मुख्य समाचार
बेलायती अधिराजकुमार एन्ड्रयुको ताज खोसियो
बेलायती अधिराजकुमार एन्ड्रयुको ताज खोसियो

— बेलायतका अधिराजकुमार एन्ड्रयुले आफ्नो उपाधि गुमाएका छन् । राजा चार्ल्सका भाइ एन्ड्रयुलाई अब एन्ड्रयु माउन्टबेटन विन्डसर नामले सम्बोधन गरिने बिहीबार राति बकिङह्याम दरबारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


कुख्यात बाल यौन दुराचारी जेफ्री इप्स्टेनसँगको सम्बन्धलाई लिएर उनी विवादमा तानिएका थिए । यस विषयमा हप्तौंदेखि अनुसन्धान चलिरहेको छ । चार्ल्सले अब बेलायती राजकुमारका रुपमा उपभोग गरिरहेका विन्डसर म्यान्सन रोयल लज पनि त्याग्नेछन् ।

राजकुमारका रुपमा पाएको ‘डुक अफ योर्क’ उपाधिसहित अन्य शाही उपाधि उनले अघिल्लो महिना नै त्यागिसकेका छन् । मरणोपरान्त प्रकाशित अधिवक्ता भर्जिनिया लुईस जुफ्रेको संस्मरणमा राजकुमार एन्ड्रयुसँग तीनपटक यौन सम्बन्ध कायम रहेको उल्लेख छ । आफूमाथि किशोरावस्थामा एन्ड्रयुले जबर्जस्ती गरेको उनको आरोप छ ।

यौन दुराचारी तथा मानव तस्करविरुद्ध कानुन लडाइँ सञ्चालन गरिरहेकी यी अभिवक्ताको ४१ वर्षको उमेरमा गत अप्रिलमा निधन भएको थियो । उनको आत्मवृत्तान्त गत महिना मात्रै प्रकाशित भएको हो । कुख्यात दुराचारी जेफ्रे इप्स्टेनलाई कानुनी दायरामा ल्याउन उनले महत्वपूर्ण भूमिका खेलेकी थिइन् ।

जेफ्रेले आत्मवृत्तान्तमार्फत लगाएको आरोप खण्डन गर्दै राजकुमार एन्ड्रयुले आफूले उनलाई दुर्व्यवहार नगरेको दाबी गरिरहेका थिए । तर केही समयअघि मात्रै सन् २०११ का इमेल सामाजिक सञ्जालमा भाइरल हुन थाले । जहाँ, एन्ड्रयु र बाल दुराचारी तथा यौन प्रयोजनका लागि मानिसहरुको ओसार–पसार गर्ने इप्स्टेनबीच संवाद भएको देखिन्छ । जबकि एन्ड्रयुले सन् २०११ भन्दा निकैअघि उनीसँगको मित्रता टुटिसकेको दाबी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: रुसले युक्रेनमाथि ठूलो आक्रमण गरेको छ । रुसले युक्रेनमाथि सयौं ड्रोन र दर्जनौं मिसाइल प्रहार गरेको जनाएको छ । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले राजधानी कीएभ मुख्य निशानामा परेको बताएका छन्, तर अन्य क्षेत्रहरूलाई पनि लक्ष्य बनाइएको थियो । यी आक्रमणमा कम्तीमा ८३ जना घाइते भएका छन् । कीएभ र वरपरका क्षेत्रमा चार जनाको मृत्यु भएको ...
: अमेरिका, इजरायल र इरानबीच जारी युद्ध अन्त्य हुन सक्ने सम्झौताको आशामा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ भने एसियाली सेयर बजारमा वृद्धि देखिएको छ। शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरान (इरान) सँगको सम्झौताका लागि 'धेरैजसो वार्ता' भइसकेको र यसको विस्तृत विवरण चाँडै घोषणा गरिने बताएका थिए। यद्यपि, भोलिपल्टै उनले आफ्नो वार्ता टोलीलाई सम्झौताका लागि ...
हङकङ र युरोपबीच व्यापार एवं लगानीका साथै नवप्रवर्तन र प्रविधि जस्ता क्षेत्रमा व्यावहारिक एवं पारस्परिक रूपमा लाभदायक सहकार्य अघि बढाउन सक्ने हङकङका वित्त सचिव पावल च्यान मो-पोले बताएका छन् । युरोपमा परिवर्तनको ठूलो चाहना रहेको र बहुपक्षीय सहकार्य एवं जोखिम विविधीकरण मार्फत थप बलियो आर्थिक उत्थानशीलता निर्माण गर्न खोजिरहेको भन्दै च्यानले यस्तो बताएका हुन् । आफ्नो साप्ताहिक ...
चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) स्टार्टअप कम्पनी ‘डिपसिक’ ले आफ्नो सबैभन्दा शक्तिशाली फ्ल्यागसिप मोडल ‘भी ४-प्रो ‘ को एपीआई शुल्कमा गरेको ७५ प्रतिशतको भारी कटौतीलाई स्थायी बनाउने निर्णय गरेको छ। शनिबार एक आधिकारिक विज्ञप्ति जारी गर्दै कम्पनीले यसअघि एउटा निश्चित प्रवर्द्धनात्मक योजना (प्रमोसन) अन्तर्गत ल्याएको यो छुटलाई अब स्थायी रूपमा निरन्तरता दिने घोषणा गरेको हो । यस ...
पाकिस्तानको क्वेटास्थित चमन गेट नजिकै रेलवे ट्र्याकमा विस्फोट हुँदा २० जनाको मृत्यु भएको छ भने अन्य ७० जना भन्दा बढी घाइते भएका छन् । आइतबार भएको विस्फोटका कारण रेलका तीनवटा डिब्बा पटरीबाट खसेका थिए भने दुई वटा डिब्बा पल्टिएका थिए। प्रत्यक्षदर्शीहरूका अनुसार विस्फोट यति शक्तिशाली थियो कि रेलवे ट्र्याक नजिकै पार्क गरिएका धेरै सवारी साधनहरूमा क्षति पुगेको ...