मुख्य समाचार
न्युजिल्यान्डका स्टार क्रिकेटर केन विलियमसनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्
न्युजिल्यान्डका स्टार क्रिकेटर केन विलियमसनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्

। न्युजिल्यान्डका स्टार क्रिकेटर केन विलियमसनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्।

३५ वर्षीय विलियमसनले ९३ खेल खेल्द न्युजिल्यान्डका लागि दोस्रो सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले ३३ को औसतमा २५७५ रन बनाएका छन् जसमा १८ अर्धशतक छ भने उच्च स्कोर ९३ को छ ।

कप्तानका रूपमा उनले ७५ खेलमा टोलीलाई नेतृत्व गरे र टोलीलाई दुई पटक टी–२० विश्वकप सेमिफाइनल (२०१६, २०२२) र एक पटक फाइनल (२०२१) सम्म पुर्‍याए।

‘यो सही समय हो मेरो र टोली दुवैका लागि’ विलियमसनले भने, ‘अब नयाँ प्रतिभाहरूका लागि मौका छ। सान्टनर उत्कृष्ट कप्तान हुन् र म टाढाबाट समर्थन गर्नेछु।’

विलियमसन अब नोर्दर्न डिस्ट्रिक्ट्सका लागि प्लन्केट सिल्डमा खेल्नेछन् र त्यसपछि डिसेम्बर २ देखि क्राइस्टचर्चमा सुरु हुने पश्चिम इन्डिजविरुद्धको टेस्ट सिरिजमा ध्यान दिनेछन्।

उनी ओडिआई र टेस्ट करियरबारे खुला मनस्थितिमा रहेको बताउँछन्। ‘ब्ल्याकक्याप्स मेरो लागि विशेष टोली हो। म अझै पनि बोर्डसँग छलफल गर्दै अघि बढ्नेछु’ उनले भने।

अन्तर्राष्ट्रिय टी–२० क्रिकेटबाट सन्यास लिए पनि विलियमसन टी–२० फ्रेन्चाइज प्रतियोगिताहरूमा भने खेलिरहनेछन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाईनलमा काजखस्तानलाई ३-१ सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो । इरानले पहिलो सेट २५-१८ ले जित्दै खेलमा अग्रता बनाएको थियो । काजखस्तानले दोस्रो सेट २५-१९ ले जितेर खेलमा पुनरागमन गरेको थियो । तेस्रो सेट इरानले २५-१५ ...
: एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको विदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरेको हो । सिंगापुरमा ३१ मेदेखि एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका सुरु हुँदैछ । छनोट प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, मलेसिया र ...
: काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गतको पहिलो सेमीफाइनलमा भारतलाई ३–० सोझो सेटमा हराउँदै काजकिस्तान फाइनल प्रवेश गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा काजकिस्तानले भारतलाई २५–२१, २५–१७, २५–१४ ले हराएको हो । समूह ‘ए’ को विजेताको रूपमा सेमीफाइनल खेलेको भारत समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल खेलेको ...
— जियान फिलिपे मेटाटेले गरेको एक माक्र गोलको मदतले त्रिस्टल प्यालेसले रायो भालेकानोलाई १–० ले पराजित गर्दै बुधबार यूईएफए कन्फ्रेन्स लिगको उपाधि जितेको छ । जर्मनको लाइपजिगमा भएको खेलमा मेटाटेले ५१ औं मिनेटमा गोल गरे । इंग्लिस प्रिमियर लिग क्लब प्यालेसले युरोपेली उपाधि जितेको यो पहिलो पटक हो । यस उपाधिसँगै प्रशिक्षक ओलिभर ग्लासनेरले क्लबबाट पनि ...
— कप्तान इन्दु बर्माले अविजित ४२ रन बनाएपछि नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटमा बिहीबार इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको छ । लगातार दोस्रो खेल जितेपछि नेपाल समूह ‘बी’ को विजेता बनेको छ । नेपालले सेमिफाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । अर्को सेमिफाइनल समूह ‘ए’ को विजेता थाइल्यान्ड र चीनबीच हुनेछ । शीर्ष ...