मुख्य समाचार
फ्रान्सको पेरिसस्थित लुभ्र संग्रहालयमा भएको चोरीमा संलग्नको आरोपमा थप पाँच जना पक्राउ
फ्रान्सको पेरिसस्थित लुभ्र संग्रहालयमा भएको चोरीमा संलग्नको आरोपमा थप पाँच जना पक्राउ

— फ्रान्सको पेरिसस्थित लुभ्र संग्रहालयमा भएको चोरीमा संलग्नको आरोपमा थप पाँच जना पक्राउ परेका छन् । गत १९ अक्टोबरमा नेपोलियनकालीन गहना चोरी भएको घटनामा बिहीबार थप पाँच जना पक्राउ परेका हुन् ।


यसअघि गत आइतबार दुई जना पक्राउ परेका थिए । अन्तर्राष्ट्रिय सञ्चार एजेन्सी रोयटर्सका अनुसार बिहीबार थप पाँच जना पक्राउ परेसँगै यस घटनामा हालसम्म सात जना पक्राउ परेका छन् । यद्यपि पक्राउ परेकाहरू हालसम्म कुनै पनि आपराधिक घटनामा संलग्न नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीबीएस न्यूजले जनाएको छ ।

यस घटनामा सात जना पक्राउ परे पनि चोरी भएका गरगहनाहरू कहाँ छन् भन्ने कुनै तथ्य भेटिएको छैन । पक्राउ परेकाहरूमाथि सोधपुछ जारी छ ।

यद्यपि उनीहरूले चोरी भएको गरगहनाबारे केही थाहा नभएको बताउँदै आएका छन् । लुभ्र संग्रहालय विश्वमै सबैभन्दा धेरै सुरक्षित संग्राहलयमध्ये एक मानिन्छ । गत अक्टोबर १९ मा यो चोरी भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नेपोलियन तृतीयकी पत्नी युजेनी डे मोन्टिजोका लागि सन् १८५५ मा बनाइएका बहुमूल्य रत्नहरूले जडित युजेनी क्राउन (टियारा), एक हार र एउटा ब्रोचसहित नौ बहुमूल्य रत्नहरू चोरी भएका छन् । साम्राज्ञी युजेनीको मुकुट २ सय १२ मोती र करिब २ हजार हीराले जडित थियो ।

यस गहनाको सेटलाई अत्यन्तै बहुमूल्य मानिन्छ । फ्रान्सेली सरकारी वकिल लोर बेक्कुओलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले चोरी भएका गहनाहरूको मूल्य ८८ मिलियन युरो पर्ने जनाएको छ । यसरी भएको थियो चोरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ‘टाइम’ र ‘द गार्डियन’ का अनुसार १९ अक्टोबर स्थानीय समय बिहान करिब ९ः३० बजेतिर चार व्यक्ति लुभ्र संग्रहालय पुगेका थिए । ट्रकमा जडान गरिएको ‘मेकानिकल’ भर्‍याङ चढेर दुई जना पहिलो तलाको ‘बाल्कोनी’ पुगेका थिए ।

नकाबधारी उनीहरू त्यसपछि ‘डिस्क कटर’ ले झ्याल काटेर नेपोलियन र जोसेफिनको अमूल्य संग्रह रहेको ग्यालरीमा पुगेका थिए । चोरीपछि उनीहरू भर्‍याङबाट ओर्लिए र मोटरसाइकलमा तयारी अवस्थामा बसेका अन्य दुईसँगै भागे । उनीहरूले कामदारजस्तो देखिने पोसाक लगाएका थिए ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल–जजिराका अनुसार ४ देखि ८ मिनेटभित्र यो चोरी भएको थियो । चोरहरूले भाग्ने क्रममा ट्रकमा आगो लगाउन खोजेका थिए तर सफल भएनन् । यही कारण उनीहरूले प्रयोग गरेका हेल्मेट, एंगल ग्राइन्डर, डिस्क कटर, ज्याकेट र अन्य सामग्री घटनास्थलमै छुटेका थिए ।



अहिले अनुसन्धानकर्ताले ती सामग्रीको विस्तृत विश्लेषण गरिरहेका छन् । चोरीमा संलग्नहरू पेसेवर चोर भएको अनुमान गरिएको छ । फ्रान्सेली गृहमन्त्री लरेन्ट नुनेजले यस घटनालाई अहिलेसम्मकै ठूलो चोरीमध्ये एकका रूपमा वर्णन गरेका छन् । चोरीपछि लुभ्र संग्रहालय तीन दिनसम्म बन्द भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाका सुरक्षा निकायहरूले देशभरका पानी आपूर्ति तथा फोहोरपानी व्यवस्थापन प्रणालीलाई लक्षित गर्दै साइबर आक्रमण बढिरहेको चेतावनी दिएका छन् । आक्रमणकारीहरूले कृत्रिम बुद्धिमत्ता (एआई) को सहायतामा कमजोर सुरक्षा भएका औद्योगिक उपकरण पहिचान गरी हमला गरिरहेको अमेरिकी अधिकारीहरूको भनाइ छ । अमेरिकी साइबर सुरक्षा एजेन्सी सीआईएसए, संघीय अनुसन्धान ब्युरो एफबीआई र राष्ट्रिय सुरक्षा एजेन्सी एनएसएसहितका निकायले ...
। अमेरिकाको पश्चिमी अलास्कामा चार्टर विमान दुर्घटनामा परेको छ । एन्कोरेजबाट उडान भरेको विमान केप न्युएनहमनजिकै दुर्घटनामा परेको हो । संघीय अधिकारीको हवाला दिँदै समाचार एजेन्सी एपीले आठ जना सवार चार्टर विमान दुर्गम क्षेत्रमा रहेको राडार साइटनजिकै दुर्घटनामा परेको बताएको छ । नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड (एनटीएसबी) का अलास्का क्षेत्र प्रमुख क्लिन्ट जोन्सनका अनुसार विमानमा दुई पाइलट र ...
। इरानका विदेशमन्त्री अब्बास अरागचीले अमेरिकाले इरानविरुद्ध घोषणा गरेको तथाकथित ‘इकोनोमिक डी-डे’ को कडा आलोचना गरेका छन्। अमेरिकाको यो कदम आफ्नो आर्थिक समस्याबाट ध्यान हटाउने प्रयास भएको उनले बताएका छन्। अरागचीले सामाजिक सञ्जाल एक्समा अमेरिकाको ‘इकोनोमिक डी-डे’ आफ्नै आर्थिक संकट लुकाउने तरिका भएको लेखेका छन्। बुधबार साँझ अमेरिकी राष्ट्रपति ट्रम्पले इरानविरुद्ध ‘इकोनोमिक डी-डे’ सुरु गरेको घोषणा ...
। अमेरिकी सेनाले होर्मुजको जलमार्गमा गोप्य रूपमा एउटा जलमार्ग करिडोर स्थापना गरेको छ। यो करिडोरमार्फत दैनिक लाखौँ ब्यारेल कच्चा तेल ओसारपसार भइरहेको छ। व्यापक युद्ध गतिरोधमै रहेका बेला अमेरिकी सेनाले यो महत्त्वपूर्ण सफलता हासिल गरेको हो। अमेरिकी अधिकारीहरूले एक्सियोसलाई यो जानकारी दिएका हुन्। यो अपरेसन विगत केही हप्तादेखि सञ्चालनमा छ। ओमानको तटमा रहेको दक्षिणी च्यानलमार्फत हरेक ...
। रुसको पछिल्लो हमलामा युक्रेनको राजधानी किभमा कम्तीमा १३ जनाको मृत्यु भएको छ। सो हमलामा परी ४० जना घाइते भएका छन्। युक्रेनका प्रधानमन्त्रीले यो जानकारी दिएका हुन् । युक्रेनले लगातार एयर डिफेन्स मिसाइलको अभाव झेलिरहेको छ। युक्रेनको स्टेट इमर्जेन्सी सर्भिसका अनुसार रातभर भएका हमलामा सहरका धेरै अपार्टमेन्ट ब्लक र गोदामहरूलाई निसाना बनाइएको छ। यस हमलाबाट एउटा बालबालिकाको अस्पताल ...