मुख्य समाचार
लिभरपुलले एस्टन भिल्लामाथि २-० को जित
लिभरपुलले एस्टन भिल्लामाथि २-० को जित

। इंग्लिस प्रिमियर लिगमा लगातार चार हारपछि लिभरपुलले अन्तत: जित हासिल गरेको छ ।

गएराति भएको खेलमा लिभरपुलले एस्टन भिल्लामाथि २-० को जित निकालेको हो । लिभरपुलका लागि मोहमद सालाह र रायन गाभेनबर्कले १-१ गोल गरे ।


खेलको पहिलो हाफको इन्जुरी समयमा सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । ५८औं मिनेटमा गाभेनबर्कले अग्रता दोब्बर पारे ।

जितपछि लिभरपुलको १० खेलमा १८ अंक भएको छ र तेस्रो स्थानमा छ । पराजित भिल्ला १५ अंकसहित ११औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी एएफसी यू–१७ एसियन कप छनोट प्रतियोगिताका लागि नेपाली यू–१७ राष्ट्रिय टिमको आधिकारिक टिम स्टाफ घोषणा गरेको छ। घोषित सूचिअनुसार संजित सिंह टिमका मुख्य प्रशिक्षक नियुक्त भएका छन्। रामचन्द्र थापा मगर र देवकुमार मादेन सहायक प्रशिक्षक रहनेछन्। टिमका अन्य पदाधिकारीमा भरतबहादुर बस्नेत टिम म्यानेजर, प्रविण खाँचे श्रेष्ठ गोलकिपिङ प्रशिक्षक, विनोद ...
। बालगोपाल साहुखल र चेतनकुमार घिमिरे नेपाली पुरुष राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षक नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले आइतबार दुवैलाई नियुक्तिपत्र हस्तान्तरण गरेको हो । आसन्न एएफसी एसियन कप छनोटको मलेसियासँग हुने खेलका लागि सहायक प्रशिक्षक नियुक्त गरिएको हो । यसअघि अष्ट्रेलियन प्रशिक्षक म्याट रोसले राजीनामा दिएपछि एन्फाले हरि खड्कालाई प्रशिक्षक बनाएको थियो ...
। नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्डर दिपा शाहीले पनि साफ महिला क्लब च्याम्पियनसिपमा बंगलादेशको नसरिन स्पोर्ट्स क्लबबाट खेल्ने भएकी छन् । क्लबले बिहीबार सामाजिक सञ्जालमा पोस्ट राख्दै उनलाई च्याम्पियनसिपका लागि अनुबन्ध गरिएको जनाएको हो । यसअघि पूजा राना र समिक्षा घिमिरे पनि नसरिनमा अनुबन्ध भइसकेका छन् । प्रतियोगिता डिसेम्बर ५ देखि सुरु हुनेछ । उद्घाटन खेलमा ...
। इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानको आर्सनलले अग्रता फराकिलो बनाउँदै लगेको छ । शनिबार बेलुका भएको खेलमा बर्नलीलाई २-० ले हराउँदै आर्सनलले आठौं जित निकालेर २५ अंक पुर्‍याएको छ । आर्सनलको जितमा भिक्टोर ग्योकेरेस र डेक्लान राइसले १-१ गोल गरे । १४औं मिनेटमा ग्योकेरेस तथा ३५औं मिनेटमा राइसले गोल गरेका थिए । यो जितपछि आर्सनलको १० खेलमा २५ ...
। न्युजिल्यान्डका स्टार क्रिकेटर केन विलियमसनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। ३५ वर्षीय विलियमसनले ९३ खेल खेल्द न्युजिल्यान्डका लागि दोस्रो सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले ३३ को औसतमा २५७५ रन बनाएका छन् जसमा १८ अर्धशतक छ भने उच्च स्कोर ९३ को छ । कप्तानका रूपमा उनले ७५ खेलमा टोलीलाई नेतृत्व गरे र टोलीलाई दुई ...