मुख्य समाचार
युरिया मल नियमित रूपमा आउन थालेपछि वीरगन्ज र रक्सौलको रेल्वे स्टेसनमा मल बोकेको रेल्वे र्‍याकको चाङ नै लाग्न थाले
युरिया मल नियमित रूपमा आउन थालेपछि वीरगन्ज र रक्सौलको रेल्वे स्टेसनमा मल बोकेको रेल्वे र्‍याकको चाङ नै लाग्न थाले

— कृषि सामग्री कम्पनीले ग्लोबल टेन्डरमार्फत भित्र्याइरहेको युरिया मल नियमित रूपमा आउन थालेपछि वीरगन्ज र रक्सौलको रेल्वे स्टेसनमा मल बोकेको रेल्वे र्‍याकको चाङ नै लाग्न थालेको छ ।


हाल वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह र सीमापारि भारतीय रेल्वे स्टेसन रक्सौलमा गरी ५ रेल्वे र्‍याक युरिया मल एकसाथ आई पुगेको हो । तीमध्ये सुक्खा बन्दरगाहमा २ र रक्सौलमा तीन रेल्वे र्‍याक रहेका छन् । यसै साता छठ पर्वका कारण दुई दिन कार्यालय बिदा समेत रहेकाले रेल्वे स्टेसनहरूबाट कम्पनीको गोदाममा ढुवानी गरी मल आउन नसकेको हो ।

कम्पनी वीरगन्ज प्रादेशिक कार्यालयय प्रमुख दुर्गाप्रसाद पाण्डेले ५ र्‍याकमा गरी १२ हजार ५ सय टन मल रहेको र उक्त मल कम्पनीको गोदाममा व्यवस्थापन गर्न कठिनाइ हुने भएको छ । कम्पनीको वीरगन्जस्थित आफ्नै परिसर, भुटनदेवी र नेसनल ट्रेडिङको गोदाम समेत गरी सबै गोदाम मलले भरिएकाले नयाँ आउने मलको व्यवस्थापनमा समस्या भएको उनले बताए ।

हाल तीनवटै गोदाममा गरी २३ हजार ५ सय टन मल वीरगन्जमै मौज्दात रहेको उनले बताए । त्यसमध्ये ६ हजार टन युरिया र बाँकी डीएपी मल हो । प्रदेश कृषि मन्त्रालयले पुरानै कन्साइन्मेन्टबाट भित्रिएका मलको कोटा हालसम्म नलगाएकाले वीरगन्जबाट अन्यत्र मल परिचालन हुन नसकेको हो ।

हाल पाँचवटा र्‍याकमा आइपुगेको मल आदित्य बिरला र आईपीएल कम्पनीले ल्याएका हुन् । आईपीएल र आदित्य बिरलाले कम्पनी र नेसनल टेड्रिङको समेत गरी ५५ हजार टन युरिया मल एकसाथ नेपाल ल्याउँदै छन् । हाल आइसकेको मललाई गोदाममा व्यवस्थापन नगरिए निरन्तर थपिँदै जाने र मलको व्यवस्थापनमा झनै समस्या आउने सरोकारवालाले बताए ।


अहिले मलको माग नरहेको र आउँदो हिउँदमा गहुँ बालीका लागि यो मल उपयोगी हुने कम्पनी वीरगन्ज प्रादेशिक कार्यालयय प्रमुख पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन थालेका छन् । लोमान्थाङ–४ न्हेचुङस्थित क्वारेन्टाइन चेकपोस्टका अनुसार कोरला नाकाबाट चार हुल भेडाच्याङ्ग्रा नेपाल भित्रिएको हो । गत वर्षको भदौ ३१ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको यहाँस्थित नेपाल–चीन उत्तरी कोरला नाकाबाट कानुनी प्रावधानअनुसार तिब्बतबाट भेडाच्याङ्ग्रा नेपाल भित्रिन थालेका हुन् । पशु क्वारेन्टाइन कार्यालय पोखराका प्रमुख एवं वरिष्ठ पशुचिकित्सक ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई नेपालमा लगानी र व्यापारका पर्याप्त अवसर रहेको बताएका छन् । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री वाग्लेले नेपालमा रहेको लगानीको अवसरलाई सदुपयोग गर्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ । नयाँदिल्लीस्थित इन्डिया ह्याबिट्याट सेन्टरमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सीआईआई)द्वारा शनिबार आयोजित व्यापार तथा लगानी अन्तर्क्रियामा अर्थमन्त्री वाग्लेले उदीयमान ...
। सरकारले धितोपत्रको कारोबारमा हुने लाभमा लाग्ने पुँजीगत लाभ कर घटाउने भएको छ । अर्थ मन्त्रालयले पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३ मार्फत सेयर कारोबारमा पुँजीगत लाभकर अधिकतम ५ प्रतिशत कायम गर्ने घोषणा गरेको हो । कार्ययोजना अनुसार नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको सेयरको हकमा व्यक्तिको हकमा तीन सय पैंसठ्ठी दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको ...
। नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार ७३७ मेट्रिक टन एलपी ग्यास आयात भएको जनाएको छ । उक्त परिमाणको ग्यास ३७ लाख १३ हजार ८९४ सिलिन्डर बराबर हो । इन्डियन आयल कर्पोरेसन –आईओसी) का विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट यही सेप्टेम्बर १० तारिखसम्म थप १९ हजार २१८ मेट्रिक टन ग्यास लोडिङ भइसकेको निगमका सहप्रवक्ता ...
। नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ-४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै रु एक अर्ब ७८ करोड ४४ लाख राजस्व सङ्कलन भएको छ । रसुवाको भोटेकोशीमा गएको बाढीका कारण (रसुवागढी–केरुङ)नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी ह्वात्तै बढेको छ । भन्सार प्रमुख बिदुर चुडालका अनुसार रसुवागढी-केरुङनाका र तातोपानीनाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम