मुख्य समाचार
मैत्रीपूर्ण खेलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ३-० गोलले पराजित
मैत्रीपूर्ण खेलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ३-० गोलले पराजित

: मैत्रीपूर्ण खेलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ३-० गोलले पराजित गरेको छ। सिक्किमको पाल्जोर रङ्गशालामा भएको खेलमा दुवै टोलीले पहिलो हाफमा १-१ गोलको बराबरी खेलेका थिए। दोस्रो हाफमा नेपाल र भारत दुवै टोलीले गोल गर्न सकेनन्।



खेलको निर्धारित ९० मिनेटसम्म नेपालको पोस्ट उषा नाथले सम्हालेकी थिइन्। खेल बराबरीमा जाने भएपछि नेपालका प्रशिक्षक नवीन न्यौपानेले नेपाली टोलीकी पेनाल्टी स्पेसलिस्ट भनेर चिनिने अन्जना राना मगरलाई मैदानमा उतारे। उनलाई मैदानमा उतारे बमोजिम नै उनले प्रदर्शन देखाइन्। उनले भारतको दुई पेनाल्टी रोक्दै नेपालको जित सुनिश्चित गरिन्।


नेपालको लागि पेनाल्टी सुटआउटमा सविता राना मगर, रश्मी कुमारी घिसिङ र निशा थोकरले गोल गरे। अनिता बस्नेतले भने पोस्ट बाहिर प्रहार गरिन्। पहिलो र दोस्रो पेनाल्टी गोल हुँदा तेस्रो क्रममा आएकी अनिताले पोस्ट बाहिर प्रहार गरेकी थिइन्। जसको कारण नेपालले चौथो पेनाल्टीसम्म कुर्नुपर्‍यो। चौथो पेनाल्टीमा निशा थोकरले गोल गर्दै नेपालको जित सुनिश्चित गरिन्।



भारतको तर्फबाट प्रियादर्शनीले पहिलो पेनाल्टी सुटआउट प्रहार गरेकी थिइन्, उनलाई नेपालकी गोलकिपर अन्जना राना मगरले रोकिन्।

दोस्रो पेनाल्टी सुट आउट सन्तोषले हानेकी थिइन्। उनले पोस्ट माथि प्रहार गरिन्। तेस्रो भने अष्टम ओरमले प्रहार गरेको पेनाल्टी सुटआउट अन्जनाले सहजै नियन्त्रणमा लिइन्। खेलको ३०औं मिनेटमा भारतका लागि सोमिया गुगलोथले दुईजना डिफेन्डर र गोलकिपरलाई बिट गर्दै भारतका लागि गोल गरेकी थिइन्। उनको गोलसँगै भारतले १-०को अग्रता बनाएको थियो।

पहिलो हाफको थप गरिएको दोस्रो मिनेटमा नेपालका लागि रश्मीकुमारीगी सिंहले गोल गर्दै नेपाललाई एक-एक बराबरीको स्थितिमा ल्याइन्। अनिता बस्नेतले हानेको कर्नरमा हल्का हेडर गर्दै रश्मीले गोल गरेकी हुन्।

७१औं मिनेटमा भारतले सुनौलो अवसर बनाएको थियो। तीनजना डिफेन्डरलाई बिट गर्दै हानेको प्रहार गोलकिपर उषानाथले पन्च गर्दै बाहिर फ्याँकिदिइन्। खेलको ७९औं मिनेटमा सविता राना मगरले राम्रो अवसर गुमाइन्। नेपालका लागि दिइएको अग्रता बनाउने राम्रो अवसर थियो। नेपालले यसअघि त्रिदेशीय श्रृङ्खलामा पनि भारतलाई २-१ ले पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ। शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा ...
: विभागीय टोली नेपाल पुलिस क्लब र न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब नवौं केएनपी नेरोलेक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । चार टोलीको सहभागिता रहेको प्रतियोगितामा राउन्ड रोविन लिगमा लगातार दोस्रो जित निकाल्दै पुलिस र न्यु डायमन्ड एक खेल अगावै फाइनलमा पुगेका हुन् । बिहीबार भएका दुवै खेलमा पुलिस र ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम