। रियल मड्रिडले भ्यालेन्सियामाथि सहज जित निकाल्दै लालिगाको शीर्षस्थानमा ७ अंकको अग्रता बनाएको छ ।
शनिबार राति भएको खेलमा रियलले भ्यालेन्सियामाथि ४-० को जित निकालेको हो । रियलको जितमा किलियन एमबापेले २ गोल गरे भने जुड बेलिङहाम र अल्भारो कारेरासले १-१ गोल गरे ।
१९औं मिनेटमा एमबापेले पेनाल्टीमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ३१औं मिनेटमा पुन: एमबापेले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।
४४औं मिनेटमा बेलिङहामले अर्को गोल थप्दै रियललाई पहिलो हाफमा ३-० ले अगाडि राखे ।
८२औं मिनेटमा अल्भारोले गोल गरेपछि रियलको ४-० को जित पक्का भयो ।
जितपछि रियलको ११ खेलमा ३० अंक भएको छ । दोस्रोमा भिलारियलको २३ अंक छ । भिलारियलले पनि शनिबार रायो भालेकानोलाई ४-० ले हराएको थियो ।
एक खेल कम खेलेको बार्सिलोनाको २२ अंक छ ।