मुख्य समाचार
सडक डिभिजन प्युठानले अलपत्र अवस्थामा रहेका ५ योजनाको ठेक्का सम्झौता तोड्ने प्रक्रिया सुरु
सडक डिभिजन प्युठानले अलपत्र अवस्थामा रहेका ५ योजनाको ठेक्का सम्झौता तोड्ने प्रक्रिया सुरु

: सडक डिभिजन प्युठानले अलपत्र अवस्थामा रहेका ५ योजनाको ठेक्का सम्झौता तोड्ने प्रक्रिया सुरु गरेको छ। कार्य तालिका अनुसार कामको प्रगति नगरेको र सम्झौता बमोजिमको समयावधिमा कार्य सम्पादन नगरेको भन्दै ठेक्का सम्झौता तोड्न कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ।



जलुके–नल्सी, झिवाङ–घुइवाङ, पुरन्ठाँटी–मलावाङ, सारी–खुग्रीं जोड्ने मोटरेवल पक्की पुल र होलेरी–स्वर्गद्धारी–भिंग्री सडकको कार्य प्रगति सन्तोषजनक नभएकाले प्रचलित कानुन बमोजिम ठेक्का सम्झौता अन्त्य गरी कालोसूचीमा राख्न लागिएको हो। जलुके–नल्सी पुल मृत संजिविनी/लोहनी जेभि, झिवाङ–घुइवाङ पुल सपना/जय बागेश्वरी माता जेभि, पुरन्ठाँटी–मलावाङ पुल सपना/जय बागेश्वरी माता जेभि, सारी–खुग्रीं पुल नागार्जुन कन्ष्ट्रक्सन कम्पनी र होलेरी–स्वर्गद्धारी–भिंग्री सडक लोहोनी/बरदेवी/रानीवन जेभिले निर्माण सम्झौता गरेका हुन्।


पटकपटक लिखित तथा मौखिक ताकेता गर्दा समेत बेवास्ता गरी हालसम्म निर्माण कार्य सम्पन्न गर्न कुनै तदारुकता नदेखाएको, निर्माण कार्य सुरु गरी विना जानकारी कार्य स्थगित गरी बीचमै अलपत्र छाडेकाले निर्माण सम्झौता अन्त्य गरी कालोसूचीमा राख्न सूचना जारी गरिएको सडक डिभिजन प्युठानले जनाएको छ।



सडक डिभिजन प्युठानले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२८ को उपनियम (२)को खण्ड (घ) बमोजिम खरिद सम्झौता अन्त्य गरी खरिद ऐनको दफा ६३ बमोजिम कालोसूचीमा राख्ने उल्लेख गरेको छ। कानुन बमोजिम निर्माण व्यवसायीले १५ दिनभित्र स्पष्टीकरण पेस गर्न मौका पाउने छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— वर्षाका कारण बीपी राजमार्गको विभिन्न सडक खण्ड अवरुद्ध भएको छ । कात्तिक १३ गतेदेखिको वर्षाका कारण राजमार्गअन्तर्गत चौकीडाँडा, डालाबेसी, नार्के, चारसय बेसी, घुमाउने लगायतका स्थानमा लेदो सहितको पहिरो खसेर सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए । उनका अनुसार, वर्षाका कारण राजमार्गको विभिन्न स्थानमा ढुङ्गा ...
हरिबोधनी एकादशीका अवसरमा भक्तपुरको चाँगुनारायण मन्दिरमा दर्शनार्थीको घुइँचो
: नेकपा एमालेको महाधिवेशन स्थान परिवर्तन गरिएको छ। शनिबार बसेको सचिवालय बैठकले स्थान परिवर्तन गर्ने निर्णय गरेको हो। यसअघि बसेको एमाले केन्द्रीय कमिटी बैठकले पार्टीको १५ औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने निर्णय गरेको थियो। तर शनिबारको सचिवालय बैठकले निर्धारित मितिमा काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। उनले ...
: नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालले पार्टीमा सबै जना एकजुट भएको दाबी गरेका छन्। उनले बैठक चल्दाचल्दै उठेर हिंडेका नेता जनार्दन शर्माको शैलीलाई अराजकको संज्ञा दिए। त्यसका बावजुद जनार्दन शर्मा केन्द्रीय कमिटी बैठकसम्म एक हुने उनको दाबी छ। 'पार्टीमा सबै एकजुट भएका छन्। केन्द्रीय कमिटी बैठकसम्म जनार्दन पनि एक हुनपर्छ। हुन्छ भन्ने हामीलाई विश्वास छ। ...
: नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले नेकपा एकीकृत समाजवादीसँगको एकता प्रक्रिया रोक्न माग गरेका छन्। शनिबार माओवादी पार्टी कार्यालय पेरिसडाडामा बसेको माओवादी महाधिवेशन आयोजन समिति सचिवालय बैठकमा शर्माले एकता प्रयासले माओवादी आन्दोलनको पहिचान मेटिने भएकाले एकता प्रक्रिया रोक्न माग गरेका हुन्। पार्टी आन्दोलनमा शहीद, बेपत्ता, घाइतेको सपना मुख्य आधार भएको भन्दै त्यसलाई छाड्ने ...