मुख्य समाचार
ट्रम्प दक्षिण कोरिया आइपुग्नु केही घण्टा अगाडि उत्तर कोरियाले अर्को क्षेप्यास्त्र परीक्षण
ट्रम्प दक्षिण कोरिया आइपुग्नु केही घण्टा अगाडि उत्तर कोरियाले अर्को क्षेप्यास्त्र परीक्षण

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दक्षिण कोरिया आइपुग्नु केही घण्टा अगाडि उत्तर कोरियाले अर्को क्षेप्यास्त्र परीक्षण गरेको छ।



एसिया प्रशान्त आर्थिक सहयोग बैठकमा भाग लिन ट्रम्प दक्षिण कोरिया जाँदैछन्।


उत्तर कोरियाले जमिनबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्र परीक्षण गरेको दाबी गरेको छ।



बीबीसीका दक्षिण कोरिया संवाददाता जेक क्वोनका अनुसार यो परीक्षणलाई उत्तर कोरियाको आणविक हतियारलाई वैधानिक बनाउने सानो प्रतीकात्मक प्रयास मानिएको छ।

राज्य सञ्चालित सञ्चारमाध्यमका अनुसार क्षेप्यास्त्र ठाडो रूपमा माथितिर प्रहार गरिएका थिए र करिब ७,८०० सेकेन्डसम्म हावामा रहे।

दक्षिण कोरियाको भ्रमणको क्रममा ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग भेट्ने कुनै संकेत देखिएको छैन।

ट्रम्पले आज दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङसँग भेट गर्नेछन्। दक्षिण कोरियाली राष्ट्रपतिलाई संयुक्त राज्य अमेरिकासँग व्यापार सम्झौता अन्तिम रूप दिन दबाब छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: रुसले युक्रेनमाथि ठूलो आक्रमण गरेको छ । रुसले युक्रेनमाथि सयौं ड्रोन र दर्जनौं मिसाइल प्रहार गरेको जनाएको छ । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले राजधानी कीएभ मुख्य निशानामा परेको बताएका छन्, तर अन्य क्षेत्रहरूलाई पनि लक्ष्य बनाइएको थियो । यी आक्रमणमा कम्तीमा ८३ जना घाइते भएका छन् । कीएभ र वरपरका क्षेत्रमा चार जनाको मृत्यु भएको ...
: अमेरिका, इजरायल र इरानबीच जारी युद्ध अन्त्य हुन सक्ने सम्झौताको आशामा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ भने एसियाली सेयर बजारमा वृद्धि देखिएको छ। शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरान (इरान) सँगको सम्झौताका लागि 'धेरैजसो वार्ता' भइसकेको र यसको विस्तृत विवरण चाँडै घोषणा गरिने बताएका थिए। यद्यपि, भोलिपल्टै उनले आफ्नो वार्ता टोलीलाई सम्झौताका लागि ...
हङकङ र युरोपबीच व्यापार एवं लगानीका साथै नवप्रवर्तन र प्रविधि जस्ता क्षेत्रमा व्यावहारिक एवं पारस्परिक रूपमा लाभदायक सहकार्य अघि बढाउन सक्ने हङकङका वित्त सचिव पावल च्यान मो-पोले बताएका छन् । युरोपमा परिवर्तनको ठूलो चाहना रहेको र बहुपक्षीय सहकार्य एवं जोखिम विविधीकरण मार्फत थप बलियो आर्थिक उत्थानशीलता निर्माण गर्न खोजिरहेको भन्दै च्यानले यस्तो बताएका हुन् । आफ्नो साप्ताहिक ...
चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) स्टार्टअप कम्पनी ‘डिपसिक’ ले आफ्नो सबैभन्दा शक्तिशाली फ्ल्यागसिप मोडल ‘भी ४-प्रो ‘ को एपीआई शुल्कमा गरेको ७५ प्रतिशतको भारी कटौतीलाई स्थायी बनाउने निर्णय गरेको छ। शनिबार एक आधिकारिक विज्ञप्ति जारी गर्दै कम्पनीले यसअघि एउटा निश्चित प्रवर्द्धनात्मक योजना (प्रमोसन) अन्तर्गत ल्याएको यो छुटलाई अब स्थायी रूपमा निरन्तरता दिने घोषणा गरेको हो । यस ...
पाकिस्तानको क्वेटास्थित चमन गेट नजिकै रेलवे ट्र्याकमा विस्फोट हुँदा २० जनाको मृत्यु भएको छ भने अन्य ७० जना भन्दा बढी घाइते भएका छन् । आइतबार भएको विस्फोटका कारण रेलका तीनवटा डिब्बा पटरीबाट खसेका थिए भने दुई वटा डिब्बा पल्टिएका थिए। प्रत्यक्षदर्शीहरूका अनुसार विस्फोट यति शक्तिशाली थियो कि रेलवे ट्र्याक नजिकै पार्क गरिएका धेरै सवारी साधनहरूमा क्षति पुगेको ...