मुख्य समाचार
नेपाली पुरुष राष्ट्रिय फुटबल टिमले आगामी नोभेम्बर १३ मा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने
नेपाली पुरुष राष्ट्रिय फुटबल टिमले आगामी नोभेम्बर १३ मा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने

: नेपाली पुरुष राष्ट्रिय फुटबल टिमले आगामी नोभेम्बर १३ मा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। यो मैत्रीपूर्ण खेल बंगलादेशमा हुनेछ । उक्त खेल नेपाली समय अनुसार ७ः४५ मा हुने बताइएको छ।

आगामी एएफसी एसियन कप छनोटको तयारीका रुपमा बंगलादेशले नेपालसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। बंगलादेशले नोभेम्बर १८ मा भारतसँग एएफसी एसियन कप छनोटको खेल खेल्नेछ।


नेपालले पनि नोभेम्बर १८ मा मलेसियासँग खेल्ने तालिका रहेको छ। दुवै टोलीले भदौमा दशरथ रंगशालामा पनि मैत्रीपूर्ण खेल खेलेका थिए। जुन खेल गोलरहित बराबरीमा सकिएको थियो।

दोस्रो खेल भने जेनजी आन्दोलनका कारण अवरुद्ध भएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— पाकिस्तानी क्रिकेटर बाबर आजमले ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा भारतीय हिटर रोहित शर्माको रेकर्ड तोडेका छन् । बाबर ट्वान्टी–ट्वान्टीमा सर्वाधिक रन बनाउने खेलाडीमध्ये पहिलो नम्बरमा पुगेका छन् । उनले यो रेकर्ड दक्षिण अफ्रिकाविरुद्ध खेलिएको ट्वान्टी–ट्वान्टी प्रतिस्पर्धामा बनाएका हुन् । लाहौरको गद्दाफी स्टेडियममा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिका १९ दशमलव २ ओभरमा मात्र ११० रन बनाउँदै अलआउट भएको ...
— सेरहोउ गुइरसीले पहिलो हाफमा गरेको गोल निर्णायक सावित भएपछि बोरुसिया डर्टमुन्डले शनिबार राति जर्मन बुंडेसलिगामा असबर्गलाई १–० हराएको छ । गुइरसले ३७ औं मिनेटमा एक मात्र गोल गरेका हुन् । यस नतिजासँगै डर्टमुन्डले शीर्ष स्थानमा रहेको बायर्न म्युनिकसँगको दूरी चार अंकमा छोट्याएको छ । यो जितपछि डर्टमुन्डको नौ खेलबाट २० अंक भएको छ । बायर्न आठ ...
— दक्षिण अफ्रिकी क्रिकेट हस्ती फाफ डु प्लेसिसले विराटनगर किंग्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण खेल्ने भएका छन् । एनपीएलको फ्रेन्चाइज टोली विराटनगरले शुक्रबार उनलाई आवद्ध गरेको जनाएको हो । दोस्रो सिजनको एनपीएल मंसिर १ देखि सुरु हुँदै छ । डु प्लेसिसले दोस्रो हाफमात्र आएर खेल्ने विराटनगर किंग्सका निर्देशक दीपेन्द्र चौधरीले बताए । अबुधाबी ...
: काभा यु–१९ च्याम्पियनसिपका लागि श्रीलंका जाने नेपाली राष्ट्रिय महिला यु–१९ भलिबल टोलीको बिदाइ गरिएको छ। शनिबार नेपाल भलिबल संघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमका बीच खेलकुदमन्त्री बब्लु गुप्ता र संघका पदाधिकारीले राष्ट्रिय महिला यु–१९ भलिबल टोलीको बिदाइ गरेका हुन्। बिदाइ कार्यक्रममा मन्त्री गुप्ताले राष्ट्रिय खेलकुद भलिबलको राष्ट्रिय कोर्ट नरहेकाले भलिबल कोर्ट बनाउन जग्गा खोज्ने कामका ...
: आइसीसी महिला क्रिकेट विश्वकप २०२५ को फाइनलमा भारत र दक्षिण अफ्रिकाबीच आइतबार प्रतिस्पर्धा हुनेछ। खेल नेपाली समय अनुसार अनुसार दिउँसो ३:१५ बजे नवी मुम्बईस्थित डीवाई पाटिल स्पोर्ट्स एकेडेमीमा हुनेछ। भारत र दक्षिण अफ्रिका दुवैले अहिलेसम्म महिला विश्वकप जितेका छैनन्। यो विजेता टोलीको लागि ऐतिहासिक क्षण हुनेछ। उपाधि भिडन्त रोमाञ्चक हुने सम्भावना छ। यस ...