मुख्य समाचार
बुटवलस्थित गुणस्तर तथा नापतौल कार्यालयले पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरको नियम विपरीत क्यालिब्रेसन (डिपरडले गरिने ट्यांकीको नापजाँच) गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी
बुटवलस्थित गुणस्तर तथा नापतौल कार्यालयले पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरको नियम विपरीत क्यालिब्रेसन (डिपरडले गरिने ट्यांकीको नापजाँच) गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी

: रुपन्देहीको बुटवलस्थित गुणस्तर तथा नापतौल कार्यालयले पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरको नियम विपरीत क्यालिब्रेसन (डिपरडले गरिने ट्यांकीको नापजाँच) गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। ट्यांकरबाट इन्धन ढुवानी गर्दा परिमाण ठिक छ÷छैन भनेर मापन गर्ने प्रविधि क्यालिब्रेसन हो।



कार्यालयले गत असोज २३, २४ र २५ गते नेपाल आयल निगमको लुम्बिनी प्रादेशिक कार्यालय भलवारी डिपोबाट इन्धन ढुवानी गर्ने २७ वटा ट्यांकरको क्यालिब्रेसन नापजाँच गरेका थिए। गुणस्तर तथा नापतौल कार्यालयले पेट्रोलियम पदार्थ ढुवानी गर्ने सबै ट्यांकरको प्रत्येक वर्ष नापजाँच गरेर क्यालिब्रेसन चार्ट र जाँच प्रमाणपत्र जारी गर्छ । जसअनुसार ट्यांकरमा जाँच परिमाण बराबरको पेट्रोलियम पदार्थ ढुवानी हुने गर्दछ।


तर, गुणस्तर तथा नापतौल कार्यालय प्रमुख तिलक केसीसमेतले प्रति ट्यांकर १२ हजार देखि १५ हजार रुपैयाँको दरले घुस असुलेर ट्यांकीको वास्तविक नाप भन्दा बढी गहिराई रहेको चार्ट प्रतिवेदन तयार गरेको अख्तियारमा परेको उजुरीमा उल्लेख छ । त्यही चार्ट प्रतिवेदनका आधारमा नेपाल आयल निगमले डिपरडले ट्यांकीको गहिराई नाप्दै भन्दै ट्यांकरको ट्यांकीमा इन्धन भर्ने गर्छ ।



‘ट्यांकरमा रहेको मध्ये एउटा ट्यांकी अर्थात च्याम्बर चार हजार लिटरको छ भने डिपरडले ट्यांकीको जाँच गर्दा उक्त ट्यांकीको गहिराई १३६ दशमलव ५ सेन्टिमिटर हुन्छ । तर, ट्यांकरको ट्यांकी जाँच गर्न गएका कार्यालय प्रमुख केसी समेतका कर्मचारीहरुले ट्यांकी वास्तविक गहिराई भन्दा घुस लिएर कागजमा बढी गहिराई रहेको रिपोर्ट दिएका छन्’, उजुरीमा भनिएको छ’, ट्यांकीको गहिराईमा जाँच गरेको वास्तविकता भन्दा बढीको फरक देखाएर जाँच प्रमाणिककरण गर्दा ट्यांकीको आयतनमा फरक पार्छ । जुन वार्षिक लाखौ÷करोडौंको घोटाला हुने गर्दछ । यी घोटालामा नेपाल आयल निगमको पनि साथ हुन्छ ।’

मुलुकमा भ्रष्टाचारको अन्त्य र सुशासनमा माग गर्दै आन्दोलन भएपनि नापतौल कार्यालयमा सुधार नआएको सरोकारावालाहरु बताउँछन् । अन्दोलनको क्रममा उक्त कार्यालयमा पनि आगजनी गरिएको थियो ।

रुपन्देही, नवलपरासी, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी र प्यूठान कार्यक्षेत्र रहेको कार्यालयका प्रमुख केसीले यी मध्ये केही जिल्लाहरुको पेट्रोलपम्पको नविकरणका लागि व्यवसायीबाट प्राप्त निवेदनउपर कारबाही गर्नका लागि समेत घुस लिएर काम गरेको यस अघि अख्तियारमा परेको उजुरीमा आरोप छ ।

कार्यालयबाट तीन दिनमा २७ वटा ट्यांकरको क्यलिब्रेसन गरिएको छ। जसको वास्तविक क्यालिब्रेसन भन्दा फरक क्यालिब्रेसन गरेर प्रमाणिकरण गरिएको क्यालिब्रेसन चार्ट र जाँच प्रमाणपत्र दिइएको उजुरीमा उल्लेख छ।

स्रोतबाट प्राप्त सूचना अनुसार असोज २३ गते नापतौल कार्यालयबाट रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित विएनएस ढुवानी सेवाको लु २ ख १५४५, कपिलवस्तुस्थित कनोडीया ब्रदर्सको लु २ ख ६३७१, न्यू सिद्धार्थ डिजेल सेन्टरको लु १ ख ९७९०, ओमसतिया गाउँपालिकास्थित गणेश ढुवानी सेवाको लु १ ख ७६४९ र तिलोत्तमा नगरपालिकास्थित पौडेल यातायात प्रालिको लु २ ख २२५५ गरी पाँच वटा ट्यांकरको क्यलिब्रेसन गरिएको थियो ।

असोज २४ गते ओमसतिया गाउँपालिकास्थित एक्सप्रेस परिवहन सेवा प्रालिको ना ७ ख ८१३, ना ७ ख ०८१२, लु १ ख ६५८१, सुनवलस्थित त्रिनेत्र आयल सप्लायर्सको लु १ क ३०८५, त्रिनेत्र पेट्रोलियमको लु १ क ३०८६, तिलोत्तमा नगरपालिकास्थित खर्क बहादुर ढुवानी सेवाको लु २ ख १५०३ क्यलिब्रेसन गरिएको छ।

त्यस्तै असोज २५ गते बुटवलस्थित इश्वरी लजिष्टिक्स प्रालिको लु २ ख ४८३५, लु २ ख ४८४१, मिलन ब्रदर्सको लु १ क ३०२८, कपिलवस्तुस्थित समिर फिलिङ सेन्टरको लु १ क ५६५२, तिलोत्तमा नगरपालिकास्थित बालाजी पेट्रोलियम ढुवानी सेवाको लु २ ख ३९४०, पुन ढुवानी सेवाको लु १ ख ६४७३, पौडेल यातायात प्रालिको लु १ ख ६५०४, अन्सारी ढुवानी सेवाको लु १ ख ६४३०, विश्वकर्मा ढुवानी सेवाको लु १ ख ९९५६, पशुपति ढुवानी सेवा प्रालिको लु १ ख ६४१७, सिद्धार्थनगर नगरपालिकास्थित जयप्रकाश ढुवानी सेवा लु १ ख ६३७१, सूर्य ट्रान्सपोर्टको लु २ ख २७५८, ओमसतिया गाउँपालिकास्थित एक्सप्रेस परिवहन सेवा प्रालिको ना ७ ख ७५०, ना ७ ख ८११, शाह पेट्रोलियम प्रालिको लु १ ख ६६३७, अर्घाखाँचीस्थित अर्घाखाँची आयलको लु २ ख १५७ गरी कुल १६ वटा ट्यांकरको क्यलिब्रेसन भएको थियो। कुन-कुन ट्यांकरमा वास्तविकभन्दा फरक क्यलिब्रेसन गरिएको विषयमा उजुरीमा उल्लेख छैन।

गुणस्तर तथा नापतौल कार्यालय बुटवलका प्रमुख तिलक केसीले नेपाल आयल निगम, ट्यांकर धनी र नापतौल कार्यालय गरी तीन पक्षको रोहवरमा ट्यांकरको क्यलिब्रेसन हुनेहुँदा तलमाथी नहुने र क्यलिब्रेसन चार्टमा कुनै कैफियत नभएको दाबी गरे।

ट्यांकरको क्यलिब्रेसनमा ‘जिरो टोलरेन्स’ अपनाइएकोले अतिरिक्त रकम लिएको विषय निराधार रहेको उनको भनाई छ। उनले कर्मचारीले क्यलिब्रेसन बापतको राजस्व बाहेक अतिरिक्त रकम नलिएको र लिएको पाइएको कारवाही हुने बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन प्रमुख दलहरू तयार रहेको दाबी सरकारले गरेको छ। बुधबार बालुवाटारमा भएको त्रिपक्षीय वार्तामा सहभागी दलहरूले निर्वाचनमा जान आफूहरू तयार रहेको बताएको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले बताए। उनका अनुसार नेकपा एमालेले भने सुरक्षालगायतका विषयमा प्रश्न उठाएको थियो। 'सबै राजनीतिक दलले चुनावमा 'जान्न' भन्नुभएन। नेपाली कांग्रेसका महामन्त्री ...
: नेपाल र भारतबीच इनरूवा-पूर्णिया र लम्की (दोदोधारा)-बरेली ४०० केभी अन्तरदेशीय प्रसारणलाइन निर्माण गर्न संयुक्त उपक्रम (जेभी) तथा सेयरहोल्डर सम्झौतापत्रमा हस्ताक्षर भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङ र भारतका भारतका विद्युतमन्त्री मनोहरलाल खट्ठरको उपस्थितमा बुधबार नयाँ दिल्लीमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सम्झौता पत्रमा नेपाल विद्युत ...
: जेनजीका प्रतिनिधिहरूले चुनावसँगै भ्रष्टाचार पनि अन्त्य हुनुपर्ने माग गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सरकार, राजनीतिक दल र जेनजीहरूबीच भएको त्रिपक्षीय वार्तामा उनीहरूले उक्त माग गरेका हुन्। गत भदौ २३ गतेको आन्दोलनको म्यान्डेट पनि देशमा भ्रष्टाचारको अन्त्य हुनुपर्ने रहेकाले उक्त प्रक्रिया पनि अगाडि बढाउन उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई आग्रह गरेका थिए। 'जेनजी आन्दोलनमा उठेका मागहरूको सुनुवाइ हुनुपर्छ। ...
: कर्णाली प्रदेश अस्पताल सुर्खेतका नर्सहरू आन्दोलित भएका छन्। बुधबार प्रदेश अस्पताल सुर्खेतमा कार्यरत नर्सहरूले हातमा कालो पट्टी बाँधेर दुई घण्टासम्म सेवा अवरुद्ध गरी आन्दोलनको सुरुवात गरेका हुन्। देशव्यापी रूपमा नर्सहरूको श्रम शोषण भएको भन्दै आन्दोलन भइरहेका बेला नेपाल नर्सिङ संघ सुर्खेतको अगुवाइमा सुर्खेतमा पनि आन्दोलनको सुरुवात भएको हो। प्रदेश अस्पतालमा कार्यरत नर्सहरूले बुधबार अस्पतालमा ...
: बैतडीमा खर काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको डिलासैनी गाउँपालिका-७ ढाँणकी ५८ वर्षीया हरूली कार्कीको खर काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो। बुधबार दिँउसो घर नजिकैको न्यौटे भीरमा खर काटिरहेको अवस्थामा लडेकी कार्कीको करिब एक सय मिटर तल खोल्सामा शव फेला परेको स्थानीय बमबहादुर कार्कीले जानकारी दिए। सुदूर पहाडमा ...
जापान विशेष
आजको विनिमय दर
स्वास्थ्य
‘समाजवादीको एकता माओवादी होइन, एमालेसँग राम्रो हुन्छ’ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकताको वार्ता चलिरहेका बेला त्यसले दुवै पार्टीमा तरंग ल्याएको छ । एकीकृत समाजवादीमा एकता माओवादीसँग कि एमालेसँग भन्नेमा ध्रुवीकरण भइरहेको छ । पार्टीको नेतृत्व पुनर्गठन नगरी हुने एकताको कुनै अर्थ नरहने केही नेताहरूको धारणा छ । यसै सन्दर्भमा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीसँग अनलाइनखबरका दुर्गा खनालले गरेको कुराकानी : अहिले नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच एकता हुने भनिएको छ। यो प्रक्रिया कहाँ पुग्यो ? अध्यक्षले वार्ता समिति बनाउनुभएको भन्ने कुरा पनि सुनेको हो । माओवादी पक्षबाट पनि वार्ता समिति बनेको भन्ने कुरा सुनिएको छ । उहाँहरूले वर्कआउट गर्नुभएको छ भन्ने कुरा पत्रपत्रिकाबाट सुनिएको छ । स्थायी कमिटीको यो बीचमा अब त्यो अध्यक्षले तोके बमोजिमकै मान्छे पठाएको हो । स्थायी कमिटीको बैठकमा यो बृहत्तर वामपन्थी एकता र ध्रुवीकरणको लागि वार्ता समिति बनाएका थियौं- बेदुराम कमरेडको अध्यक्षतामा फलानो फलानो नेताहरू भएको भनेर तीन जनाको नाम सार्वजनिक गर्नुभयो। त्यसपछि एकताका आधारहरू प्रस्तुत पनि गर्नुभएको थियो । ती एकताका आधारहरूमा सम्भावित वामपन्थी पार्टीहरूसँगको त्यति ठूलो अन्तरक्रिया, अन्तरघुलन अथवा इन्गेजमेन्ट नभएको, विप्लव नेतृत्वको नेकपासँग अथवा एमाले, अरू अरू पार्टीसँग नभएको, अलि अर्थपूर्ण ढंगले माओवादीसँग चाहिँ भएको, माओवादीसँग त एकता, नाम, झन्डासम्मका कुराहरू भइसकेको भन्ने कुरा त्यो स्थायी कमिटीको बैठकमा बताउनुभएको थियो। त्योभन्दा धेरै डेभलपमेन्ट त आज केन्द्रीय कमिटीको बैठक छ, त्यही ल्याउनुहुन्छ होला । त्योभन्दा धेरै चिज थाहा छैन। यो एकता प्रक्रियाप्रति तपाईंको धारणा के छ? वामपन्थी एकता, ध्रुवीकरणको पक्षमा त उभिँदै आएकै हो । जतिबेला पार्टीहरू कमजोर हुन्छन्, त्यतिबेला झन्डै वामपन्थी पार्टीहरूले एकताको गफ गरिरहेको इतिहास छ। एकता आफैंमा सुन्दर र राम्रो कुरा हो। एकताको विरोधी हुनुपर्ने पनि छैन । एकता विरोधी कोही हुन पनि सक्दैन। तर एकता प्रक्रियाभित्र के एजेन्डा छन् ? कस्ता शक्ति छन् ? र उनीहरूसँग हामी के एजेन्डामा, कस्तो रूपान्तरणमा एकता चाहिरहेका छौँ ? भन्ने कुरा बैठकमा एजेन्डाभित्र प्रवेश गरेपछि त्यसका मत मतान्तर राख्न सकिन्छ। समग्रमा बाहिर ब्यानरको हिसाबले एकता भन्ने कुरा सकारात्मक हो, राम्रो कुरा हो । त्यसको विरोध गर्नुपर्ने, असहमति राख्नुपर्ने कुनै कारण छैन। तर एकता प्रक्रियाभित्रका रुचिहरू, त्यहाँभित्रको कन्टेन्ट, विचारधाराको प्रश्न, एक हिसाबले एजेन्डाकै प्रश्न भनौँ न, त्यो धेरै महत्त्वपूर्ण कुरा हुन्छ। बैठकमा एजेन्डासहित कुराहरू स्पष्ट आयो भने बल्ल आफ्नो मत राख्न सकिएला । अहिलेलाई त यति नै भन्न सकिन्छ कि एकता विरोधी त कोही पनि छैन, कोही हुनै सक्दैन, किनकि एकता सबैको लागि प्रिय चिज हो। तर त्यहाँभित्र सही विश्लेषण गरेर, नेपाली समाजको, नेपाली राजनीतिको, परिस्थितिको सही विश्लेषण गरिसकेपछि, इतिहासको संश्लेषण गरेर नीति, कार्यक्रम, विचारधाराको प्रश्नमा क्लियर गरेर त्यसपछि अझ एजेन्डा आउँछन्, कार्यक्रमिक हिसाबले त्यहाँ के गर्ने भन्ने आधारमा एकता कस्तो हुने, के हुने भन्ने कुराको निर्क्योल गर्छ र एकताले नेपाली समाजलाई कस्तो मैसेज दिन्छ भन्ने कुराको पनि निर्क्योल गर्छ। समाजवादीमा माओवादीसँग एकता गर्ने कि एमालेसँग एकता गर्ने कि भन्ने दुइटा खालको विचारधारा देखिन्छ नि ? अब हामी समाजवादीहरूको ठूलो हिस्साको मान्छेहरूको लागि एकता एमालेसँग हुनु राम्रो हो । किनकि एमाले नै हामीले निर्माण गरेको पार्टी हो । त्यहाँ हामीले सबै चिज गरेर, जिन्दगीका धेरै महत्त्वपूर्ण समय त्यहाँ खर्चेर, त्यो आन्दोलन, त्यो पार्टी गठन/पुनर्गठनका सबै काम गरेर आएको भएर सहज र सजिलो व्यक्तिगत हिसाबले भन्दा त त्यो नै बाटो हो । तर अब त्यो एकता किन सम्भव भएन र, त्यो बाटोतर्फ किन वार्ता समितिले संवाद गरेन र माओवादीसँग मात्रै डायलग गरिरहेको छ भन्ने प्रश्न पनि सम्भवत: यो बैठकमा हामीले उठाउँछौँ।
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम