मुख्य समाचार
झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीले घर फर्कन गरेको आह्वानबारे टिप्पणी
झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीले घर फर्कन गरेको आह्वानबारे टिप्पणी

। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीले घर फर्कन गरेको आह्वानबारे टिप्पणी गरेका छन् ।

सुकेधारामा आयोजित आफू पक्षीय छुट्टै भेलामा पुगेका खनाललाई सञ्चारकर्मीले ओलीले गरेको आह्वानबारे प्रश्न गरेका थिए ।


एकीकृत समाजवादी फुट्ने भएपछि ओलीले शुक्रबार साँझ पार्टी छाडेकाहरूलाई घर फर्कन आह्वान गरेका थिए ।

ओलीको उक्त आह्वानबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा ठट्यौली जवाफ दिँदै खनालले भने, ‘हामी कोही पनि वनमा छैनौं । घरमै छौं ।’


खनालले घर फर्कनका लागि ढोका राम्रोसँग खोल्नुपर्ने र बस्ने ठाउँहरू समेत राम्रो बनाउनुपर्ने बताए ।

खनालले एमालेमा फर्कन ओलीले गरेको आह्वानलाई सकारात्मक रुपमा लिँदै त्यसका लागि ४ वटा शर्त समेत अघि सारेका थिए ।

उनले ती शर्ततर्फ इंकित गर्दै यस्तो बताएका हुन् । ‘ढोका राम्रोसँग उदांगो पारेर खोल्नुपर्‍यो । बस्ने ठाउँहरू राम्रोसँग बनाउनुपर्‍यो । त्यो भयो भने फर्कने के समस्या भयो र ?,’ उनले भने ।

माओवादी केन्द्रसँग एकता गर्ने निर्णय पार्टीले गरेपछि खनाल असन्तुष्ट बनेका थिए । उनले कम्युनिष्ट एकता बेला बेलामा टुक्राटुक्रा भएको र सिंगो हुनका लागि टुक्रा भएको जिकिर गरे ।

‘कहिलेकाहीँ टुक्रा भएपछि सिंगो हुन्छ । यो सिंगै हुनका लागि टुक्रा भएको हो । पुनर्गठन, गठन त्यो त एउटा प्रक्रिया हुन्छ,’ खनालले भने, ‘हामी छलफल गर्नका लागि आजको छलफल गरेका हौं । कम्युनिष्ट आन्दोलनलाई व्यापक एकतामा पुर्‍याउनका लागि यो छलफल हो ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। यातायात व्यवस्था विभागको सर्भर आंशिक चलेको छ । विभागका अनुसार आइतबारदेखि ईडीएलभीआरएस सर्भर सञ्चालनमा आएको छ । अब लाइसेन्स नवीकरण तथा लाइसेन्स ‘भेरिफिकेसन’ सेवा सुचारु भएको विभागले जनाएको छ । अन्य सेवा भने applydlnew.dotm.gov.np वेबसाइट सञ्चालनमा आएपछि मात्र सुचारु हुने समेत विभागले जनाएको छ । २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा विभागमा ठूलो क्षति भएको थियो ...
। काठमाडौंको माइतीघरमा प्रदर्शन गर्न पुगेका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखक लगायतलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गर्न पुगेकाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जेनजी आन्दोलनको घटनामा ओली र लेखकसहित काठमाडौंका तत्कालीन सीडीओ छवि रिजालसमेतलाई पक्राउ गर्नुपर्ने भन्दै केही युवाहरू प्रदर्शनमा उत्रिएका थिए । माइतीघर क्षेत्रमा ...
। धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आधिकारिकता पाएको छ । सो पार्टीका अध्यक्ष हर्क साम्पाङ आज निर्वाचन आयोग पुगेर दल दर्ताको प्रमाणपत्र लिएका छन् । साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको चुनाव चिह्न माटो राखिएको छ । सो पार्टीमा २८ जना केन्द्रीय सदस्य र पाँच जना पदाधिकारी छन् । उपाध्यक्षमा देवराज लामा, महासचिवमा आर्यन राई, ...
। नेपाली सेनाको उपरथी दर्जामा बढुवा भएका दुई अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । सहायक रथीबाट उपरथीमा बढुवा भएका हिम्मतबहादुर विष्ट र विष्णुकुमार खड्कालाई आइतबार प्रधानसेनापति अशोक राज सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । सैनिक मुख्यालय जंगी अड्डामा भएको कार्यक्रममा उनीहका साथै पाँच प्र्रमुख सेनानीलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
। काठमाडौं उपत्यकाको फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइटमा विसर्जन गर्न पाँच दिनदेखि भइरहेको अवरोध अन्तत: हटेको छ । सडकमै अलपत्र र काठमाडौंमा फोहोर लोड भएका गाडी अवरोध हटेपछि ल्यान्डफिल साइटतर्फ गएका छन् । सहरी विकासमन्त्री कुलमान घिसिङले बन्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीयले राखेका माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि अवरोध खुलेको हो । फोहोर विसर्जनमा स्थानीयले अवरोध गरेपछि समस्या समाधानका ...