मुख्य समाचार
चुनावमा सुरुबाटै सेना परिचालन गर्न आयोगको सुझाव
चुनावमा सुरुबाटै सेना परिचालन गर्न आयोगको सुझाव

— आसन्न निर्वाचनको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सुरुदेखि नै सेना परिचालन गर्न निर्वाचन आयोगले सरकारलाई सुझाव दिने भएको छ ।


यसअघि निर्वाचनको एक/दुई साता अगाडिबाट मात्र सेना परिचालन गरिन्थ्यो । यसपटक प्रारम्भदेखि नै प्रहरी, सशस्त्र र सेनालाई एकीकृत ढंगले परिचालन गर्नुपर्ने अवस्था रहेको आयोगले जनाएको छ ।

सुरक्षा निकायका अधिकारीहरू र आयोग पदाधिकारीबीच शुक्रबार बसेको बैठकमा मतदाता, राजनीतिक दल र कर्मचारीलाई सुरक्षा बन्दोबस्तीप्रति आश्वस्त तुल्याउन छिट्टै एकीकृत सुरक्षा योजना लागू गरिनुपर्ने सुझाव आएको हो । आयोगले पनि सुरक्षाको पहिलो पंक्तिमा उभिने प्रहरीलाई सहयोग पुग्ने गरी सुरुवातदेखि नै सशस्त्र र सेना परिचालन गर्नुपर्ने धारणा राखेको थियो ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बैठकमा मतदानपूर्व, मतदानको अवधि र मतदानपश्चात् सबै सुरक्षा निकाय समन्वयात्मक ढंगले परिचालन हुने गरी कार्ययोजना तयार पार्न सुझाए । सुरक्षा प्रबन्धका लागि नीतिगत एवं व्यवस्थापकीय सहजीकरण आयोगको उच्च प्राथमिकतामा रहेको उनको भनाइ थियो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्ने गरी सुरक्षा प्रबन्ध मिलाउन सुरक्षा निकायले योजनाबद्ध कार्य प्रारम्भ गरिसकेका छन् ।

२३ र २४ भदौको प्रदर्शनका कारण प्रहरीको मनोबल कमजोर भएको विश्लेषण गर्दै बैठकमा सशस्त्र र सेनालाई पनि एकीकृत रूपमा सुरुवातबाटै फिल्डमा उतार्नुपर्ने समान धारणा बनेको हो । निर्वाचन आयुक्त सगुनशमशेर जबराले नागरिकको सुरक्षाप्रति आत्मविश्वास बढाउन तथा सुरक्षा निकायमा एकअर्कामा भरोसा दिलाउन सक्दो छिटो एकीकृत सुरक्षा योजना बनाएर कार्यान्वयनमा ल्याउन सरकारलाई आग्रह गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गुल्मीको मालिका गाउँपालिका–३ म्यालमा छोराले आफ्नै बुवाको हत्या गरेका छन् । २३ वर्षीय भोटबहादुर बिकले शनिबार दिउँसो बुवा र आमामाथि धारिलो हतियार प्रहार गरेका थिए । बुवाको मृत्यु भएको छ भने आमा सख्त घाइते भएको प्रहरीले जनाएको छ । बिकले करिब ५० वर्षीय बुवा धनबहादुर बिक र आमा ४८ वर्षीया दिलमाया बिकलाई हसिया र काठको मुंग्रोले ...
। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीले घर फर्कन गरेको आह्वानबारे टिप्पणी गरेका छन् । सुकेधारामा आयोजित आफू पक्षीय छुट्टै भेलामा पुगेका खनाललाई सञ्चारकर्मीले ओलीले गरेको आह्वानबारे प्रश्न गरेका थिए । एकीकृत समाजवादी फुट्ने भएपछि ओलीले शुक्रबार साँझ पार्टी छाडेकाहरूलाई घर फर्कन आह्वान गरेका थिए । ओलीको उक्त आह्वानबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा ...
। धनुषामा यात्रुबाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा एकै परिवारका तीन सदस्यसहित चार जनाको मृत्यु भएको छ । अन्य दुईजना बालबालिका गम्भीर घाइते भएका छन् । विराटनगरबाट धनगढी जाँदै गरेको सु.प्र ०१–००१ ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ह १२३० नम्बरको अटोलाई शनिबार साँझ ठक्कर दिएको थियो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान ...
। नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्र गम्भीर संकटमा परेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा शनिबार आयोजित शहीद प्रतिष्ठान नेपालको साधारण सभा सम्बोधन गर्दै उनले अहिलेको समय ‘साम्राज्यवाद र समाजवादी क्रान्तिबीचको टक्करको चरण’ भएको बताए । शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने जिम्मेवारी अझै अधुरो रहेको उल्लेख गर्दै प्रचण्डले त्यसका ...
। नेपाली कांग्रेसमा पार्टीको १५औं महाधिवेशनको मितिबारे विवाद चुलिएको छ । विवाद मत्थर पार्ने प्रयास स्वरूप कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक आइतबारसम्मका लागि स्थगित गरेको छ । दलीय सरकार च्युत गराएको जेनजी आन्दोलनपछि सिर्जना भएको राजनीतिक परिस्थितिका बीच सुरू भएको कांग्रेस बैठकलाई चासोका साथ हेरिएको छ । जेनजी आन्दोलका क्रममा भएको सांघातिक आक्रमणपछि सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर ...