मुख्य समाचार
ट्रम्पले चिनियाँ सामग्रीमाथि भन्सार दर कम गर्ने घोषणा
ट्रम्पले चिनियाँ सामग्रीमाथि भन्सार दर कम गर्ने घोषणा

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामग्रीमाथि भन्सार दर कम गर्ने घोषणा गरेका छन् । दक्षिण कोरियामा चीनका राष्ट्रपति सी जिनफिङसँग भेटवार्ता गरेपछि ट्रम्पले यस्तो घोषणा गरेका हुन् ।


त्यस्तै, चीनबाट अमेरिकामा आउने ‘रेयर अर्थ’ (दुर्लभ खनिज तत्व र धातु) माथिको चिनियाँ कडाई खुकुलो गर्ने विषय पनि सल्टिएको बताए ।

राष्ट्रिय सुरक्षाको कारण देखाउँदै चीनले दुर्लभ खनिज तत्व र धातुको निर्यातमा कडाई गरे पछि अमेरिका र पश्चिमा देशको अर्थतन्त्रमा ठूलो असर पुगेको थियो ।

चीनसँग चाँडै व्यापार सम्झौतामा हस्ताक्षर हुने बताएका छन् । एपेक सिईओ सम्मेलनमा भाग लिन गएका बेला दुई नेताबीच भेटवार्ता भएको हो । भेटवार्ताबारे बेइजिङले आधिकारिक जानकारी सार्वजनिक गरेको छैन ।

रेयर अर्थ के हो ?

पृथ्वीमा रहेका १७ वटा रसायनिक तत्वहरुको समूहलाई रेयर अर्थ (दुर्लभ खनिज–तत्व) भनिन्छ । स्मार्टफोन, इलेक्ट्रिक उपकरण, गाडीका पाटपुर्जा, पानीजहाज तथा फाइटर जेटजस्ता सैन्य सामग्री निर्माणमा यसको उपयोग हुन्छ ।

ब्याट्री, मदरबोर्ड, स्क्रिन, स्पिकर, मोटर्सलगायत पाटपुर्जाहरु बनाउने यसको प्रयोग हुन्छ । इन्टरनेशनल इनर्जी एजेन्सीको रिपोर्टअनुसार विश्वको कुल दुर्लभ खनिज–तत्वको ६० प्रतिशत खानी चीनमा रहेको अनुमान गरिएको छ ।

उपकरणहरुमा प्रयोग गर्न मिल्ने (प्रशोधित दुर्लभ धातु) मध्ये ९० प्रतिशतभन्दा धेरै चीनमा प्रशोधन हुन्छ । गत अप्रिलयता बेइजिङले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै ७ वटा दुर्लभ खनिज तत्व र त्यससँग सम्बन्धित प्रविधिको आपूर्तिमा कडाई गरिदिएको छ । यसलाई विश्वका दुई महाशक्ति देशबीचको व्यापार युद्धको नयाँ शृंखलाका रुपमा हेरिएको छ ।

अमेरिकामात्रै नभएर पश्चिम युरोप, दक्षिण कोरिया सिंगापुर, जापानलगायतका अन्य ठूला अर्थतन्त्रसमेत यस निर्णयबाट प्रभावित छन् । किनकी, इलेक्ट्रिक डिभाइस तथा अत्याधुनिक प्रविधि निर्माणमा यसको प्रयोग अपरिहार्य छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले इरानविरुद्धको शृङ्खलाबद्ध आक्रमणका क्रममा ८० भन्दा बढी ठेगानाहरूलाई निशाना बनाएको दाबी गरेको छ। सामाजिक सञ्जालमा एक पोस्ट सार्वजनिक गर्दै सेन्टकमले होर्मुज स्ट्रेट भएर गुड्ने व्यावसायिक जहाजहरूमाथि इरानले हालै गरेको आक्रमणको जवाफमा यो कारबाही गरिएको जनाएको छ। सेन्टकमका अनुसार अमेरिकी सेनाले होर्मुज स्ट्रेट र त्यसको वरपरका क्षेत्रमा इरानी हवाई रक्षा प्रणाली ...
। इरानमा अमेरिकी आक्रमणको नयाँ शृङ्खलाका कारण कतारले आपतकालीन सुरक्षा सतर्कता जारी गरेको छ । बहराइन र कुवेतमा पनि खतराको संकेतस्वरुप चेतावनीका साइरनहरू बजेका छन् । कतारको गृह मन्त्रालयले आफ्ना नागरिक र बासिन्दाहरूलाई पठाएको आपतकालीन सन्देशमा सुरक्षा खतराको स्तर उच्च रहेको बताउँदै सार्वजनिक स्थानमा ननिस्कन र घर वा सुरक्षित स्थानमा रहन तथा आधिकारिक निर्देशनहरू पालना ...
: इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकामाथि दुई देशबीच भएको समझदारी पत्र (एमओयू) उल्लंघन गरेको आरोप लगाएका छन् । उनले एक विज्ञप्ती जारी गर्दै विदेशमन्त्री अराघचीले अमेरिकी हमला, इरानी तेल बिक्रीमाथि पुनः लगाइएको प्रतिबन्ध र लेबनानमा हिजबुल्लाहसँग इजरायलको जारी संघर्षका कारण युद्ध रोक्ने सम्झौताका 'महत्त्वपूर्ण र आधारभूत पक्षहरू निष्प्रभावी' भइसकेको बताएका हुन् । उनले इरान आफ्नो ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अन्त्य भएको घोषणा गरेका छन्। दुई देशबीच हालै भएका शृङ्खलाबद्ध आक्रमण र प्रत्याक्रमणपछि राष्ट्रपति ट्रम्पले अमेरिका-इरान युद्धविराम 'अन्त्य भएको' औपचारिक घोषणा गरेका हुन् । नेटो शिखर सम्मेलनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्प इरानी नेतृत्वप्रति निकै आक्रामक रूपमा प्रस्तुत भए। उनले सञ्चारकर्मीहरूसँगको कुराकानीमा इरानसँग अब कुनै पनि संवादको औचित्य ...
। प्रशान्त क्षेत्रका राष्ट्रहरूले चीनले हालै प्रशान्त महासागरमा गरेको रणनीतिक क्षेप्यास्त्र परीक्षणको विरोधमा कडा संयुक्त वक्तव्य जारी गर्ने तयारी गरेका छन् । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले क्षेत्रीय सहमतिका लागि उक्त वक्तव्यको मस्यौदा प्रशान्त टापु फोरमका सदस्य राष्ट्रबीच छलफलमा रहेको जानकारी दिए । ब्रिस्बेनमा पपुवा न्यू गिनी, टोङ्गा र सामोआका नेतासँग सुरक्षा वार्ताअघि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री अल्बानिजले ...