मुख्य समाचार
भारतको राजधानी दिल्लीमा कृत्रिम वर्षा गराउन गरिएको क्लाउड सिडिङ असफल
भारतको राजधानी दिल्लीमा कृत्रिम वर्षा गराउन गरिएको क्लाउड सिडिङ असफल

। भारतको राजधानी दिल्लीमा कृत्रिम वर्षा गराउन गरिएको क्लाउड सिडिङ असफल भएको छ ।

वायु प्रदूषण हटाउन भन्दै दिल्ली सरकारले राज्यका विभिन्न क्षेत्रमा कृत्रिम वर्षा गराउन क्लाउड सिडिङ गरिएको जनाएको थियो । तर, क्लाउड सिडिङ गरिएपनि वर्षा नभएको र वायु प्रदुषण उस्तै रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएको छन् ।

डी डब्लू हिन्दीका अनुसार राजधानी दिल्लीका अधिकांश क्षेत्रमा बुधबार बिहान पनि हावाको गुणस्तर स्तर निकै खराब दर्ज गरिएको छ ।

केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) ले बुधबार बिहान ७ बजे आरके पुरम, आनन्द विहार, अशोक विहार, बवाना, अक्षरधाम र आईटीओ लगायतका क्षेत्रमा हावाको गुणस्तर इन्डेक्स (एक्यूआई) ३०० भन्दा माथि रहेको जनाएको छ, जुन निकै खराब श्रेणी हो ।

यस्तै इन्डिया गेट र नेहरू नगर लगायतका क्षेत्रमा पनि एक्यूआई ३०० भन्दा केही मात्रै कम थियो, जुन खराबको श्रेणीमा पर्दछ ।

दिल्लीमा वायु प्रदूषण नियन्त्रण गर्न मंगलबार दुई पटक क्लाउड सिडिङ गरियो ।

दिल्लीका पर्यावरण मन्त्री मन्जिन्दर सिंह सिरसाले आईआईटी कानपुरको टीमसँग मिलेर क्लाउड सिडिङ गरिएको र केही घण्टामा वर्षा हुने दाबी गरेका थिए ।

तर, पछिल्लो जानकारी अनुसार क्लाउड सिडिङपछि पनि दिल्लीसहित आसपासका कुनै पनि क्षेत्रमा वर्षा भएको छैन ।

दिल्ली सरकारले आईआईटी कानपुरसँग मिलेर क्लाउड सिडिङको परीक्षण गरेको हो ।

आईआईटी कानपुरका निर्देशक मनिन्द्र अग्रवालले इन्डिया टूडेसँग भनेका छन्, ‘भलै क्लाउड सिडिङ पछि वर्षा भएन, तर यसबाट हामीलाई डेटा संकलनमा सहयोग भयो, जसले भविष्यमा क्लाउड सिडिङलाई प्रभावकारी बनाउन मद्दत गर्नेछ ।’

आईआईटी कानपुरले क्लाउड सिडिङका लागि आठ वटा फ्लेयर प्रयोग गरेको थियोे । जसले दुईदेखि अढाइ मिनेटसम्म काम गर्ने भनिएको थियो ।

प्रत्येक फ्लेयर करिब दुईदेखि अढाइ किलोसम्म तौलको हुन्छ र यसबाट सिल्वर आयोडाइड, सोडियम क्लोराइड र पोटासियम क्लोराइड जस्ता रसायन विशेष विमानमार्फत् बादलमा छरिएका थिए ।

रसायनहरूको प्रयोग गरेर कृत्रिम वर्षा गराउने प्रक्रियालाई क्लाउड सिडिङ भनिन्छ । यसमा सिल्वर आयोडाइड, सोडियम क्लोराइड, पोटासियम क्लोराइड जस्ता रासायनिक पदार्थ विमान वा ड्रोनमार्फत् बादलमा छरिन्छन् ।

यी पदार्थले बादलभित्रको स–साना पानीका कण आपसमा जोड्ने र बरफका टुक्रा बन्ने प्रक्रिया तीव्र पार्छन्, जसले गर्दा अन्तत: वर्षा हुन्छ ।

यो प्रविधिको विकास सन् १९४० तिर अमेरिकी वैज्ञानिक भिन्सेन्ट जे. शेफरले गरेका थिए । हाल अमेरिकादेखि चीन र संयुक्त अरब इमिरेट्स लगायत विभिन्न देशले प्रदूषण नियन्त्रण र पानी अभाव समाधानका लागि यसको प्रयोग गर्दै आएका छन् ।

दिल्लीमा पनि यही प्रविधिबाट प्रदूषण घटाउने प्रयास गरिएको भएपनि त्यो सफल भएन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनाव चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने अरब दलहरूले ...
। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनावमा भोट चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने ...
: म्यानमारका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि क्यार मो टुनले आफ्नो देशका नागरिकले भोगिरहेको पीडा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग भावुक अपिल गरेका छन् । राष्ट्रसङ्घमा सम्बोधन गर्ने क्रममा उनले म्यानमारको सङ्कटप्रति विश्व समुदाय मौन बसेको भन्दै त्यसलाई तोड्न र पीडित नागरिकलाई सहयोग गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे । अन्तर्राष्ट्रिय समुदायले म्यानमारका जनतालाई पटक-पटक निराश बनाएको उनको भनाइ थियो ...
। स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ । म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे ...
: इजरायलको संसदीय निर्वाचनको प्रारम्भिक नतिजालाई लिएर राजनीतिक विवाद चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब पार्टीहरूले चुनाव ‘चोरी’ गरेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। तर, अरब नेतृत्वका दलहरूको गठबन्धन जोइन्ट लिस्टले आरोप अस्वीकार गरेको छ । अक्टोबर २९ को प्रारम्भिक विवरणअनुसार ९३ प्रतिशतभन्दा बढी मतगणना हुँदा नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । ...