मुख्य समाचार
युरिया मल नियमित रूपमा आउन थालेपछि वीरगन्ज र रक्सौलको रेल्वे स्टेसनमा मल बोकेको रेल्वे र्‍याकको चाङ नै लाग्न थाले
युरिया मल नियमित रूपमा आउन थालेपछि वीरगन्ज र रक्सौलको रेल्वे स्टेसनमा मल बोकेको रेल्वे र्‍याकको चाङ नै लाग्न थाले

— कृषि सामग्री कम्पनीले ग्लोबल टेन्डरमार्फत भित्र्याइरहेको युरिया मल नियमित रूपमा आउन थालेपछि वीरगन्ज र रक्सौलको रेल्वे स्टेसनमा मल बोकेको रेल्वे र्‍याकको चाङ नै लाग्न थालेको छ ।


हाल वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह र सीमापारि भारतीय रेल्वे स्टेसन रक्सौलमा गरी ५ रेल्वे र्‍याक युरिया मल एकसाथ आई पुगेको हो । तीमध्ये सुक्खा बन्दरगाहमा २ र रक्सौलमा तीन रेल्वे र्‍याक रहेका छन् । यसै साता छठ पर्वका कारण दुई दिन कार्यालय बिदा समेत रहेकाले रेल्वे स्टेसनहरूबाट कम्पनीको गोदाममा ढुवानी गरी मल आउन नसकेको हो ।

कम्पनी वीरगन्ज प्रादेशिक कार्यालयय प्रमुख दुर्गाप्रसाद पाण्डेले ५ र्‍याकमा गरी १२ हजार ५ सय टन मल रहेको र उक्त मल कम्पनीको गोदाममा व्यवस्थापन गर्न कठिनाइ हुने भएको छ । कम्पनीको वीरगन्जस्थित आफ्नै परिसर, भुटनदेवी र नेसनल ट्रेडिङको गोदाम समेत गरी सबै गोदाम मलले भरिएकाले नयाँ आउने मलको व्यवस्थापनमा समस्या भएको उनले बताए ।

हाल तीनवटै गोदाममा गरी २३ हजार ५ सय टन मल वीरगन्जमै मौज्दात रहेको उनले बताए । त्यसमध्ये ६ हजार टन युरिया र बाँकी डीएपी मल हो । प्रदेश कृषि मन्त्रालयले पुरानै कन्साइन्मेन्टबाट भित्रिएका मलको कोटा हालसम्म नलगाएकाले वीरगन्जबाट अन्यत्र मल परिचालन हुन नसकेको हो ।

हाल पाँचवटा र्‍याकमा आइपुगेको मल आदित्य बिरला र आईपीएल कम्पनीले ल्याएका हुन् । आईपीएल र आदित्य बिरलाले कम्पनी र नेसनल टेड्रिङको समेत गरी ५५ हजार टन युरिया मल एकसाथ नेपाल ल्याउँदै छन् । हाल आइसकेको मललाई गोदाममा व्यवस्थापन नगरिए निरन्तर थपिँदै जाने र मलको व्यवस्थापनमा झनै समस्या आउने सरोकारवालाले बताए ।


अहिले मलको माग नरहेको र आउँदो हिउँदमा गहुँ बालीका लागि यो मल उपयोगी हुने कम्पनी वीरगन्ज प्रादेशिक कार्यालयय प्रमुख पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— भारत सरकारले नेपाललाई आर्थिक वर्ष २०२६/०२७ का लागि ८ सय करोड भारतीय रुपैयाँ अनुदान दिने भएको छ । आइतबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संसद्‍मा प्रस्तुत गरेको वार्षिक बजेटमा नेपाललाई गत वर्ष बराबर नै भारु ८ अर्ब (१२ अर्ब ८० करोड नेपाली रुपैयाँ) अनुदान दिने उल्लेख गरिएको हो । चालु आर्थिक वर्षमा भारतले नेपाललाई भारु ...
— चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सरकारले विनियोजनको ४६ प्रतिशत मात्र सरकारी खर्च गरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा यो १०.७५ प्रतिशतले बढी हो । चालु आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट विनियोजन गरेको थियो । गत पुससम्म ९ खर्ब ४ अर्ब ६४ करोड ४३ लाख खर्च भएको अर्थ ...
— वीरगन्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा ७ अर्ब ६४ करोड मूल्य पर्ने सात थरिका दलहनजन्य खाद्यान्न भित्रिएको छ । गत आर्थिक वर्षको ६ महिनामा १ अर्ब ८० करोड बढी मूल्यको दलहन खाद्यान्न भित्रिएको हो । वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आवको ६ महिनाको तुलनामा चालु आवको ६ महिनामा ३१ प्रतिशतले आयात ...
: सिम्रिक एयरले नयाँ हेलिकप्टर थप गरेको छ। उच्च हिमाली तथा दुर्गम भौगोलिक क्षेत्रमा सञ्चालन क्षमता थप सुदृढ गर्ने उद्देश्यसहित एयरबस एच१२५ (एएस३५० बी३ ई) हेलिकोप्टर आफ्नो फ्लीटमा थप गरेको कम्पनीले जानकारी दिएको छ। ९ एन–एओओ दर्ता नम्बरको उक्त हेलिकप्टर २०२६ जनवरी ३० देखि औपचारिक रूपमा सञ्चालनमा आएको कम्पनीले जनाएको छ। यससँगै सिम्रिक एयरको फ्लीटमा तीनवटा ...
: आर्थिक वर्ष २०८२/८३ को कार्तिकदेखि पुस मसान्तसम्म (दोस्रो त्रैमासिक)को विवरणअनुसार कुल बजेटमध्ये चालु खर्चको हिस्सा उच्च देखिएको छ। पुँजीगत खर्च अपेक्षाकृत कमजोर देखिएको छ। अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। यसमध्ये चालु खर्चतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड (६०.०१ ...