मुख्य समाचार
महिला विश्वकप जित्ने टोलीले पाउनेछ कीर्तिमानी पुरस्कार
महिला विश्वकप जित्ने टोलीले पाउनेछ कीर्तिमानी पुरस्कार

: आइसीसी महिला क्रिकेट विश्वकप २०२५ को फाइनलमा भारत र दक्षिण अफ्रिकाबीच आइतबार प्रतिस्पर्धा हुनेछ। खेल नेपाली समय अनुसार अनुसार दिउँसो ३:१५ बजे नवी मुम्बईस्थित डीवाई पाटिल स्पोर्ट्स एकेडेमीमा हुनेछ।



भारत र दक्षिण अफ्रिका दुवैले अहिलेसम्म महिला विश्वकप जितेका छैनन्। यो विजेता टोलीको लागि ऐतिहासिक क्षण हुनेछ। उपाधि भिडन्त रोमाञ्चक हुने सम्भावना छ।


यस पटक विश्वकपमा च्याम्पियन बन्ने टोलीमाथि पैसाको वर्षा हुनेछ। महिला विश्वकपको १३ औँ संस्करणको विजेता टोलीले ४.४८ मिलियन डलर (करिब ४० करोड भारतीय रुपैयाँ) पाउनेछ। यो रकम २०२२ मा अस्ट्रेलियाले प्राप्त गरेको पुरस्कार राशि (१.३२ मिलियन डलर) भन्दा २३९ प्रतिशतले बढी हो।



उपविजेताले २.२४ मिलियन डलर (करिब २० करोड भारतीय रुपैयाँ प्राप्त गर्नेछ। यो रकम २०२२ मा इङ्गल्याण्डले प्राप्त गरेको ६००,००० डलर भन्दा २७३ प्रतिशतले बढी हो।

सेमिफाइनलमा हारेका दुई टोली (अष्ट्रेलिया र इङ्ग्ल्याण्ड)ले बराबर १.१२ मिलियन डलर (करिब भारु ९.३ करोड) प्राप्त गरेका छन्। अघिल्लो संस्करणमा यो रकम केवल ३००,००० डलर थियो।

अंक तालिकामा पाँचौं र छैटौं स्थानमा रहेका टोली (श्रीलंका र न्यूजील्याण्ड)ले बराबर ७००,००० डलर (करिब भारु ५.८ करोड) प्राप्त गरे।

यस्तै सातौं र आठौं स्थानमा रहेका टोली (बंगलादेश र पाकिस्तान)ले २८०,००० डलर (करिब भारु २.३ करोड) प्राप्त गरे।

यस प्रतियोगितामा भाग लिन प्रत्येक टोलीलाई २,५०,००० डलर (करिब भारु २ करोड) को छुट्टै ग्यारेन्टी पैसा दिइँदैछ। यति मात्र नभई समूह चरणमा प्रत्येक खेल जितेबापत टोलीहरूले ३४,३१४ डलर (करिब भार। २८ लाख) प्राप्त गर्ने छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ। शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा ...
: विभागीय टोली नेपाल पुलिस क्लब र न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब नवौं केएनपी नेरोलेक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । चार टोलीको सहभागिता रहेको प्रतियोगितामा राउन्ड रोविन लिगमा लगातार दोस्रो जित निकाल्दै पुलिस र न्यु डायमन्ड एक खेल अगावै फाइनलमा पुगेका हुन् । बिहीबार भएका दुवै खेलमा पुलिस र ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम