मुख्य समाचार
पूर्वी नेपालमा निरन्तर परेको वर्षाले धानबालीमा ठूलो क्षति
पूर्वी नेपालमा निरन्तर परेको वर्षाले धानबालीमा ठूलो क्षति

: पूर्वी नेपालमा निरन्तर परेको वर्षाले धानबालीमा ठूलो क्षति पुगेको छ। बुधबार रातिदेखि सुरु भएको अविरल वर्षा बिहीबार बिहानसम्म जारी रहेपछि धान काट्न तयार भएका किसानहरू चिन्तित छन्।



वर्षाको कारण खेतभरी पाकेको धान काट्न नपाएपछि किसान चिन्तित बनेका छन्। काटिसकेको धान पनि पानीले भिजाएपछि धेरै ठाउँमा बिग्रने अवस्था आएको छ।


कोशी प्रदेशका १४ वटै जिल्लामा बुधबारदेखि वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसले गर्दा सुनसरी, मोरङ, झापा, उदयपुर, खोटाङ, भोजपुर, ओखलढुंगा, इलाम, पाँचथर लगायतका जिल्लाका किसान प्रभावित भएका छन्। यी जिल्लामा अहिले धान पाक्ने र भित्र्याउने बेला हो।



खोटाङका किसान सोमप्रसाद आचार्यका अनुसार वर्षाका कारण पाकेको धान नष्ट हुन थालेको छ। 'धान पाकिसकेको थियो, काट्ने तयारीमै वर्षा पर्‍यो, अब खेतमा हिलो र पानीले धान ढल्न थालेको छ,' उनले भने।

वर्षाको असरले धान उत्पादनमा ठूलो कमी आउने अनुमान गरिएको छ। अधिकांश किसानको लगानी, मलखाद र श्रमको प्रतिफल अनिश्चित बन्ने भएपछि किसानहरू चिन्तित भएका छन् । सुनसरीको बराहक्षेत्र नगरपालिका–७ का किसान दुर्योधन घिमिरेले पनि वर्षाको कारण खेतमा पाकेको धान काट्न नसकेको गुनासो गरे। 'अगौटे धान काटेर खेतमै सुकाएका थियौं, अहिलेको पछौटे धान काट्ने बेला थियो, तर पानीले सबै काम रोकिएको छ,' उनले भने।

पश्चिमी वायुको प्रभावका कारण पूर्वी क्षेत्रमा वर्षा भइरहेको र अझ केही दिनसम्म मौसम आंशिक बदली रहन सक्ने जल तथा मौसम पूर्वानुमान शाखाले जनाएको छ । धानबालीमा भएको क्षति र उत्पादन घटे किसानलाई थप आर्थिक संकट निम्तिन सक्ने खतरा सिर्जना भएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— भारत सरकारले नेपाललाई आर्थिक वर्ष २०२६/०२७ का लागि ८ सय करोड भारतीय रुपैयाँ अनुदान दिने भएको छ । आइतबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संसद्‍मा प्रस्तुत गरेको वार्षिक बजेटमा नेपाललाई गत वर्ष बराबर नै भारु ८ अर्ब (१२ अर्ब ८० करोड नेपाली रुपैयाँ) अनुदान दिने उल्लेख गरिएको हो । चालु आर्थिक वर्षमा भारतले नेपाललाई भारु ...
— चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सरकारले विनियोजनको ४६ प्रतिशत मात्र सरकारी खर्च गरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा यो १०.७५ प्रतिशतले बढी हो । चालु आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट विनियोजन गरेको थियो । गत पुससम्म ९ खर्ब ४ अर्ब ६४ करोड ४३ लाख खर्च भएको अर्थ ...
— वीरगन्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा ७ अर्ब ६४ करोड मूल्य पर्ने सात थरिका दलहनजन्य खाद्यान्न भित्रिएको छ । गत आर्थिक वर्षको ६ महिनामा १ अर्ब ८० करोड बढी मूल्यको दलहन खाद्यान्न भित्रिएको हो । वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आवको ६ महिनाको तुलनामा चालु आवको ६ महिनामा ३१ प्रतिशतले आयात ...
: सिम्रिक एयरले नयाँ हेलिकप्टर थप गरेको छ। उच्च हिमाली तथा दुर्गम भौगोलिक क्षेत्रमा सञ्चालन क्षमता थप सुदृढ गर्ने उद्देश्यसहित एयरबस एच१२५ (एएस३५० बी३ ई) हेलिकोप्टर आफ्नो फ्लीटमा थप गरेको कम्पनीले जानकारी दिएको छ। ९ एन–एओओ दर्ता नम्बरको उक्त हेलिकप्टर २०२६ जनवरी ३० देखि औपचारिक रूपमा सञ्चालनमा आएको कम्पनीले जनाएको छ। यससँगै सिम्रिक एयरको फ्लीटमा तीनवटा ...
: आर्थिक वर्ष २०८२/८३ को कार्तिकदेखि पुस मसान्तसम्म (दोस्रो त्रैमासिक)को विवरणअनुसार कुल बजेटमध्ये चालु खर्चको हिस्सा उच्च देखिएको छ। पुँजीगत खर्च अपेक्षाकृत कमजोर देखिएको छ। अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। यसमध्ये चालु खर्चतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड (६०.०१ ...