मुख्य समाचार
वर्षाका कारण बीपी राजमार्गको विभिन्न सडक खण्ड अवरुद्ध
वर्षाका कारण बीपी राजमार्गको विभिन्न सडक खण्ड अवरुद्ध

— वर्षाका कारण बीपी राजमार्गको विभिन्न सडक खण्ड अवरुद्ध भएको छ ।


कात्तिक १३ गतेदेखिको वर्षाका कारण राजमार्गअन्तर्गत चौकीडाँडा, डालाबेसी, नार्के, चारसय बेसी, घुमाउने लगायतका स्थानमा लेदो सहितको पहिरो खसेर सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए ।

उनका अनुसार, वर्षाका कारण राजमार्गको विभिन्न स्थानमा ढुङ्गा खस्ने, लेदो सहितको पहिरो झर्दा शुक्रबार बिहानदेखि नै राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । निरन्तर वर्षा भइरहेकाले सडक अवरोध हटाई सडक खुल्न समय लाग्ने उनले बताए । यात्रा गर्दा सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गुल्मीको मालिका गाउँपालिका–३ म्यालमा छोराले आफ्नै बुवाको हत्या गरेका छन् । २३ वर्षीय भोटबहादुर बिकले शनिबार दिउँसो बुवा र आमामाथि धारिलो हतियार प्रहार गरेका थिए । बुवाको मृत्यु भएको छ भने आमा सख्त घाइते भएको प्रहरीले जनाएको छ । बिकले करिब ५० वर्षीय बुवा धनबहादुर बिक र आमा ४८ वर्षीया दिलमाया बिकलाई हसिया र काठको मुंग्रोले ...
। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीले घर फर्कन गरेको आह्वानबारे टिप्पणी गरेका छन् । सुकेधारामा आयोजित आफू पक्षीय छुट्टै भेलामा पुगेका खनाललाई सञ्चारकर्मीले ओलीले गरेको आह्वानबारे प्रश्न गरेका थिए । एकीकृत समाजवादी फुट्ने भएपछि ओलीले शुक्रबार साँझ पार्टी छाडेकाहरूलाई घर फर्कन आह्वान गरेका थिए । ओलीको उक्त आह्वानबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा ...
। धनुषामा यात्रुबाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा एकै परिवारका तीन सदस्यसहित चार जनाको मृत्यु भएको छ । अन्य दुईजना बालबालिका गम्भीर घाइते भएका छन् । विराटनगरबाट धनगढी जाँदै गरेको सु.प्र ०१–००१ ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ह १२३० नम्बरको अटोलाई शनिबार साँझ ठक्कर दिएको थियो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान ...
। नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्र गम्भीर संकटमा परेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा शनिबार आयोजित शहीद प्रतिष्ठान नेपालको साधारण सभा सम्बोधन गर्दै उनले अहिलेको समय ‘साम्राज्यवाद र समाजवादी क्रान्तिबीचको टक्करको चरण’ भएको बताए । शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने जिम्मेवारी अझै अधुरो रहेको उल्लेख गर्दै प्रचण्डले त्यसका ...
। नेपाली कांग्रेसमा पार्टीको १५औं महाधिवेशनको मितिबारे विवाद चुलिएको छ । विवाद मत्थर पार्ने प्रयास स्वरूप कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक आइतबारसम्मका लागि स्थगित गरेको छ । दलीय सरकार च्युत गराएको जेनजी आन्दोलनपछि सिर्जना भएको राजनीतिक परिस्थितिका बीच सुरू भएको कांग्रेस बैठकलाई चासोका साथ हेरिएको छ । जेनजी आन्दोलका क्रममा भएको सांघातिक आक्रमणपछि सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर ...