। इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानको आर्सनलले अग्रता फराकिलो बनाउँदै लगेको छ ।
शनिबार बेलुका भएको खेलमा बर्नलीलाई २-० ले हराउँदै आर्सनलले आठौं जित निकालेर २५ अंक पुर्याएको छ ।
आर्सनलको जितमा भिक्टोर ग्योकेरेस र डेक्लान राइसले १-१ गोल गरे । १४औं मिनेटमा ग्योकेरेस तथा ३५औं मिनेटमा राइसले गोल गरेका थिए ।
यो जितपछि आर्सनलको १० खेलमा २५ अंक भएको हो । बर्नलीको १० खेलमा १० अंक छ ।
आर्सनलभन्दा पछाडि दोस्रोमा बर्नमाउथले ९ खेलमा १८ अंक जोडेको छ । तेस्रोमा टोटनहाम १७ अंकका साथ छ भने चौथोमा सन्डरल्यान्डको पनि १७ अंक छ ।