मुख्य समाचार
शाहरुख खानले सार्वजनिक गरे ‘किङ’ को पहिलो झलक
शाहरुख खानले सार्वजनिक गरे ‘किङ’ को पहिलो झलक

। आइतबार ६० औं जन्मदिन मनाइरहेका बलिउड अभिनेता शाहरुख खानले प्रशंसकलाई उपहार दिएका छन् ।

त्यो उपहार, उनको बहुप्रतीक्षित फिल्म ‘किङ’को टिजर सार्वजनिक गरेर ।

रेड चिलीज इन्टरटेनमेन्ट र सिद्धार्थ आनन्दले आफ्नो आधिकारिक सामाजिक सञ्जाल खातामा फिल्म ‘किङ’ को भव्य शीर्षक र शाहरुखको पहिलो लुक सार्वजनिक गरेका हुुन् ।

लुक शाहरुखदको संवादबाट सुरु हुन्छ, जसमा उनले भनेका छन् ः

‘मलाई याद छैन मैले कति हत्या गरें । मैले कहिल्यै सोधिन कि ती असल थिए कि नराम्रो । उनीहरूको आँखामा यस्तो भावना थियो कि यो उनीहरूको अन्तिम सास थियो, र म नै कारण थिएँ । १०० देशहरूमा कुख्यात हजारौं अपराधहरू, तर संसारले मलाई एउटा मात्र नाम दियो । म डराउँदिन, म आतंक हुँ । यो देखाउने समय हो’

रेड चिलीज इन्टरटेनमेन्ट र माफ्र्लिक्स पिक्चर्सको ब्यानरमा निर्मित, फिल्म “किङ“ सन् २०२६ मा रिलिज हुनेछ । फिल्ममा शाहरुखलाई यसअघि नदेखिएको लुकमा प्रस्तुत गरिनेछ, जसको पहिलो झलक पहिले नै सार्वजनिक भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा उपचारका क्रममा आइतबार उनको निधन भएको हो । इन्डियन एक्सप्रेसका अनुसार अस्पतालका डा. प्रतित समदानीले भोसलेको निधनको पुष्टि गरेका छन् । उनको निधनको कारण 'मल्टी-अर्गान फेलियर' रहेको पनि उनको भनाइ छ । थकित महसुस हुने र छातीमा ...
। मार्च २३ देखि २९, २०२६ सम्मको साप्ताहिक अवधिमा नेटफ्लिक्समा अंग्रेजी भाषाका फिल्मबीच ‘पीकी ब्लाइन्डर्सः द इम्मोर्टल म्यान’ सर्वाधिक हेरिएको फिल्म बनेको छ । यो फिल्मले कुल ३ करोड ६९ लाख घण्टा भ्यूज पाउँदै शीर्ष स्थान ओगटेको हो । चर्चित ‘पीकी ब्लाइन्डर्स’ कथालाई विस्तार गर्ने यो फिल्म एक शक्तिशाली अपराध साम्राज्य, सत्ता संघर्ष र व्यक्तिगत द्वन्द्वको ...
। कलाकार सागर लम्साल ‘बले’लाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले प्रहरीलाई अनुमति दिएका छन् । बलेमाथि अमेरिकामा बस्ने एक युवतीले जबरजस्ती करणी गरेको सामाजिक सञ्जालमार्फत आरोप लगाएकी छन् । सोही आरोपमा अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेको जनाएको छ । तर, हालसम्म उनीविरुद्ध प्रहरीमा किटानी जाहेरी भने परिसकेको छैन । सोही ...
जादुको छडी समात्नुस् र झाडू तयार पार्नुस्, किनकि हग्वाट्र्स पुनः बोलाइरहेको छ । एचबीओले आफ्नो आगामी ‘ह्यारी पोटर’ सिरिजको पहिलो ट्रेलर सार्वजनिक गर्दै दर्शकलाई नयाँ ढंगले जादुयी संसारमा फर्किन निम्तो दिएको छ । नेटवर्कका अनुसार यसको पहिलो सिजन सन् २०२६ को क्रिसमसमा सार्वजनिक हुनेछ । ट्रेलरको सुरुवातमा ह्यारी डस्र्ली घरमा भर्‍याङमुनिको सानो कोठामा बसिरहेको देखिन्छ । ...
। यसवर्षको ‘मिस वर्ल्ड’ प्रतियोगिता भियतनाममा आयोजना हुने भएको छ । दक्षिणपूर्वी एसियाली मुलुकले पहिलोपटक प्रतिस्पर्धा आयोजना गर्न लागेको हो । यसको पुष्टि ‘मिस वर्ल्ड’ले अफिसियल सामाजिक सञ्जालका पृष्ठबाट समेत गरेको छ । यद्यपि, त्यहाँ हुने निश्चित भएपनि यसको औपचारिक घोषणा भने हुन बाँकी छ । मिस वर्ल्ड भियतनाम आयोजकले बुधबार राति यसबारे जानकारी दिँदै यस वर्षको ...