मुख्य समाचार
काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि शिखर इन्स्योरेन्ससँग व्यावसायिक सम्झौता
काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि शिखर इन्स्योरेन्ससँग व्यावसायिक सम्झौता

— काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि शिखर इन्स्योरेन्ससँग व्यावसायिक सम्झौता गरेको छ । गोर्खाजले शिखर इन्स्योरेन्सलाई गोल्ड पार्टनरका रूपमा भित्र्याएको जनाएको छ ।


गोर्खाजले एनपीएल खेल्दा आफ्नो जर्सीको दुवै पाखुरामा शिखर इन्स्योरेन्सको लोगो लगाएर खेल्नेछ ।

यसका लागि गोर्खाज र शिखर इन्स्योरेन्सबीच बिहीबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहिया र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी निर्देशक दीपप्रकाश पाण्डेले हस्ताक्षर गरेका थिए । दुवैले आर्थिक पक्ष भने खुलाएका छैनन् ।

गत वर्ष पहिलो सिजनको एनपीएलमा पनि शिखर इन्स्योरेन्स काठमान्डु गोर्खाजको सहप्रायोजक रहेको थियो । गोर्खाजले यसअघि नै मुख्य प्रायोजकका रूपमा वर्ल्ड लिंकसँग सम्झौता गरिसकेको छ । साथै टोलीको अफिसियल हस्पिटालिटी पार्टनरमा टुलिप होटल रहेको छ ।

करण केसीको कप्तानीमा रहेको काठमान्डु गोर्खाजको टोलीका खेलाडीहरूमा भीम सार्की, साहव आलम, रशिद खान, आदिल आलम अन्सारी, दीपेश कँडेल, सन्तोष यादव, आकाश त्रिपाठी, प्रतीक श्रेष्ठ, तुलबहादुर थापा, उत्तम थापा रहेका छन् । टोलीले विदेशी खेलाडीमा इंग्ल्यान्डमा खेल्दै आएका रिकार्डो भास्कोनेसेलोस, नामिबियाका कप्तान जेरहार्ड इरसमस र उत्कृष्ट लयमा रहेका अमेरिकाका मिलिन्द कुमारलाई लिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ। शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा ...
: विभागीय टोली नेपाल पुलिस क्लब र न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब नवौं केएनपी नेरोलेक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । चार टोलीको सहभागिता रहेको प्रतियोगितामा राउन्ड रोविन लिगमा लगातार दोस्रो जित निकाल्दै पुलिस र न्यु डायमन्ड एक खेल अगावै फाइनलमा पुगेका हुन् । बिहीबार भएका दुवै खेलमा पुलिस र ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम