मुख्य समाचार
सातै प्रदेशका मुख्यमन्त्रीसहितको बैठक आह्वान
सातै प्रदेशका मुख्यमन्त्रीसहितको बैठक आह्वान

। प्रधानमन्त्री सुशीला कार्कीले आज सातै प्रदेशका मुख्यमन्त्रीसहितको बैठक आह्वान गरेकी छन् । बैठक आज अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

प्रधानमन्त्री कार्कीले परिवर्तित अवस्थामा संघ र प्रदेश सरकारबीच संवाद गर्न र सहकार्य थप सघन बनाउनका लागि बैठक आह्वान गरेको उनको सचिवालयले जनाएको छ ।

बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई निम्तो दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रुपन्देहीको बुटवलस्थित एक होटलमा आज एक पुरुषको शंकास्पद मृत्यु भएको छ । बुटवल मिलन चोकस्थित न्यू अर्घाखाँची लुम्बिनी होटल एन्ड लजमा एक महिलासहित पुगेका बुटवल –६ चाँदबारीका ५६ वर्षीय सतिशकुमार क्षेत्रीको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार, होटलमा आज दिउँसो दुई बच्चासहित पुगेका उनीहरूले होटलको दोस्रो र तेस्रो ...
। नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले नेकपा एकीकृत समाजवादीसँगको एकता तत्काल स्थगन गर्न माग गरेका छन् । पार्टीको महाभिवेशन आयोजन समितिको सचिवालय बैठकमा उनले यस्तो प्रस्ताव राखेका हुन् । सचिवालय बैठक पार्टीको मुख्यालय पेरिसडाँडामा जारी छ । सचिवालय बैठकमा नेता शर्माले भनेका छन्, ‘यो एकता प्रक्रियालाई तत्काल स्थगन गरी पार्टीको समग्र पुनर्गठन, वैचारिक स्पष्टता र जनपक्षीय ...
। नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले नेकपा एकीकृत समाजवादीसँगको एकता दीर्घकालीन दृष्टिले हानिकारक हुन सक्ने बताएका छन् । पार्टीको महाभिवेशन आयोजन समितिको सचिवालय बैठकमा उनले यस्तो बताएका हुन् । सचिवालय बैठक पार्टीको मुख्यालय पेरिसडाँडामा जारी छ । सचिवालय बैठकमा नेता शर्माले भनेका छन्, ‘हतारको एकताले केही नेताहरूको व्यक्तिगत स्वार्थ पूरा गर्न सक्छ, तर आम कम्युनिष्ट आन्दोलनका ...
। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह बेलाबेला आफ्नै अभिव्यक्तिबाट विवादमा तानिरहन्छन् । प्रायः आफ्ना विचार सञ्जालबाटै अभिव्यक्त गर्ने उनले शनिबार मध्यराति एउटा स्टाटस लेखे । अश्लील शब्दसमेत मिसाएर दुई छिमेकी मुलुक चीन र भारतसहित अमेरिका र नेपालका प्रमुख राजनीतिक दलहरूको नाम उनले स्टाटसमा उल्लेख गरेका थिए । उनले अहिले उक्त स्टाटस सञ्जालबाट हटाइसकेका छन् । पोस्ट गरेको ...
। मनास्लु पदमार्गमा ढुंगाले लागेर गम्भीर घाइते भएका पर्यटकको हेलिकप्टरबाट उद्धार गरिएको छ । सामागाउँबाट फर्कने क्रममा बिहीबार बिहान चुमनुब्री गाउँपालिका–५ बिही नजिकै माथिबाट खसेको ढुंगाले लागेर काठमाडौंको टोखा नगरपालिका–६ का ४४ बर्षीय मिनुइन्द्र लम्साल घाइते भएका थिए । उनको टाउँकोमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए । ‘उनीहरूसँग गएका साथीहरूले खबर ...