मुख्य समाचार
तत्काल पार्टी एकता नभए फागुन २१ गतेको चुनाव नहुन पनि सक्ने दाबी
तत्काल पार्टी एकता नभए फागुन २१ गतेको चुनाव नहुन पनि सक्ने दाबी

: नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकताका लागि सैद्धान्तिक र नीतिगत विषयमा टुंगो लागेको बताएको छ।

पार्टी प्रवक्त अग्नि सापकोटाले एकीकृत समाजवादी, महेन्द्रराय यादवको नेसपा, एमालेबाट विद्रोह गरेका प्रेमबहादुर सिंह, राजु कार्कीको नेकपा समाजवादी, सुवास काफ्लेको जनसमाजवादी पार्टीसँग छिट्टै एकता घोषणा हुने बताए। यद्यपि एकताका लागि प्राविधिक कुरा टुंगिन बाँकी रहेको उनले बताए।


उनले तत्काल पार्टी एकता नभए फागुन २१ गतेको चुनाव नहुन पनि सक्ने दाबी गरे। 'एकता ढिला गर्नु हुँदैन। किनकिन राष्ट्र झन् झन् अराजकता र संकटतिर गइरहेको छ। तत्काल पार्टी एकता गरेर पहलकदमी नलिए फागुन २१ को चुनाव पनि हुने सम्भावना छैन,' उनले भने।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गुल्मीको मालिका गाउँपालिका–३ म्यालमा छोराले आफ्नै बुवाको हत्या गरेका छन् । २३ वर्षीय भोटबहादुर बिकले शनिबार दिउँसो बुवा र आमामाथि धारिलो हतियार प्रहार गरेका थिए । बुवाको मृत्यु भएको छ भने आमा सख्त घाइते भएको प्रहरीले जनाएको छ । बिकले करिब ५० वर्षीय बुवा धनबहादुर बिक र आमा ४८ वर्षीया दिलमाया बिकलाई हसिया र काठको मुंग्रोले ...
। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीले घर फर्कन गरेको आह्वानबारे टिप्पणी गरेका छन् । सुकेधारामा आयोजित आफू पक्षीय छुट्टै भेलामा पुगेका खनाललाई सञ्चारकर्मीले ओलीले गरेको आह्वानबारे प्रश्न गरेका थिए । एकीकृत समाजवादी फुट्ने भएपछि ओलीले शुक्रबार साँझ पार्टी छाडेकाहरूलाई घर फर्कन आह्वान गरेका थिए । ओलीको उक्त आह्वानबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा ...
। धनुषामा यात्रुबाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा एकै परिवारका तीन सदस्यसहित चार जनाको मृत्यु भएको छ । अन्य दुईजना बालबालिका गम्भीर घाइते भएका छन् । विराटनगरबाट धनगढी जाँदै गरेको सु.प्र ०१–००१ ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ह १२३० नम्बरको अटोलाई शनिबार साँझ ठक्कर दिएको थियो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान ...
। नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्र गम्भीर संकटमा परेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा शनिबार आयोजित शहीद प्रतिष्ठान नेपालको साधारण सभा सम्बोधन गर्दै उनले अहिलेको समय ‘साम्राज्यवाद र समाजवादी क्रान्तिबीचको टक्करको चरण’ भएको बताए । शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने जिम्मेवारी अझै अधुरो रहेको उल्लेख गर्दै प्रचण्डले त्यसका ...
। नेपाली कांग्रेसमा पार्टीको १५औं महाधिवेशनको मितिबारे विवाद चुलिएको छ । विवाद मत्थर पार्ने प्रयास स्वरूप कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक आइतबारसम्मका लागि स्थगित गरेको छ । दलीय सरकार च्युत गराएको जेनजी आन्दोलनपछि सिर्जना भएको राजनीतिक परिस्थितिका बीच सुरू भएको कांग्रेस बैठकलाई चासोका साथ हेरिएको छ । जेनजी आन्दोलका क्रममा भएको सांघातिक आक्रमणपछि सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर ...