मुख्य समाचार
ट्रम्प प्रशासनको श्रम विभाग (लेबर डिपार्टमेन्ट) ले कम्पनीहरूमाथि एच-वानबी भिसाको दुरुपयोग गरेको आरोप
ट्रम्प प्रशासनको श्रम विभाग (लेबर डिपार्टमेन्ट) ले कम्पनीहरूमाथि एच-वानबी भिसाको दुरुपयोग गरेको आरोप

। ट्रम्प प्रशासनको श्रम विभाग (लेबर डिपार्टमेन्ट) ले कम्पनीहरूमाथि एच-वानबी भिसाको दुरुपयोग गरेको आरोप लगाएको छ।

एक भिडियो सन्देशमा भनिएको छ, कम्पनीहरूले एच-वानबी भिसाको गलत प्रयोग गरी कम तलबमा विदेशी कामदारहरूलाई रोजगारी दिए, यसले अमेरिकी युवाहरूको ‘अमेरिकन ड्रीम’ खोसियो।


भिडियोमा यस किसिमको अनियमितता गर्न दिने राजनीतिक नेतृत्व र कर्मचारीहरूलाई पनि दोषी ठहर गरिएको छ।

ट्रम्प प्रशासनका अनुसार, एच-वानबी भिसा धारकहरूमध्ये सबैभन्दा बढी ७२ प्रतिशत भारतीय छन् भने १२ प्रतिशत चिनियाँ नागरिकहरू छन्।


भिडियोमा अमेरिकी राष्ट्रपति र श्रम मन्त्री लोरी चाभेज-डर्मरको नेतृत्वमा कम्पनीहरूलाई भिसाको दुरुपयोगका लागि जवाफदेही बनाइने र अमेरिकी जनताका लागि अमेरिकन ड्रीम फर्काइने बताएका छन्।

के हो भिडियोमा उल्लेख ‘प्रोजेक्ट फायरवाल’ ?

विभागको ५१ सेकेन्ड लामो भिडियोमा सन् १९५० को दशकका सुखी परिवार र घरहरूको फुटेज देखाइएको छ र ‘प्रोजेक्ट फायरवाल’ नामक कार्यक्रमको चर्चा गरिएको छ।

‘प्रोजेक्ट फायरवाल’ मार्फत कम्पनीहरूलाई एच-वानबी भिसाको दुरुपयोगका लागि जिम्मेवार ठहराउने र भर्ती प्रक्रियामा अमेरिकीहरूलाई प्राथमिकता दिई अमेरिकन ड्रीम फिर्ता ल्याउने लक्ष्य छ।

श्रम विभागले सेप्टेम्बर २०२५ मा ‘प्रोजेक्ट फायरवाल’ सुरु गरेको थियो। यो कार्यक्रम एच-वानबी भिसामा कडा निगरानी राख्नको लागि डिजाइन गरिएको हो, जसको मुख्य उद्देश्य अमेरिकी कामदारहरूको अधिकार, तलब र रोजगारीका अवसरहरू सुरक्षित गर्नु हो।

अब के हुन्छ ?

नयाँ व्यवस्था अनुसार, कम्पनीहरूले विदेशी कामदारहरूलाई भर्ना गर्नुअघि अमेरिकीहरूलाई प्राथमिकता दिनुपर्छ।

परियोजना अन्तर्गत कम्पनीहरूको जाँच गरिनेछ र गडबडी भेटिएमा प्रभावित कामदारहरूलाई बक्यौता तलब तिराउने, सिभिल जरिवाना लगाउने र निश्चित समयका लागि एच-वानबी कार्यक्रमबाट निकाल्ने प्रावधान छ।

एच-वानबी भिसा शुल्क १ करोड ४० लाख रुपैयाँ पुग्यो

Screenshot of a video shared by the US Labour Department highlighting countries with the most H1B visa approvals.

अमेरिकी सरकारले गत महिना एच-वानबी भिसाको शुल्क बढाएर एक लाख डलर (लगभग १ करोड ४० लाख नेपाली रुपैयाँ) पुर्‍याउने निर्णय गरेको छ।

व्हाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटका अनुसार यो बढेको शुल्क एक पटकका लागि मात्र हुनेछ र आवेदन दिने बेला तिर्नुपर्नेछ।

यो शुल्क सेप्टेम्बर २१, २०२५ देखि लागू भइसकेको छ । यसको मुख्य उद्देश्य विदेशी कामदारहरूमाथिको निर्भरता कम गर्नु हो।

यो नियम नयाँ भिसा धारकहरूलाई मात्र लागू हुनेछ, पुराना एच-वानबी भिसा होल्डरहरूलाई होइन। त्यस्तै, यसअघि एच-वानबी भिसा शुल्क लगभग पौने ९ देखि १० लाख रुपैयाँ लाग्थ्यो, जुन ३ वर्षका लागि मान्य हुन्थ्यो र नवीकरण गर्दा थप ३ वर्षका लागि सोही शुल्क लाग्थ्यो। यसरी ६ वर्ष अमेरिकामा बस्नको लागि कुल खर्च करिब १७ लाखदेखि २० लाख रुपैयाँ पर्थ्यो।

अमेरिकन ड्रीम: योग्यता र मेहनतमा आधारित अवसर

अमेरिकन ड्रीमको अर्थ एक यस्तो देश बनाउनु हो जहाँ मेहनत गर्ने हरेक व्यक्तिले आफ्नो जीवन सुधार्न सक्छ, चाहे ऊ धनी होस् वा गरीब। यसले सबैलाई समान अवसर दिने, स्वतन्त्रता र सफलताको सपनालाई जनाउँछ।

सन् १७७६ मा अमेरिकाका संस्थापकहरूले सबै मानिस बराबर जन्मिएका हुन्छन् र सबैलाई बाँच्ने, स्वतन्त्रता र खुशी खोज्ने अधिकार रहेको घोषणा गरेका थिए।

सन् १९३१ मा लेखक जेम्स एडम्सले आफ्नो पुस्तकमा यसलाई अमेरिकन ड्रीम नाम दिएका थिए। उनले यो सपना केवल गाडी र धेरै पैसा कमाउनुमा सीमित नभई हरेक युवाले आफ्नो सम्पूर्ण क्षमता हासिल गर्न सक्ने अवस्था हो भनी उल्लेख गरेका थिए, जहाँ सम्मान जन्म वा परिवारका कारणले नभई आफ्नै मेहनत र योग्यताले प्राप्त हुन्छ।

यसैबीच, फ्लोरिडाका गभर्नर रन डेसेन्टिसले गत बुधबार राज्यका विश्वविद्यालयहरूलाई एच-वानबी भिसामा विदेशी कामदारहरूलाई रोजगारी नदिन आदेश दिएका छन्। यसको सट्टा अमेरिकीहरूलाई प्राथमिकता दिइनेछ।

डेसेन्टिसले देशका विश्वविद्यालयहरूले योग्य र उपलब्ध अमेरिकीहरूको सट्टा एच-वानबी भिसामा विदेशी कामदारहरूलाई भर्ना गरिरहेको बताए। उनले फ्लोरिडामा एच-वानबी को दुरुपयोग सहन नगरिने भन्दै राज्यको बोर्ड अफ गभर्नर्सलाई यो अभ्यास बन्द गर्न निर्देशन दिएका छन्।

उनले विश्वविद्यालयहरूले योग्य अमेरिकीहरू नभेटेमा आफ्ना पाठ्यक्रमहरूको समीक्षा गर्नुपर्ने सुझाव दिए, ताकि उनीहरूका स्नातकहरू यी जागिरहरूका लागि योग्य बन्न सकून्।

फ्लोरिडामा करिब ७,२०० एच-वानबी भिसा धारकहरू छन्, जसमध्ये धेरै निजी कम्पनीहरूमा भए पनि विश्वविद्यालयहरूमा पनि यसको प्रयोग हुने गरेको थियो।

– एजेन्सीहरूको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकाले ‘डाइभर्सिटी इमिग्रेन्ट भिसा (डीभी) लटरी’ कार्यक्रम स्थगित गरेको छ। गृह सुरक्षा मन्त्री क्रिस्टी नोएमले बिहीबार राति राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा डीभी-१ स्थगित गरिएको जानकारी दिएकी छन्। ब्राउन विश्वविद्यालयमा भएको सामूहिक गोलीकाण्डपछि उक्त कार्यक्रम रोक्न संयुक्त राज्य नागरिकता तथा आप्रवासन सेवालाई आदेश दिएको उनको भनाइ छ। 'राष्ट्रपति ट्रम्पको निर्देशनअनुसार यो विनाशकारी कार्यक्रमबाट थप कुनै अमेरिकी ...
: युरोपेली संघका नेताहरूले युक्रेनलाई ९० अर्ब युरो ऋण उपलब्ध गराउन सहमत भएका छन्। यसअघि,युरोपेली नेताहरूले युद्धका कारण फ्रिज गरिएका रूसी सम्पत्तिहरू प्रयोग गर्ने कि नगर्ने भन्ने बारेमा छलफल गरेका थिए। नेताहरूले यो सम्झौताले आगामी दुई वर्षको लागि युक्रेनको सैन्य र आर्थिक आवश्यकताहरू पूरा गर्ने बताएका छन्। ब्रसेल्समा भएको शिखर सम्मेलनमा एक दिनभन्दा बढी समयको वार्तापछि ...
: बंगलादेशी विद्यार्थी नेता शरीफ उस्मान हादीको मृत्युपछि बंगलादेशमा पुनः हिंसात्मक अवस्था सिर्जना भएको छ। राजधानी ढाकाका विभिन्न क्षेत्रमा विरोध प्रदर्शनसँगै तोडफोड र आगजनीका घटनाहरू भएका छन्। बीबीसी बंगलाका अनुसार हादीको मृत्युपछि ढाकाको धनमन्डी,शाहबागलगायत क्षेत्रहरूमा प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्। उनीहरूले सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड गर्नुका साथै आगजनीसमेत गरेका छन्। यसैबीच,बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले ...
— बंगलादेशमा लोकप्रिय विद्यार्थी नेताको निधनपछि प्रदर्शन चर्किएको छ। परिस्थिति नियन्त्रणबाहिर पुगेपछि शुक्रबार प्रहरी तथा अर्धसैन्य दस्तालाई ढाकासहित विभिन्न क्षेत्रमा परिचालन गरिएको छ। बिहीबार राति देशभर हिंसा, तोडफोड तथा आगजनीका घटना भएका थिए। दुई लोकप्रिय सञ्चारमाध्यम प्रोथोम आलो र डेली स्टार को कार्यालयमा पनि प्रदर्शनकारीले निशाना साँधेका छन्। आगामी फेब्रुअरी १२ मा बंगलादेशमा आम चुनाव हुने तय ...
— अमेरिकी सुरक्षा प्रमुख क्रिस्टी नोमले बिहीबार ब्राउन युनिभर्सिटीमा सामूहिक गोलीबारीमा संदिग्ध क्लाउडियो नेभेस भ्यालेन्टेले प्रयोग गरेको भन्दै ग्रिन कार्ड लटरी निलम्बन गर्ने आदेश दिएका छन् । पोर्चुगलका नागरिक नेभेस भ्यालेन्टे माथि डिसेम्बर– १३ मा आइभी लिग स्कुलको भवनमा आक्रमण गरी परीक्षामा बसेका विद्यार्थी माथि गोली चलाएको आरोप लगाइएको छ । जसमा दुई जनाको मृत्यु भएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम