मुख्य समाचार
प्रहरी टोलीले भन्सार छलेर लुकिछिपी भारतीय बजारबाट ल्याएको युरिया र डिएपी मल बरामद
प्रहरी टोलीले भन्सार छलेर लुकिछिपी भारतीय बजारबाट ल्याएको युरिया र डिएपी मल बरामद

: इलाका प्रहरी कार्यालय पिपरा कपिलवस्तुबाट खटिएको प्रहरी टोलीले अवैध रूपमा भन्सार छलेर ल्याइएका सामानहरू बरामद गरेको छ। इलाका प्रहरी कार्यालय प्रमुख एवं प्रहरी निरीक्षक अर्जुन पौडेलको कमाण्डमा खटिएको ११ जनाको प्रहरी टोलीले भन्सार छलेर लुकिछिपी भारतीय बजारबाट ल्याएको युरिया र डिएपी मल बरामद गरेको हो।



५० केजीका २ सय १६ बोरा डिएपी र ५० केजीकै १० बोरा युरिया मल बरामद गरिएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए। उक्त मल नेपाली बजारमा विक्री गर्दा ५ लाख २८ हजार रुपैयाँ पर्छ।


बाणगंगा नगरपालिका–१० का सन्तराम थारुको घरबाट १ सय ५८ बोरा डिएपी, दशरथ शाहीको घरबाट २१ बोरा डिएपी, सिलाशान्ति कोहारको घरबाट ३३ बोरा डिएपी र सुलेमान मुसलवानको घरबाट १० बोरा युरीया र ४ बोरा डिएपी मल बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— वर्षाका कारण बीपी राजमार्गको विभिन्न सडक खण्ड अवरुद्ध भएको छ । कात्तिक १३ गतेदेखिको वर्षाका कारण राजमार्गअन्तर्गत चौकीडाँडा, डालाबेसी, नार्के, चारसय बेसी, घुमाउने लगायतका स्थानमा लेदो सहितको पहिरो खसेर सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए । उनका अनुसार, वर्षाका कारण राजमार्गको विभिन्न स्थानमा ढुङ्गा ...
हरिबोधनी एकादशीका अवसरमा भक्तपुरको चाँगुनारायण मन्दिरमा दर्शनार्थीको घुइँचो
: नेकपा एमालेको महाधिवेशन स्थान परिवर्तन गरिएको छ। शनिबार बसेको सचिवालय बैठकले स्थान परिवर्तन गर्ने निर्णय गरेको हो। यसअघि बसेको एमाले केन्द्रीय कमिटी बैठकले पार्टीको १५ औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने निर्णय गरेको थियो। तर शनिबारको सचिवालय बैठकले निर्धारित मितिमा काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। उनले ...
: नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालले पार्टीमा सबै जना एकजुट भएको दाबी गरेका छन्। उनले बैठक चल्दाचल्दै उठेर हिंडेका नेता जनार्दन शर्माको शैलीलाई अराजकको संज्ञा दिए। त्यसका बावजुद जनार्दन शर्मा केन्द्रीय कमिटी बैठकसम्म एक हुने उनको दाबी छ। 'पार्टीमा सबै एकजुट भएका छन्। केन्द्रीय कमिटी बैठकसम्म जनार्दन पनि एक हुनपर्छ। हुन्छ भन्ने हामीलाई विश्वास छ। ...
: नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले नेकपा एकीकृत समाजवादीसँगको एकता प्रक्रिया रोक्न माग गरेका छन्। शनिबार माओवादी पार्टी कार्यालय पेरिसडाडामा बसेको माओवादी महाधिवेशन आयोजन समिति सचिवालय बैठकमा शर्माले एकता प्रयासले माओवादी आन्दोलनको पहिचान मेटिने भएकाले एकता प्रक्रिया रोक्न माग गरेका हुन्। पार्टी आन्दोलनमा शहीद, बेपत्ता, घाइतेको सपना मुख्य आधार भएको भन्दै त्यसलाई छाड्ने ...