मुख्य समाचार
मुलुकका विभिन्न स्थानमा वर्षा र हिमपात
मुलुकका विभिन्न स्थानमा वर्षा र हिमपात

: बिहीबार बिहानसम्म नेपालमा प्रभाव देखिने भनिएको ‘मोन्था’ नामक चक्रवातको बारेमा निकै चर्चा चलिरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा तथा राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकजस्ता निकायले तारन्तार सबैलाई यसबारे सचेत गराइरहेका छन्।

हुन त मंगलबारदेखि नै मुलुकका विभिन्न स्थानमा वर्षा र हिमपात सुरु भइसकेको छ। साथै काठमाडौंलगायत हिमाली क्षेत्रहरूमा चिसोले जनजीवन प्रभावित बनाइसकेको छ। तर, त्यो पानी अरब सागर र बंगालको खाडीबाट विकसित भएको न्यूनचापीय प्रणाली र केही मात्रामा पश्चिमी वायुको असरका कारण ल्याएको त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलले बताए।


तर, बिहीबारदेखि देखिने असर भनेको बंगालको खाडीमा विकसित चक्रवात मोन्थाका कारण हो। यसले बिहीबार बिहानदेखि पुनः मौसम प्रतिकूल बन्नेछ। बिहीबार बिहानदेखि शनिबार बिहानसम्म यसको असर देखिने र मौसम प्रभावित बन्ने वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए। कतै भारी पानी पर्ने र कतै हल्का पानी पर्ने तथा हिमपातसमेत हुने उनले जनाए। ‘आकस्मिक बाढीपहिरोको जोखिम बढ्नेछ। सडक, हवाई, कृषि पर्यटनमा प्रभाव पार्न सक्छ’, उनले भने। सहप्राध्यापक पोखरेलले काठमाडौंलगायत विशेषगरी पूर्वी तथा मध्य नेपालमा यसको असर धेरै देखिन सक्ने बताए।



जल तथा मौसम विज्ञान विभागले पूर्वको भोजपुर, संखुवासभा, धनकुटा, तेह्रथुम, ताप्लेजुङ, पाँचथर, सुनसरी, मोरङ, झापा, इलामलगायत मधेसमा बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी र बागमती प्रदेशका काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, दोलखा, मकवानपुर, चितवनलगायतका ठाउँ प्रभावित बन्ने बताए।

त्यस्तै, दाङ, कपिलवस्तु, रूपन्देही, नवलपुर, मुस्ताङ, मनाङ, गोरखा जिल्लामा पनि सतर्क रहनुपर्ने सुझाइएको छ। त्यसैगरी लमजुङ, कास्की, पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पर्वत, तनहुँलगायत ठाउँको बारेमा भने अध्यावधिक गर्दै जाने उनले बताए। यस्तो समयमा मुख्य नदीहरू तथा सहायक नदीहरूमा मात्र नभएर ससाना नदीहरूमा आकस्मिक बहाव बढ्न सक्ने, पहिरो जान सक्ने भएकाले सचेत हुन उनले सुझाएका छन्।

सन् २०२४ को मे महिनामा पनि नेपालमा रेमल चक्रवातको असर देखिएको थियो। त्यस्तै, २०२३ को नोभेम्बर र अक्टोबरमा मिडहिल र हमोन, सन् २०२२ मा सिटेगंलगायत फानी, बुलबुल, यास, जवादलगायत चक्रवातका असर देखिएका छन्। ती चक्रवातहरूले वर्षा र बाढी, डुबानलगायत समस्या ल्याएका थिए। मोन्था सबैभन्दा पछिल्लो चक्रवात हो। चक्रवातको प्रकृतिअनुसार त्यसको प्रभाव रहन्छ। सन् २०२४ को रेमल चक्रवात पनि शक्तिशाली र गम्भीर रहेको मौसमविद्हरूले बताएका छन्।

तर, चक्रवातको ल्यान्डफल (जमिनमा पुग्ने समय) भएपछि बिस्तारै कमजोर बन्दै जान्छ। समुद्रबाट पाउने सपोर्ट सिस्टम र इनर्जी कमजोर हुँदै जान्छ। तर, कुनै चक्रवात अन्य खालका सपोर्ट सिस्टम भेटेको खण्डमा पुनः बादल बन्ने, पानी पार्ने खालका समेत हुने मौसमविद्हरू बताउँछन्।

मोन्था चक्रवातको ल्यान्डफल मंगलबार राति नै भइसकेको छ। ल्यान्डफल भए पनि केही समय समुद्रबाट आएको जलवाष्पयुक्त हावाका कारण आँधीबेहरी, हावाहुरी, पानी पार्ने जोखिम उत्तिकै रहन्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: रुपन्देहीको बुटवलस्थित गुणस्तर तथा नापतौल कार्यालयले पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरको नियम विपरीत क्यालिब्रेसन (डिपरडले गरिने ट्यांकीको नापजाँच) गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। ट्यांकरबाट इन्धन ढुवानी गर्दा परिमाण ठिक छ÷छैन भनेर मापन गर्ने प्रविधि क्यालिब्रेसन हो। कार्यालयले गत असोज २३, २४ र २५ गते नेपाल आयल निगमको लुम्बिनी प्रादेशिक कार्यालय भलवारी ...
: फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन प्रमुख दलहरू तयार रहेको दाबी सरकारले गरेको छ। बुधबार बालुवाटारमा भएको त्रिपक्षीय वार्तामा सहभागी दलहरूले निर्वाचनमा जान आफूहरू तयार रहेको बताएको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले बताए। उनका अनुसार नेकपा एमालेले भने सुरक्षालगायतका विषयमा प्रश्न उठाएको थियो। 'सबै राजनीतिक दलले चुनावमा 'जान्न' भन्नुभएन। नेपाली कांग्रेसका महामन्त्री ...
: नेपाल र भारतबीच इनरूवा-पूर्णिया र लम्की (दोदोधारा)-बरेली ४०० केभी अन्तरदेशीय प्रसारणलाइन निर्माण गर्न संयुक्त उपक्रम (जेभी) तथा सेयरहोल्डर सम्झौतापत्रमा हस्ताक्षर भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङ र भारतका भारतका विद्युतमन्त्री मनोहरलाल खट्ठरको उपस्थितमा बुधबार नयाँ दिल्लीमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सम्झौता पत्रमा नेपाल विद्युत ...
: जेनजीका प्रतिनिधिहरूले चुनावसँगै भ्रष्टाचार पनि अन्त्य हुनुपर्ने माग गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सरकार, राजनीतिक दल र जेनजीहरूबीच भएको त्रिपक्षीय वार्तामा उनीहरूले उक्त माग गरेका हुन्। गत भदौ २३ गतेको आन्दोलनको म्यान्डेट पनि देशमा भ्रष्टाचारको अन्त्य हुनुपर्ने रहेकाले उक्त प्रक्रिया पनि अगाडि बढाउन उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई आग्रह गरेका थिए। 'जेनजी आन्दोलनमा उठेका मागहरूको सुनुवाइ हुनुपर्छ। ...
: कर्णाली प्रदेश अस्पताल सुर्खेतका नर्सहरू आन्दोलित भएका छन्। बुधबार प्रदेश अस्पताल सुर्खेतमा कार्यरत नर्सहरूले हातमा कालो पट्टी बाँधेर दुई घण्टासम्म सेवा अवरुद्ध गरी आन्दोलनको सुरुवात गरेका हुन्। देशव्यापी रूपमा नर्सहरूको श्रम शोषण भएको भन्दै आन्दोलन भइरहेका बेला नेपाल नर्सिङ संघ सुर्खेतको अगुवाइमा सुर्खेतमा पनि आन्दोलनको सुरुवात भएको हो। प्रदेश अस्पतालमा कार्यरत नर्सहरूले बुधबार अस्पतालमा ...
जापान विशेष
आजको विनिमय दर
स्वास्थ्य
‘समाजवादीको एकता माओवादी होइन, एमालेसँग राम्रो हुन्छ’ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकताको वार्ता चलिरहेका बेला त्यसले दुवै पार्टीमा तरंग ल्याएको छ । एकीकृत समाजवादीमा एकता माओवादीसँग कि एमालेसँग भन्नेमा ध्रुवीकरण भइरहेको छ । पार्टीको नेतृत्व पुनर्गठन नगरी हुने एकताको कुनै अर्थ नरहने केही नेताहरूको धारणा छ । यसै सन्दर्भमा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीसँग अनलाइनखबरका दुर्गा खनालले गरेको कुराकानी : अहिले नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच एकता हुने भनिएको छ। यो प्रक्रिया कहाँ पुग्यो ? अध्यक्षले वार्ता समिति बनाउनुभएको भन्ने कुरा पनि सुनेको हो । माओवादी पक्षबाट पनि वार्ता समिति बनेको भन्ने कुरा सुनिएको छ । उहाँहरूले वर्कआउट गर्नुभएको छ भन्ने कुरा पत्रपत्रिकाबाट सुनिएको छ । स्थायी कमिटीको यो बीचमा अब त्यो अध्यक्षले तोके बमोजिमकै मान्छे पठाएको हो । स्थायी कमिटीको बैठकमा यो बृहत्तर वामपन्थी एकता र ध्रुवीकरणको लागि वार्ता समिति बनाएका थियौं- बेदुराम कमरेडको अध्यक्षतामा फलानो फलानो नेताहरू भएको भनेर तीन जनाको नाम सार्वजनिक गर्नुभयो। त्यसपछि एकताका आधारहरू प्रस्तुत पनि गर्नुभएको थियो । ती एकताका आधारहरूमा सम्भावित वामपन्थी पार्टीहरूसँगको त्यति ठूलो अन्तरक्रिया, अन्तरघुलन अथवा इन्गेजमेन्ट नभएको, विप्लव नेतृत्वको नेकपासँग अथवा एमाले, अरू अरू पार्टीसँग नभएको, अलि अर्थपूर्ण ढंगले माओवादीसँग चाहिँ भएको, माओवादीसँग त एकता, नाम, झन्डासम्मका कुराहरू भइसकेको भन्ने कुरा त्यो स्थायी कमिटीको बैठकमा बताउनुभएको थियो। त्योभन्दा धेरै डेभलपमेन्ट त आज केन्द्रीय कमिटीको बैठक छ, त्यही ल्याउनुहुन्छ होला । त्योभन्दा धेरै चिज थाहा छैन। यो एकता प्रक्रियाप्रति तपाईंको धारणा के छ? वामपन्थी एकता, ध्रुवीकरणको पक्षमा त उभिँदै आएकै हो । जतिबेला पार्टीहरू कमजोर हुन्छन्, त्यतिबेला झन्डै वामपन्थी पार्टीहरूले एकताको गफ गरिरहेको इतिहास छ। एकता आफैंमा सुन्दर र राम्रो कुरा हो। एकताको विरोधी हुनुपर्ने पनि छैन । एकता विरोधी कोही हुन पनि सक्दैन। तर एकता प्रक्रियाभित्र के एजेन्डा छन् ? कस्ता शक्ति छन् ? र उनीहरूसँग हामी के एजेन्डामा, कस्तो रूपान्तरणमा एकता चाहिरहेका छौँ ? भन्ने कुरा बैठकमा एजेन्डाभित्र प्रवेश गरेपछि त्यसका मत मतान्तर राख्न सकिन्छ। समग्रमा बाहिर ब्यानरको हिसाबले एकता भन्ने कुरा सकारात्मक हो, राम्रो कुरा हो । त्यसको विरोध गर्नुपर्ने, असहमति राख्नुपर्ने कुनै कारण छैन। तर एकता प्रक्रियाभित्रका रुचिहरू, त्यहाँभित्रको कन्टेन्ट, विचारधाराको प्रश्न, एक हिसाबले एजेन्डाकै प्रश्न भनौँ न, त्यो धेरै महत्त्वपूर्ण कुरा हुन्छ। बैठकमा एजेन्डासहित कुराहरू स्पष्ट आयो भने बल्ल आफ्नो मत राख्न सकिएला । अहिलेलाई त यति नै भन्न सकिन्छ कि एकता विरोधी त कोही पनि छैन, कोही हुनै सक्दैन, किनकि एकता सबैको लागि प्रिय चिज हो। तर त्यहाँभित्र सही विश्लेषण गरेर, नेपाली समाजको, नेपाली राजनीतिको, परिस्थितिको सही विश्लेषण गरिसकेपछि, इतिहासको संश्लेषण गरेर नीति, कार्यक्रम, विचारधाराको प्रश्नमा क्लियर गरेर त्यसपछि अझ एजेन्डा आउँछन्, कार्यक्रमिक हिसाबले त्यहाँ के गर्ने भन्ने आधारमा एकता कस्तो हुने, के हुने भन्ने कुराको निर्क्योल गर्छ र एकताले नेपाली समाजलाई कस्तो मैसेज दिन्छ भन्ने कुराको पनि निर्क्योल गर्छ। समाजवादीमा माओवादीसँग एकता गर्ने कि एमालेसँग एकता गर्ने कि भन्ने दुइटा खालको विचारधारा देखिन्छ नि ? अब हामी समाजवादीहरूको ठूलो हिस्साको मान्छेहरूको लागि एकता एमालेसँग हुनु राम्रो हो । किनकि एमाले नै हामीले निर्माण गरेको पार्टी हो । त्यहाँ हामीले सबै चिज गरेर, जिन्दगीका धेरै महत्त्वपूर्ण समय त्यहाँ खर्चेर, त्यो आन्दोलन, त्यो पार्टी गठन/पुनर्गठनका सबै काम गरेर आएको भएर सहज र सजिलो व्यक्तिगत हिसाबले भन्दा त त्यो नै बाटो हो । तर अब त्यो एकता किन सम्भव भएन र, त्यो बाटोतर्फ किन वार्ता समितिले संवाद गरेन र माओवादीसँग मात्रै डायलग गरिरहेको छ भन्ने प्रश्न पनि सम्भवत: यो बैठकमा हामीले उठाउँछौँ।
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम