासहित कुराहरू स्पष्ट आयो भने बल्ल आफ्नो मत राख्न सकिएला । अहिलेलाई त यति नै भन्न सकिन्छ कि एकता विरोधी त कोही पनि छैन, कोही हुनै सक्दैन, किनकि एकता सबैको लागि प्रिय चिज हो। तर त्यहाँभित्र सही विश्लेषण गरेर, नेपाली समाजको, नेपाली राजनीतिको, परिस्थितिको सही विश्लेषण गरिसकेपछि, इतिहासको संश्लेषण गरेर नीति, कार्यक्रम, विचारधाराको प्रश्नमा क्लियर गरेर त्यसपछि अझ एजेन्डा आउँछन्, कार्यक्रमिक हिसाबले त्यहाँ के गर्ने भन्ने आधारमा एकता कस्तो हुने, के हुने भन्ने कुराको निर्क्योल गर्छ र एकताले नेपाली समाजलाई कस्तो मैसेज दिन्छ भन्ने कुराको पनि निर्क्योल गर्छ। समाजवादीमा माओवादीसँग एकता गर्ने कि एमालेसँग एकता गर्ने कि भन्ने दुइटा खालको विचारधारा देखिन्छ नि ? अब हामी समाजवादीहरूको ठूलो हिस्साको मान्छेहरूको लागि एकता एमालेसँग हुनु राम्रो हो । किनकि एमाले नै हामीले निर्माण गरेको पार्टी हो । त्यहाँ हामीले सबै चिज गरेर, जिन्दगीका धेरै महत्त्वपूर्ण समय त्यहाँ खर्चेर, त्यो आन्दोलन, त्यो पार्टी गठन/पुनर्गठनका सबै काम गरेर आएको भएर सहज र सजिलो व्यक्तिगत हिसाबले भन्दा त त्यो नै बाटो हो । तर अब त्यो एकता किन सम्भव भएन र, त्यो बाटोतर्फ किन वार्ता समितिले संवाद गरेन र माओवादीसँग मात्रै डायलग गरिरहेको छ भन्ने प्रश्न पनि सम्भवत: यो बैठकमा हामीले उठाउँछौँ।
‘समाजवादीको एकता माओवादी होइन, एमालेसँग राम्रो हुन्छ’ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकताको वार्ता चलिरहेका बेला त्यसले दुवै पार्टीमा तरंग ल्याएको छ । एकीकृत सम

‘समाजवादीको एकता माओवादी होइन, एमालेसँग राम्रो हुन्छ’



नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकताको वार्ता चलिरहेका बेला त्यसले दुवै पार्टीमा तरंग ल्याएको छ । एकीकृत समाजवादीमा एकता माओवादीसँग कि एमालेसँग भन्नेमा ध्रुवीकरण भइरहेको छ । पार्टीको नेतृत्व पुनर्गठन नगरी हुने एकताको कुनै अर्थ नरहने केही नेताहरूको धारणा छ । यसै सन्दर्भमा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीसँग अनलाइनखबरका दुर्गा खनालले गरेको कुराकानी :

अहिले नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच एकता हुने भनिएको छ। यो प्रक्रिया कहाँ पुग्यो ?

अध्यक्षले वार्ता समिति बनाउनुभएको भन्ने कुरा पनि सुनेको हो । माओवादी पक्षबाट पनि वार्ता समिति बनेको भन्ने कुरा सुनिएको छ । उहाँहरूले वर्कआउट गर्नुभएको छ भन्ने कुरा पत्रपत्रिकाबाट सुनिएको छ ।
स्थायी कमिटीको यो बीचमा अब त्यो अध्यक्षले तोके बमोजिमकै मान्छे पठाएको हो । स्थायी कमिटीको बैठकमा यो बृहत्तर वामपन्थी एकता र ध्रुवीकरणको लागि वार्ता समिति बनाएका थियौं- बेदुराम कमरेडको अध्यक्षतामा फलानो फलानो नेताहरू भएको भनेर तीन जनाको नाम सार्वजनिक गर्नुभयो।




त्यसपछि एकताका आधारहरू प्रस्तुत पनि गर्नुभएको थियो । ती एकताका आधारहरूमा सम्भावित वामपन्थी पार्टीहरूसँगको त्यति ठूलो अन्तरक्रिया, अन्तरघुलन अथवा इन्गेजमेन्ट नभएको, विप्लव नेतृत्वको नेकपासँग अथवा एमाले, अरू अरू पार्टीसँग नभएको, अलि अर्थपूर्ण ढंगले माओवादीसँग चाहिँ भएको, माओवादीसँग त एकता, नाम, झन्डासम्मका कुराहरू भइसकेको भन्ने कुरा त्यो स्थायी कमिटीको बैठकमा बताउनुभएको थियो। त्योभन्दा धेरै डेभलपमेन्ट त आज केन्द्रीय कमिटीको बैठक छ, त्यही ल्याउनुहुन्छ होला । त्योभन्दा धेरै चिज थाहा छैन।

यो एकता प्रक्रियाप्रति तपाईंको धारणा के छ?




वामपन्थी एकता, ध्रुवीकरणको पक्षमा त उभिँदै आएकै हो । जतिबेला पार्टीहरू कमजोर हुन्छन्, त्यतिबेला झन्डै वामपन्थी पार्टीहरूले एकताको गफ गरिरहेको इतिहास छ। एकता आफैंमा सुन्दर र राम्रो कुरा हो। एकताको विरोधी हुनुपर्ने पनि छैन । एकता विरोधी कोही हुन पनि सक्दैन।

तर एकता प्रक्रियाभित्र के एजेन्डा छन् ? कस्ता शक्ति छन् ? र उनीहरूसँग हामी के एजेन्डामा, कस्तो रूपान्तरणमा एकता चाहिरहेका छौँ ? भन्ने कुरा बैठकमा एजेन्डाभित्र प्रवेश गरेपछि त्यसका मत मतान्तर राख्न सकिन्छ।

समग्रमा बाहिर ब्यानरको हिसाबले एकता भन्ने कुरा सकारात्मक हो, राम्रो कुरा हो । त्यसको विरोध गर्नुपर्ने, असहमति राख्नुपर्ने कुनै कारण छैन। तर एकता प्रक्रियाभित्रका रुचिहरू, त्यहाँभित्रको कन्टेन्ट, विचारधाराको प्रश्न, एक हिसाबले एजेन्डाकै प्रश्न भनौँ न, त्यो धेरै महत्त्वपूर्ण कुरा हुन्छ।

बैठकमा एजेन्डासहित कुराहरू स्पष्ट आयो भने बल्ल आफ्नो मत राख्न सकिएला । अहिलेलाई त यति नै भन्न सकिन्छ कि एकता विरोधी त कोही पनि छैन, कोही हुनै सक्दैन, किनकि एकता सबैको लागि प्रिय चिज हो।

तर त्यहाँभित्र सही विश्लेषण गरेर, नेपाली समाजको, नेपाली राजनीतिको, परिस्थितिको सही विश्लेषण गरिसकेपछि, इतिहासको संश्लेषण गरेर नीति, कार्यक्रम, विचारधाराको प्रश्नमा क्लियर गरेर त्यसपछि अझ एजेन्डा आउँछन्, कार्यक्रमिक हिसाबले त्यहाँ के गर्ने भन्ने आधारमा एकता कस्तो हुने, के हुने भन्ने कुराको निर्क्योल गर्छ र एकताले नेपाली समाजलाई कस्तो मैसेज दिन्छ भन्ने कुराको पनि निर्क्योल गर्छ।

समाजवादीमा माओवादीसँग एकता गर्ने कि एमालेसँग एकता गर्ने कि भन्ने दुइटा खालको विचारधारा देखिन्छ नि ?

अब हामी समाजवादीहरूको ठूलो हिस्साको मान्छेहरूको लागि एकता एमालेसँग हुनु राम्रो हो । किनकि एमाले नै हामीले निर्माण गरेको पार्टी हो ।

त्यहाँ हामीले सबै चिज गरेर, जिन्दगीका धेरै महत्त्वपूर्ण समय त्यहाँ खर्चेर, त्यो आन्दोलन, त्यो पार्टी गठन/पुनर्गठनका सबै काम गरेर आएको भएर सहज र सजिलो व्यक्तिगत हिसाबले भन्दा त त्यो नै बाटो हो ।

तर अब त्यो एकता किन सम्भव भएन र, त्यो बाटोतर्फ किन वार्ता समितिले संवाद गरेन र माओवादीसँग मात्रै डायलग गरिरहेको छ भन्ने प्रश्न पनि सम्भवत: यो बैठकमा हामीले उठाउँछौँ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमलाई क्रमशः पूर्ण डिजिटल प्रणालीमा लैजाने गरी महत्वपूर्ण निर्णय गरेको छ। बोर्डले आगामी पुस १ गतेदेखि १६ वर्ष उमेर पूरा गरेका नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा नयाँ आबद्धता, नवीकरण तथा स्वास्थ्य बीमा सेवा प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको छ । बोर्डको बैठकले स्वास्थ्य बीमा कार्यक्रमको डिजिटल सुधारसम्बन्धी विभिन्न निर्णय ...
। गर्भवतीको ज्यानमा खतरा पुग्ने अवस्थामा जतिसुकै अवधिको गर्भपतन गर्न पाउने व्यवस्था प्रस्ताव गरिएको छ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमा यस्तो व्यवस्था प्रस्तावित छ । यो विधेयक यही असोज ५ गते स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रतिनिधिसभामा दर्ता गरेकी छन् । जसमा सुरक्षित गर्भपतन सम्बन्धी ...
। त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालकको निधन भएको छ । कीर्तिपुर अस्पताल (बर्न अस्पताल)मा उपचारका क्रममा निधन भएको प्रहरी स्रोतले जनाएको छ । स्रोतका अनुसार उनको सोमबार राति नै निधन भएको हो । अस्पतालका अनुसार चालकको शरीरको ९० प्रतिशत भाग जलेको थियो । घाइते चालकलाई दिउँसो करिब १ बजे अस्पताल पुर्‍याइएको थियो। सोमबार मध्याह्न त्रिपुरेश्वरचोकको ...
: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले जलन उपचारमा विशेषज्ञ जनशक्ति तयार गर्न ३० कार्यदिनको जलन उपचारसम्बन्धी विशेषज्ञ तालिम सञ्चालन गर्ने भएको छ। जलन सेवाको राष्ट्रियस्तरीय उपचार मापदण्डअनुसार तेस्रो तहको सेवा प्रवाह गर्न आवश्यक दक्ष जनशक्ति तयार गर्ने उद्देश्यका साथ तालिम केन्द्रले जलन उपचारसम्बन्धी विशेषज्ञ तालिमको पाठ्यक्रम तथा सामग्री विकास गरेको हो। मन्त्रालयको ...
। नेपाली कांग्रेसले आसन्न १५ औं महाधिवेशनमा पार्टीका सबै तहका नेता–कार्यकर्तालाई सहभागी गराउन अन्तिम समयसम्म पहल गर्ने जनाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले महाधिवेशनमा कुनैपनि अग्रज नेता नछुटुन् भन्ने उद्देश्यले पार्टीले निरन्तर पहल गरिरहेको बताएका हुन् । उनका अनुसार पूर्वसभापति शेरबहादुर देउवासहित शेखर कोइराला, विमलेन्द्र निधि, ...