मुख्य समाचार
पूर्वी नेपालमा निरन्तर परेको वर्षाले धानबालीमा ठूलो क्षति
पूर्वी नेपालमा निरन्तर परेको वर्षाले धानबालीमा ठूलो क्षति

: पूर्वी नेपालमा निरन्तर परेको वर्षाले धानबालीमा ठूलो क्षति पुगेको छ। बुधबार रातिदेखि सुरु भएको अविरल वर्षा बिहीबार बिहानसम्म जारी रहेपछि धान काट्न तयार भएका किसानहरू चिन्तित छन्।



वर्षाको कारण खेतभरी पाकेको धान काट्न नपाएपछि किसान चिन्तित बनेका छन्। काटिसकेको धान पनि पानीले भिजाएपछि धेरै ठाउँमा बिग्रने अवस्था आएको छ।


कोशी प्रदेशका १४ वटै जिल्लामा बुधबारदेखि वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसले गर्दा सुनसरी, मोरङ, झापा, उदयपुर, खोटाङ, भोजपुर, ओखलढुंगा, इलाम, पाँचथर लगायतका जिल्लाका किसान प्रभावित भएका छन्। यी जिल्लामा अहिले धान पाक्ने र भित्र्याउने बेला हो।



खोटाङका किसान सोमप्रसाद आचार्यका अनुसार वर्षाका कारण पाकेको धान नष्ट हुन थालेको छ। 'धान पाकिसकेको थियो, काट्ने तयारीमै वर्षा पर्‍यो, अब खेतमा हिलो र पानीले धान ढल्न थालेको छ,' उनले भने।

वर्षाको असरले धान उत्पादनमा ठूलो कमी आउने अनुमान गरिएको छ। अधिकांश किसानको लगानी, मलखाद र श्रमको प्रतिफल अनिश्चित बन्ने भएपछि किसानहरू चिन्तित भएका छन् । सुनसरीको बराहक्षेत्र नगरपालिका–७ का किसान दुर्योधन घिमिरेले पनि वर्षाको कारण खेतमा पाकेको धान काट्न नसकेको गुनासो गरे। 'अगौटे धान काटेर खेतमै सुकाएका थियौं, अहिलेको पछौटे धान काट्ने बेला थियो, तर पानीले सबै काम रोकिएको छ,' उनले भने।

पश्चिमी वायुको प्रभावका कारण पूर्वी क्षेत्रमा वर्षा भइरहेको र अझ केही दिनसम्म मौसम आंशिक बदली रहन सक्ने जल तथा मौसम पूर्वानुमान शाखाले जनाएको छ । धानबालीमा भएको क्षति र उत्पादन घटे किसानलाई थप आर्थिक संकट निम्तिन सक्ने खतरा सिर्जना भएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन थालेका छन् । लोमान्थाङ–४ न्हेचुङस्थित क्वारेन्टाइन चेकपोस्टका अनुसार कोरला नाकाबाट चार हुल भेडाच्याङ्ग्रा नेपाल भित्रिएको हो । गत वर्षको भदौ ३१ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको यहाँस्थित नेपाल–चीन उत्तरी कोरला नाकाबाट कानुनी प्रावधानअनुसार तिब्बतबाट भेडाच्याङ्ग्रा नेपाल भित्रिन थालेका हुन् । पशु क्वारेन्टाइन कार्यालय पोखराका प्रमुख एवं वरिष्ठ पशुचिकित्सक ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई नेपालमा लगानी र व्यापारका पर्याप्त अवसर रहेको बताएका छन् । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री वाग्लेले नेपालमा रहेको लगानीको अवसरलाई सदुपयोग गर्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ । नयाँदिल्लीस्थित इन्डिया ह्याबिट्याट सेन्टरमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सीआईआई)द्वारा शनिबार आयोजित व्यापार तथा लगानी अन्तर्क्रियामा अर्थमन्त्री वाग्लेले उदीयमान ...
। सरकारले धितोपत्रको कारोबारमा हुने लाभमा लाग्ने पुँजीगत लाभ कर घटाउने भएको छ । अर्थ मन्त्रालयले पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३ मार्फत सेयर कारोबारमा पुँजीगत लाभकर अधिकतम ५ प्रतिशत कायम गर्ने घोषणा गरेको हो । कार्ययोजना अनुसार नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको सेयरको हकमा व्यक्तिको हकमा तीन सय पैंसठ्ठी दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको ...
। नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार ७३७ मेट्रिक टन एलपी ग्यास आयात भएको जनाएको छ । उक्त परिमाणको ग्यास ३७ लाख १३ हजार ८९४ सिलिन्डर बराबर हो । इन्डियन आयल कर्पोरेसन –आईओसी) का विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट यही सेप्टेम्बर १० तारिखसम्म थप १९ हजार २१८ मेट्रिक टन ग्यास लोडिङ भइसकेको निगमका सहप्रवक्ता ...
। नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ-४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै रु एक अर्ब ७८ करोड ४४ लाख राजस्व सङ्कलन भएको छ । रसुवाको भोटेकोशीमा गएको बाढीका कारण (रसुवागढी–केरुङ)नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी ह्वात्तै बढेको छ । भन्सार प्रमुख बिदुर चुडालका अनुसार रसुवागढी-केरुङनाका र तातोपानीनाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम