मुख्य समाचार
रोहित पौडेल एकदिवसीय अन्तर्राष्ट्रियमा दुई शतक बनाउने नेपालको पहिलो खेलाडी
रोहित पौडेल एकदिवसीय अन्तर्राष्ट्रियमा दुई शतक बनाउने नेपालको पहिलो खेलाडी

— रोहित पौडेल एकदिवसीय अन्तर्राष्ट्रियमा दुई शतक बनाउने नेपालको पहिलो खेलाडी बनेका छन् । रोहितले बिहीबार दुबईमा भइरहेको विश्वकप लिग २ क्रिकेटमा यूएईविरुद्ध १ सय ९ रन बनाउँदै यो उपलब्धि छोएका हुन् ।


रोहितको प्रयासमा नेपालले यूएईलाई २ सय ३४ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको नेपाल दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पुरा ५० ओभर खेली २ सय ३३ रन बनाई अलआउट भयो ।

यसअघि रोहितसँगै पारस खड्का, कुशल भुर्तेल, अनिलकुमार साह, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी र भीम सार्कीले एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाएका थिए । सन २०१९ मा पछिल्लो पटक यस मैदानमा एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दा कप्तान पारसले शतक बनाएका थिए, जुन नेपाली खेलाडीको एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो शतक पनि थियो ।

रोहितले २०२२ मा पपुवा न्यु गिनीविरुद्ध १ सय २६ रन बनाएका थिए, जुन नेपाली खेलाडीको एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक स्कोर हो । रोहितले कप्तानको रूपमा एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएका हुन् ।

रोहित यसअघि दुई पटक नाइनटिजको स्कोरमा रोकिएका थिए । २०२२ मा उनले कीर्तिपुरमा स्कटल्यान्डविरुद्ध अविजित ९५ रन बनाएका थिए । त्यस्तै गत वर्ष डालासमा अमेरिकाविरुद्ध ९६ रन बनाई इनिङ्सको अन्तिम बलमा आउट भएका थिए ।


रोहित बाहेक बिहीबारको खेलमा नेपालबाट भुर्तेल ७, आसिफ शेख ३५, भीम सार्की ३, आरिफ शेख २७, दीपेन्द्रसिंह ऐरी २३, सोमपाल कामी ६, करण केसी १३ रन बनाई आउट भएका थिए । गुलशन झाले खाता खोल्न सकेनन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम