मुख्य समाचार
काभा यु–१९ च्याम्पियनसिपका लागि श्रीलंका जाने नेपाली राष्ट्रिय महिला यु–१९ भलिबल टोलीको बिदाइ
काभा यु–१९ च्याम्पियनसिपका लागि श्रीलंका जाने नेपाली राष्ट्रिय महिला यु–१९ भलिबल टोलीको बिदाइ

: काभा यु–१९ च्याम्पियनसिपका लागि श्रीलंका जाने नेपाली राष्ट्रिय महिला यु–१९ भलिबल टोलीको बिदाइ गरिएको छ। शनिबार नेपाल भलिबल संघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमका बीच खेलकुदमन्त्री बब्लु गुप्ता र संघका पदाधिकारीले राष्ट्रिय महिला यु–१९ भलिबल टोलीको बिदाइ गरेका हुन्।

बिदाइ कार्यक्रममा मन्त्री गुप्ताले राष्ट्रिय खेलकुद भलिबलको राष्ट्रिय कोर्ट नरहेकाले भलिबल कोर्ट बनाउन जग्गा खोज्ने कामका लागि छलफल भइरहेको जानकारी दिए।


त्यस्तै उनले विभिन्न खेलमा अन्तर्राष्ट्रिय पदक प्राप्त गर्ने खेलाडीलाई राज्यले दिन नगद पुरस्कारमा लाग्ने २५ प्रतिशत कर हटाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी भइरहेको बताए।


खेलकुद विकास कोषमा कम्पनीहरूले आफ्नो सिएसआरबाट १ प्रतिशत अनिवार्य योगदान गर्नुपर्ने प्रस्ताव समेत अर्थ मन्त्रालयले आगामी मन्त्रिपरिषद्मा लैजाने उनले उल्लेख गरे।

त्यस्तै उनले सबै खेलका खेलाडीहरूलाई परिचय पत्र वितरण गर्ने तयारी समेत आफूले गरेको बताए।

नेपाली राष्ट्रिय महिला यु–१९ भलिबल टोलीले जेनिशा विश्वकर्माको कप्तानीमा कार्तिक १८ देखि २३ सम्म श्रीलंकाको कोलम्बोमा काभा यु–१९ च्याम्पियनसिप खेल्ने छ। नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गर्ने भलिवल संघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाईनलमा काजखस्तानलाई ३-१ सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो । इरानले पहिलो सेट २५-१८ ले जित्दै खेलमा अग्रता बनाएको थियो । काजखस्तानले दोस्रो सेट २५-१९ ले जितेर खेलमा पुनरागमन गरेको थियो । तेस्रो सेट इरानले २५-१५ ...
: एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको विदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरेको हो । सिंगापुरमा ३१ मेदेखि एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका सुरु हुँदैछ । छनोट प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, मलेसिया र ...
: काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गतको पहिलो सेमीफाइनलमा भारतलाई ३–० सोझो सेटमा हराउँदै काजकिस्तान फाइनल प्रवेश गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा काजकिस्तानले भारतलाई २५–२१, २५–१७, २५–१४ ले हराएको हो । समूह ‘ए’ को विजेताको रूपमा सेमीफाइनल खेलेको भारत समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल खेलेको ...
— जियान फिलिपे मेटाटेले गरेको एक माक्र गोलको मदतले त्रिस्टल प्यालेसले रायो भालेकानोलाई १–० ले पराजित गर्दै बुधबार यूईएफए कन्फ्रेन्स लिगको उपाधि जितेको छ । जर्मनको लाइपजिगमा भएको खेलमा मेटाटेले ५१ औं मिनेटमा गोल गरे । इंग्लिस प्रिमियर लिग क्लब प्यालेसले युरोपेली उपाधि जितेको यो पहिलो पटक हो । यस उपाधिसँगै प्रशिक्षक ओलिभर ग्लासनेरले क्लबबाट पनि ...
— कप्तान इन्दु बर्माले अविजित ४२ रन बनाएपछि नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटमा बिहीबार इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको छ । लगातार दोस्रो खेल जितेपछि नेपाल समूह ‘बी’ को विजेता बनेको छ । नेपालले सेमिफाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । अर्को सेमिफाइनल समूह ‘ए’ को विजेता थाइल्यान्ड र चीनबीच हुनेछ । शीर्ष ...