मुख्य समाचार
निकोलस भूसाललाई रुपन्देही प्रवेशमा रोक लगाउन एमालेनिकट युवा संघको चेतावनी
निकोलस भूसाललाई रुपन्देही प्रवेशमा रोक लगाउन एमालेनिकट युवा संघको चेतावनी

। नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपाल, रुपन्देहीले समाजमा हिंसा भड्काउने अभिव्यक्ति दिँदै हिँडेको भन्दै डा. कमल भूसाल (निकोलस) लाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेको छ । भूसालले एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत विभिन्न नेताहरूको घर जलाउने र घेरा हाल्ने जस्ता हिंसात्मक अभिव्यक्ति दिँदै आएको भन्दै युवा संघले कारबाहीको माग गरेको हो ।

आइतबार बसेको संघको बैठकले भुसाललाई तत्काल पक्राउ गरी आत्मालोचनासहित कडा कारबाही नगरेसम्म रुपन्देही प्रवेशमा रोक लगाउने निर्णय गरेको अध्यक्ष कृष्ण कुमालले जानकारी दिए ।

रुपन्देहीको सैनामैना घरमा भएका भूसाललाई प्रहरीले कारबाही नगरे युवा संघले गर्ने कुमालले चेतावनी दिए ।

देशमा विखण्डनकारी, समाज भड्काउने, अराजकता सृजना गर्ने, समाजलाई भड्काउने स्टाटस लेख्नेहरू कानूनी दायरामा आउनुपर्ने युवा संघका रुपन्देही इन्चार्ज केशव रोक्काले बताए ।

प्रहरीले उनका गतिविधिलाई निगरानीमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जिल्ला प्रशासन कार्यालय गौरले अपांगता भएका व्यक्तिलाई टैम्पुमै नागरिकताको प्रमाणपत्र वितरण गरेको छ। गौर नगरपालिका-४ टिकुलिया गाउँका लक्ष्मीनारायण राउतलाई जिल्ला प्रशासन कार्यालय गौरका प्रमुख प्रशासकीय अधिकृत मनिष झा र नायब सुब्बा रामनरेश साहले जिल्ला प्रशासन कार्यालय अगाडि टैम्पुमै पुगेर नागरिकताको प्रमाणपत्र उपलब्ध गराएका हुन्। शारीरिक रूपमा पूर्ण अशक्त लक्ष्मीनारायण राउत नागरिकता लिन प्रशासन कार्यालयसम्म आउन ...
— गोली चलेको जस्तो आभास हुने गरी चर्को आवाजमा पट्पट् गर्दै बेतोडसँग मोटरसाइकल हुँइक्याउनेलाई चितवन प्रहरीले समाउन थालेको छ । साइलेन्सर पाइप बिगारेर त्यस्तो आवाज निकाल्नेहरूलाई पक्रन प्रहरीले ‘एम्बुसिङ एन्ड ट्र्यापिङ’ अपरेशन चलाएको छ । समातिएका मोटरसाइकलधनीले अभिभावकसँग आएर जरिवाना तिर्ने र बिगारेको स्वरूप सपार्ने गरेका छन् । चितवनमा पछिल्लो समय रातबिरात यसरी साइलेन्सर पड्काउँदै ...
: सिद्धार्थ राजमार्ग हुँदै बुटबलबाट बाग्लुङतर्फ लैजाँदै गरेको १३ कार्टुन खैनी (सुर्तीजन्य पदार्थ) स्याङ्जाको नाका राम्दीबाट प्रहरीले नियन्त्रणमा लिइएको छ। गल्याङ नगरपालिका-१ स्थित अस्थायी प्रहरी चौकी राम्दी नाकामा खटिएका प्रहरीले गए राती साढे १ बजे १३ कार्टुन अर्थात ६ हजार ४८० बट्टा खैनी सहित नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिए। उनका अनुसार खैनीको ...
: नेकपा एमालेका महासचिव शंकर पोखरेलले सर्वोच्च अदालतका विगतका नजिरका आधारमा प्रतिनिधि सभा पुनर्स्थापना हुने विश्वास व्यक्त गरेका छन्। प्रेस चौतारी नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले संविधान, जनमत र जनादेशले नचिन्ने सरकारले गरेको प्रतिनिधि सभा विघटनलाई सर्वोच्च अदालतले विगतमा नजिरका आधारमा समेत मान्यता नदिने विश्वास व्यक्त गरेका हुन्। अदालतमा मुद्दा ...
— मलेसियाले श्रमिक लैजाने देशका म्यानपावर कम्पनीका लागि निर्धारण गरेको नयाँ मापदण्डसम्बन्धी पत्रलाई प्रस्तावका रूपमा मात्रै स्वीकार गर्दै कूटनीतिक संवादबाट यससम्बन्धी विषय टुंगो लगाइने नेपाल सरकारले बताएको छ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा शुक्रबार सिंहदरबारमा अर्थमन्त्री रामेश्वर खनाल, कानुनमन्त्री अनिलकुमार सिन्हा, मुख्य सचिव एकनारायण अर्याल र श्रम सचिव कृष्णहरि पुष्करलगायत सहभागी बैठकले मलेसियाको पत्रलाई प्रस्तावका रूपमा ...