मुख्य समाचार
ओली र रमेश लेखकलाई विदेश भ्रमणमा रोक लगाउने निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार
ओली र रमेश लेखकलाई विदेश भ्रमणमा रोक लगाउने निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार

: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई विदेश भ्रमणमा रोक लगाउने निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।



शुक्रबार न्यायाधीश नृपध्वज निरौलाको इजलासले सरकारले अनुमतिबिना काठमाडौं उपत्यका बाहिर जान नपाउने निर्णयविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरेको हो।


जेनजी आन्दोलन घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली, पूर्वगृहमन्त्री लेखक, पूर्व गृहसचिव गोकर्णमणि दुवाडी, पूर्व राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई सरकारको अनुमतिबिना काठमाडौं उपत्यका बाहिर जानमा रोक लगाउन सिफारिस गरेको थियो।


अधिवक्ता डा. प्रेमराज सिलवालले उक्त निर्णय गैरकानुनी भएको भन्दै खारेज गर्न र तत्काल कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेशको माग गरेका छन्।

गत भदौ २३ र २४ को जेनजी आन्दोलनमा उनीहरू उल्लेखित पदमा बहाल रहेका थिए। जेनजी आन्दोलनको घटनामा अनुसन्धानको दायरामा रहेको र जुनसुकै बेला पनि आयोगमा उपस्थित हुनुपर्ने भएकाले विदेश भ्रमण र उपत्यकाबाट बाहिर जान नपाउने व्यवस्था गर्न सम्बन्धित निकायलाई पत्राचार गरिएको थियो।

आन्दोलनमा धनजनको ठूलो क्षति भएपछि केपी ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। जेनजी समूहकै माग‍ अनुसार नयाँ सरकार बनेको छ। जेनजी समूहले नै पाँचजनालाई उपत्यका छाड्न रोक लगाउनुपर्ने माग गरेपछि उक्त निर्णय भएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— वर्षाका कारण बीपी राजमार्गको विभिन्न सडक खण्ड अवरुद्ध भएको छ । कात्तिक १३ गतेदेखिको वर्षाका कारण राजमार्गअन्तर्गत चौकीडाँडा, डालाबेसी, नार्के, चारसय बेसी, घुमाउने लगायतका स्थानमा लेदो सहितको पहिरो खसेर सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए । उनका अनुसार, वर्षाका कारण राजमार्गको विभिन्न स्थानमा ढुङ्गा ...
हरिबोधनी एकादशीका अवसरमा भक्तपुरको चाँगुनारायण मन्दिरमा दर्शनार्थीको घुइँचो
: नेकपा एमालेको महाधिवेशन स्थान परिवर्तन गरिएको छ। शनिबार बसेको सचिवालय बैठकले स्थान परिवर्तन गर्ने निर्णय गरेको हो। यसअघि बसेको एमाले केन्द्रीय कमिटी बैठकले पार्टीको १५ औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने निर्णय गरेको थियो। तर शनिबारको सचिवालय बैठकले निर्धारित मितिमा काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। उनले ...
: नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालले पार्टीमा सबै जना एकजुट भएको दाबी गरेका छन्। उनले बैठक चल्दाचल्दै उठेर हिंडेका नेता जनार्दन शर्माको शैलीलाई अराजकको संज्ञा दिए। त्यसका बावजुद जनार्दन शर्मा केन्द्रीय कमिटी बैठकसम्म एक हुने उनको दाबी छ। 'पार्टीमा सबै एकजुट भएका छन्। केन्द्रीय कमिटी बैठकसम्म जनार्दन पनि एक हुनपर्छ। हुन्छ भन्ने हामीलाई विश्वास छ। ...
: नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले नेकपा एकीकृत समाजवादीसँगको एकता प्रक्रिया रोक्न माग गरेका छन्। शनिबार माओवादी पार्टी कार्यालय पेरिसडाडामा बसेको माओवादी महाधिवेशन आयोजन समिति सचिवालय बैठकमा शर्माले एकता प्रयासले माओवादी आन्दोलनको पहिचान मेटिने भएकाले एकता प्रक्रिया रोक्न माग गरेका हुन्। पार्टी आन्दोलनमा शहीद, बेपत्ता, घाइतेको सपना मुख्य आधार भएको भन्दै त्यसलाई छाड्ने ...