मुख्य समाचार
त्रिविको जग्गा गायबको गम्भीर चिन्ता
त्रिविको जग्गा गायबको गम्भीर चिन्ता

पाँच हजारभन्दा बढी रोपनी जमिन हो, त्रिभुवन विश्वविद्यालयको। मुलुकको यो जेठो विश्वविद्यालयका त्यतिका जमिनमध्ये सयौं रोपनी अतिक्रमित छ, हडपिएको छ। र सँगैसँगै कतिपय गायबै छ। ललितपुर लुभूको ३ सय ७५ रोपनी गायबमध्ये एक हो। त्यो जमिन तत्कालीन राजा त्रिभुवनका रानीहरू ईश्वरी र कान्तिले दान गरेका थिए। त्यो अभिलेख पुस्तकहरूमा छ। तर यथार्थमा त्रिविसँग जमिन छैन।



यो खुलासा त्रिविको जग्गा खोजबिन समितिले गरेको छ। २०८१ सालमा केपी शर्मा ओली प्रधानमन्त्रीका पालामा गठित समितिले वर्ष दिन मेहनतपछि त्यस्तो खुलासा गरेको थियो। असोजमा आएको शारदाप्रसाद त्रिताल संयोजकत्वको समितिको प्रतिवेदनले गायब जमिन खोज्न सुझाएको छ। उसले मात्रै गरेको अध्ययन पूरा नभएको भन्दै अझै खोज्न सुझाएको हो। तर त्रिवि र सरकार बेखबर छन्। यो विश्वविद्यालयको लापरबाही त हो नै। दिएको जमिन पनि उसले सुरक्षित राख्न सकेन। र राज्यको जिम्मेवारीहीनताको पनि प्रतिविम्ब हो पनि हो।


प्रमाण के भने नापीको फिल्डबुकमा ‘बडामहारानीको बिर्ता’ भन्ने लेखिएको छ। हो रानीहरूले बिर्ता नै दान गरेका थिए। तर बिर्ता उन्मूलनपछि जमिन त्रिविको हातमा नगई मोहीकहाँ पुग्यो। भएको गल्ती त्यहीं थियो। यस विषयमा त्रिविले उहिल्यैदेखि जमिन फिर्ताको पहल गर्नुपर्ने थियो। लुभुमा जस्तै कथा अन्त पनि छ। त्रिविको जमिन कपनमा पनि छ। तर उसको नाममा आएको छैन। नैकापको १ सय २५ रोपनीमध्य आधाउधी अतिक्रमित छ। त्रिविको सम्पत्ति राज्यको सम्पत्ति हो। राज्यको सम्पत्ति संरक्षणमा सरकारको पनि उत्तिकै दायित्व हुन्छ। तर यहाँ सार्वजनिक सम्पत्ति हडप्ने होड ज्यादा छ, र संरक्षण चाहिँ पटक्कै छैन। त्रिविको जग्गाको हकमा पनि भएको त्यही हो।



त्रिवि ऐनले प्रधानमन्त्रीलाई कुलपति बनाएको छ। सरकार प्रमुख नै विश्वविद्यालय प्रमुख भएको नाताले पनि त्रिविको सम्पत्ति संरक्षण सिधै पनि प्रधानमन्त्रीको दायित्व हुन आउँछ। त्यसअनुसार तत्कालीन प्रधानमन्त्री ओलीले खोजबिनको सुरुआत गर्नु प्रशंसनीय हो। तर त्यसअघि र पछि किन खोजबिन र संरक्षण भएन भन्ने प्रश्न पेचिलो छ। खोजबिन समितिलाई नापी र मालपोत कार्यालय अनि नापीका इन्जिनियरहरूले समेत सघाएको देखिन्न। यसबाट भ्रष्टाचारको गन्ध उत्पन्न हुन्छ। मिलिभगतमै त्रिविका जमिन व्यक्तिकहाँ पुगेका हुन सक्छन्।

अब राज्यकै तदारुकताबाट मात्रै ती जमिन फिर्ता ल्याउन सकिन्छ। त्रिवि प्राज्ञिक विषयमा उकास्नुपर्ने अवस्थामा त थियो नै भौतिक सम्पत्ति पनि रक्षा गर्न नसक्ने हुनुबाट यसको लथालिंगता अनि भताभुंगपना उजागर भएको छ। सरकारी स्वामित्वको र गर्विलो विश्वविद्यालयको यो हालतले राष्ट्रको गरिमामा पनि चोट पुग्छ। हाम्रो अन्तर्राष्ट्रिय साख र विश्वसनीयतामा आँच आउँछ। यसलाई गाम्भीर्यतापूर्वक लिएर राज्यले छिटोभन्दा छिटो त्रिविको जग्गा फिर्ता ल्याई त्यसको उपयोगितामा जोड दिनुपर्छ। विश्वविद्यालयको जमिन हडप्नु वा हिनामिना गर्नु राष्ट्रिय अपराध हो। अपराधीलाई दण्डित गर्नुपर्छ र त्रिविलाई जमिन दिलाएर न्याय दिनुपर्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: रुपन्देहीको बुटवलस्थित गुणस्तर तथा नापतौल कार्यालयले पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरको नियम विपरीत क्यालिब्रेसन (डिपरडले गरिने ट्यांकीको नापजाँच) गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। ट्यांकरबाट इन्धन ढुवानी गर्दा परिमाण ठिक छ÷छैन भनेर मापन गर्ने प्रविधि क्यालिब्रेसन हो। कार्यालयले गत असोज २३, २४ र २५ गते नेपाल आयल निगमको लुम्बिनी प्रादेशिक कार्यालय भलवारी ...
: फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन प्रमुख दलहरू तयार रहेको दाबी सरकारले गरेको छ। बुधबार बालुवाटारमा भएको त्रिपक्षीय वार्तामा सहभागी दलहरूले निर्वाचनमा जान आफूहरू तयार रहेको बताएको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले बताए। उनका अनुसार नेकपा एमालेले भने सुरक्षालगायतका विषयमा प्रश्न उठाएको थियो। 'सबै राजनीतिक दलले चुनावमा 'जान्न' भन्नुभएन। नेपाली कांग्रेसका महामन्त्री ...
: नेपाल र भारतबीच इनरूवा-पूर्णिया र लम्की (दोदोधारा)-बरेली ४०० केभी अन्तरदेशीय प्रसारणलाइन निर्माण गर्न संयुक्त उपक्रम (जेभी) तथा सेयरहोल्डर सम्झौतापत्रमा हस्ताक्षर भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङ र भारतका भारतका विद्युतमन्त्री मनोहरलाल खट्ठरको उपस्थितमा बुधबार नयाँ दिल्लीमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सम्झौता पत्रमा नेपाल विद्युत ...
: जेनजीका प्रतिनिधिहरूले चुनावसँगै भ्रष्टाचार पनि अन्त्य हुनुपर्ने माग गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सरकार, राजनीतिक दल र जेनजीहरूबीच भएको त्रिपक्षीय वार्तामा उनीहरूले उक्त माग गरेका हुन्। गत भदौ २३ गतेको आन्दोलनको म्यान्डेट पनि देशमा भ्रष्टाचारको अन्त्य हुनुपर्ने रहेकाले उक्त प्रक्रिया पनि अगाडि बढाउन उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई आग्रह गरेका थिए। 'जेनजी आन्दोलनमा उठेका मागहरूको सुनुवाइ हुनुपर्छ। ...
: कर्णाली प्रदेश अस्पताल सुर्खेतका नर्सहरू आन्दोलित भएका छन्। बुधबार प्रदेश अस्पताल सुर्खेतमा कार्यरत नर्सहरूले हातमा कालो पट्टी बाँधेर दुई घण्टासम्म सेवा अवरुद्ध गरी आन्दोलनको सुरुवात गरेका हुन्। देशव्यापी रूपमा नर्सहरूको श्रम शोषण भएको भन्दै आन्दोलन भइरहेका बेला नेपाल नर्सिङ संघ सुर्खेतको अगुवाइमा सुर्खेतमा पनि आन्दोलनको सुरुवात भएको हो। प्रदेश अस्पतालमा कार्यरत नर्सहरूले बुधबार अस्पतालमा ...
जापान विशेष
आजको विनिमय दर
स्वास्थ्य
‘समाजवादीको एकता माओवादी होइन, एमालेसँग राम्रो हुन्छ’ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकताको वार्ता चलिरहेका बेला त्यसले दुवै पार्टीमा तरंग ल्याएको छ । एकीकृत समाजवादीमा एकता माओवादीसँग कि एमालेसँग भन्नेमा ध्रुवीकरण भइरहेको छ । पार्टीको नेतृत्व पुनर्गठन नगरी हुने एकताको कुनै अर्थ नरहने केही नेताहरूको धारणा छ । यसै सन्दर्भमा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीसँग अनलाइनखबरका दुर्गा खनालले गरेको कुराकानी : अहिले नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच एकता हुने भनिएको छ। यो प्रक्रिया कहाँ पुग्यो ? अध्यक्षले वार्ता समिति बनाउनुभएको भन्ने कुरा पनि सुनेको हो । माओवादी पक्षबाट पनि वार्ता समिति बनेको भन्ने कुरा सुनिएको छ । उहाँहरूले वर्कआउट गर्नुभएको छ भन्ने कुरा पत्रपत्रिकाबाट सुनिएको छ । स्थायी कमिटीको यो बीचमा अब त्यो अध्यक्षले तोके बमोजिमकै मान्छे पठाएको हो । स्थायी कमिटीको बैठकमा यो बृहत्तर वामपन्थी एकता र ध्रुवीकरणको लागि वार्ता समिति बनाएका थियौं- बेदुराम कमरेडको अध्यक्षतामा फलानो फलानो नेताहरू भएको भनेर तीन जनाको नाम सार्वजनिक गर्नुभयो। त्यसपछि एकताका आधारहरू प्रस्तुत पनि गर्नुभएको थियो । ती एकताका आधारहरूमा सम्भावित वामपन्थी पार्टीहरूसँगको त्यति ठूलो अन्तरक्रिया, अन्तरघुलन अथवा इन्गेजमेन्ट नभएको, विप्लव नेतृत्वको नेकपासँग अथवा एमाले, अरू अरू पार्टीसँग नभएको, अलि अर्थपूर्ण ढंगले माओवादीसँग चाहिँ भएको, माओवादीसँग त एकता, नाम, झन्डासम्मका कुराहरू भइसकेको भन्ने कुरा त्यो स्थायी कमिटीको बैठकमा बताउनुभएको थियो। त्योभन्दा धेरै डेभलपमेन्ट त आज केन्द्रीय कमिटीको बैठक छ, त्यही ल्याउनुहुन्छ होला । त्योभन्दा धेरै चिज थाहा छैन। यो एकता प्रक्रियाप्रति तपाईंको धारणा के छ? वामपन्थी एकता, ध्रुवीकरणको पक्षमा त उभिँदै आएकै हो । जतिबेला पार्टीहरू कमजोर हुन्छन्, त्यतिबेला झन्डै वामपन्थी पार्टीहरूले एकताको गफ गरिरहेको इतिहास छ। एकता आफैंमा सुन्दर र राम्रो कुरा हो। एकताको विरोधी हुनुपर्ने पनि छैन । एकता विरोधी कोही हुन पनि सक्दैन। तर एकता प्रक्रियाभित्र के एजेन्डा छन् ? कस्ता शक्ति छन् ? र उनीहरूसँग हामी के एजेन्डामा, कस्तो रूपान्तरणमा एकता चाहिरहेका छौँ ? भन्ने कुरा बैठकमा एजेन्डाभित्र प्रवेश गरेपछि त्यसका मत मतान्तर राख्न सकिन्छ। समग्रमा बाहिर ब्यानरको हिसाबले एकता भन्ने कुरा सकारात्मक हो, राम्रो कुरा हो । त्यसको विरोध गर्नुपर्ने, असहमति राख्नुपर्ने कुनै कारण छैन। तर एकता प्रक्रियाभित्रका रुचिहरू, त्यहाँभित्रको कन्टेन्ट, विचारधाराको प्रश्न, एक हिसाबले एजेन्डाकै प्रश्न भनौँ न, त्यो धेरै महत्त्वपूर्ण कुरा हुन्छ। बैठकमा एजेन्डासहित कुराहरू स्पष्ट आयो भने बल्ल आफ्नो मत राख्न सकिएला । अहिलेलाई त यति नै भन्न सकिन्छ कि एकता विरोधी त कोही पनि छैन, कोही हुनै सक्दैन, किनकि एकता सबैको लागि प्रिय चिज हो। तर त्यहाँभित्र सही विश्लेषण गरेर, नेपाली समाजको, नेपाली राजनीतिको, परिस्थितिको सही विश्लेषण गरिसकेपछि, इतिहासको संश्लेषण गरेर नीति, कार्यक्रम, विचारधाराको प्रश्नमा क्लियर गरेर त्यसपछि अझ एजेन्डा आउँछन्, कार्यक्रमिक हिसाबले त्यहाँ के गर्ने भन्ने आधारमा एकता कस्तो हुने, के हुने भन्ने कुराको निर्क्योल गर्छ र एकताले नेपाली समाजलाई कस्तो मैसेज दिन्छ भन्ने कुराको पनि निर्क्योल गर्छ। समाजवादीमा माओवादीसँग एकता गर्ने कि एमालेसँग एकता गर्ने कि भन्ने दुइटा खालको विचारधारा देखिन्छ नि ? अब हामी समाजवादीहरूको ठूलो हिस्साको मान्छेहरूको लागि एकता एमालेसँग हुनु राम्रो हो । किनकि एमाले नै हामीले निर्माण गरेको पार्टी हो । त्यहाँ हामीले सबै चिज गरेर, जिन्दगीका धेरै महत्त्वपूर्ण समय त्यहाँ खर्चेर, त्यो आन्दोलन, त्यो पार्टी गठन/पुनर्गठनका सबै काम गरेर आएको भएर सहज र सजिलो व्यक्तिगत हिसाबले भन्दा त त्यो नै बाटो हो । तर अब त्यो एकता किन सम्भव भएन र, त्यो बाटोतर्फ किन वार्ता समितिले संवाद गरेन र माओवादीसँग मात्रै डायलग गरिरहेको छ भन्ने प्रश्न पनि सम्भवत: यो बैठकमा हामीले उठाउँछौँ।
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम