मुख्य समाचार
काभा यु–१९ च्याम्पियनसिपका लागि श्रीलंका जाने नेपाली राष्ट्रिय महिला यु–१९ भलिबल टोलीको बिदाइ
काभा यु–१९ च्याम्पियनसिपका लागि श्रीलंका जाने नेपाली राष्ट्रिय महिला यु–१९ भलिबल टोलीको बिदाइ

: काभा यु–१९ च्याम्पियनसिपका लागि श्रीलंका जाने नेपाली राष्ट्रिय महिला यु–१९ भलिबल टोलीको बिदाइ गरिएको छ। शनिबार नेपाल भलिबल संघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमका बीच खेलकुदमन्त्री बब्लु गुप्ता र संघका पदाधिकारीले राष्ट्रिय महिला यु–१९ भलिबल टोलीको बिदाइ गरेका हुन्।

बिदाइ कार्यक्रममा मन्त्री गुप्ताले राष्ट्रिय खेलकुद भलिबलको राष्ट्रिय कोर्ट नरहेकाले भलिबल कोर्ट बनाउन जग्गा खोज्ने कामका लागि छलफल भइरहेको जानकारी दिए।


त्यस्तै उनले विभिन्न खेलमा अन्तर्राष्ट्रिय पदक प्राप्त गर्ने खेलाडीलाई राज्यले दिन नगद पुरस्कारमा लाग्ने २५ प्रतिशत कर हटाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी भइरहेको बताए।


खेलकुद विकास कोषमा कम्पनीहरूले आफ्नो सिएसआरबाट १ प्रतिशत अनिवार्य योगदान गर्नुपर्ने प्रस्ताव समेत अर्थ मन्त्रालयले आगामी मन्त्रिपरिषद्मा लैजाने उनले उल्लेख गरे।

त्यस्तै उनले सबै खेलका खेलाडीहरूलाई परिचय पत्र वितरण गर्ने तयारी समेत आफूले गरेको बताए।

नेपाली राष्ट्रिय महिला यु–१९ भलिबल टोलीले जेनिशा विश्वकर्माको कप्तानीमा कार्तिक १८ देखि २३ सम्म श्रीलंकाको कोलम्बोमा काभा यु–१९ च्याम्पियनसिप खेल्ने छ। नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गर्ने भलिवल संघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— पाकिस्तानी क्रिकेटर बाबर आजमले ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा भारतीय हिटर रोहित शर्माको रेकर्ड तोडेका छन् । बाबर ट्वान्टी–ट्वान्टीमा सर्वाधिक रन बनाउने खेलाडीमध्ये पहिलो नम्बरमा पुगेका छन् । उनले यो रेकर्ड दक्षिण अफ्रिकाविरुद्ध खेलिएको ट्वान्टी–ट्वान्टी प्रतिस्पर्धामा बनाएका हुन् । लाहौरको गद्दाफी स्टेडियममा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिका १९ दशमलव २ ओभरमा मात्र ११० रन बनाउँदै अलआउट भएको ...
— सेरहोउ गुइरसीले पहिलो हाफमा गरेको गोल निर्णायक सावित भएपछि बोरुसिया डर्टमुन्डले शनिबार राति जर्मन बुंडेसलिगामा असबर्गलाई १–० हराएको छ । गुइरसले ३७ औं मिनेटमा एक मात्र गोल गरेका हुन् । यस नतिजासँगै डर्टमुन्डले शीर्ष स्थानमा रहेको बायर्न म्युनिकसँगको दूरी चार अंकमा छोट्याएको छ । यो जितपछि डर्टमुन्डको नौ खेलबाट २० अंक भएको छ । बायर्न आठ ...
— दक्षिण अफ्रिकी क्रिकेट हस्ती फाफ डु प्लेसिसले विराटनगर किंग्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण खेल्ने भएका छन् । एनपीएलको फ्रेन्चाइज टोली विराटनगरले शुक्रबार उनलाई आवद्ध गरेको जनाएको हो । दोस्रो सिजनको एनपीएल मंसिर १ देखि सुरु हुँदै छ । डु प्लेसिसले दोस्रो हाफमात्र आएर खेल्ने विराटनगर किंग्सका निर्देशक दीपेन्द्र चौधरीले बताए । अबुधाबी ...
: आइसीसी महिला क्रिकेट विश्वकप २०२५ को फाइनलमा भारत र दक्षिण अफ्रिकाबीच आइतबार प्रतिस्पर्धा हुनेछ। खेल नेपाली समय अनुसार अनुसार दिउँसो ३:१५ बजे नवी मुम्बईस्थित डीवाई पाटिल स्पोर्ट्स एकेडेमीमा हुनेछ। भारत र दक्षिण अफ्रिका दुवैले अहिलेसम्म महिला विश्वकप जितेका छैनन्। यो विजेता टोलीको लागि ऐतिहासिक क्षण हुनेछ। उपाधि भिडन्त रोमाञ्चक हुने सम्भावना छ। यस ...
: काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनका लागि चौथो विदेशी खेलाडीको रुपमा बेन चार्ल्सवर्थलाई लिएको छ। देव्रे हातले ब्याटिङ र दाहिने हातले बलिङ गर्ने २४ वर्षे अलराउन्डर चार्ल्सवर्थले ग्लोसेस्टरसायरबाट इंग्लिस काउन्टी खेल्दै आएका छन्। काठमान्डु गोर्खाजले यसअघि इंग्ल्यान्डमा खेल्दै आएका दक्षिण अफ्रिकाका विकेटकिपर–ब्याटर रिकार्डो भास्कोनेसेलोस, नामिबियाका कप्तान जेरहार्ड इरसमस र अमेरिकी ब्याटर मिलिन्द कुमारलाई ...