मुख्य समाचार
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारका लागि दरखास्त दिन आह्वान
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारका लागि दरखास्त दिन आह्वान

। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारका लागि दरखास्त दिन आह्वान गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १५ दिनको समय दिएर दरखास्त मागेको हो ।

नाम सिफारिस गर्न गठित सिफारिस समितिले १४ कात्तिकमा स्वीकृत गरेको कार्यविधि अनुसार उपकुलपति वा रजिष्ट्रार पदका लागि दरखास्त पेस गर्न भनेको हो ।

उपकुलपति उम्मेदवारको योग्यता

मान्यता प्राप्त विश्वविद्यालयबाट चिकित्सा शिक्षासँग सम्बन्धित कुनै विधा (हेल्थ प्रोफेसनल एजुकेसन) मा विद्यावारिधि, डीएम, एमसीएच वा सो सरहको उपाधि प्राप्त गरेको हुनुपर्ने छ ।

कुनै विश्वविद्यालयको प्राध्यापक पदमा रही कम्तीमा १० वर्ष काम गरेको हुनुपर्ने छ ।

शैक्षिक वा प्राज्ञिक उन्ननयनको क्षेत्रमा उत्कृष्ट व्यवस्थापकीय कुशलता, नेतृत्व क्षमता, सिप र कौशल प्रदर्शन गरेको हुनुपर्ने छ ।

प्राज्ञिक तथा अनुसन्धानमूलक परियोजना सफलतापूर्वक सम्पन्न गरेको हुनुपर्ने छ ।

राष्ट्रिय वा अन्तर्राष्ट्रियस्तरको जर्नलमा अनुसन्धानमूलक लेख तथा सन्दर्भ सामग्री प्रकाशन गरेको हुनुपर्ने कार्यविधिमा उल्लेख छ ।

दरखास्त पेस गर्ने अन्तिम दिनसम्म ३५ वर्ष उमेर पूरा भई ६१ वर्ष उमेर ननाघेको हुनुपर्ने भनिएको छ ।

दरखास्त दिनु तत्कालअघि कुनै राजनीतिक दलको सदस्य नरहेको हुनुपर्ने भनिएको छ ।

रजिस्ट्रारको उम्मेदवारको योग्यता

मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरेको हुनुपर्ने छ ।

उच्च शिक्षामा प्राध्यापन वा प्राज्ञिक अनुसन्धान वा स्वास्थ्य सेवाको कार्यकारी प्रशासनको पदमा वा नेपाल सरकारको राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरहको पद वा सोभन्दा माथिको पदमा कम्तीमा पाँच वर्ष कार्यअनुभव हासिल भएको हुनुपर्ने छ ।

शैक्षिक, प्राज्ञिक उन्नयन वा प्रशासनको क्षेत्रमा उत्कृष्ट व्यवस्थापनसम्बन्धी सिप र कौशल प्रदर्शन गरेको हुनुपर्ने छ ।

दरखास्त पेस गर्ने अन्तिम दिनसम्म ३५ वर्ष उमेर पूरा भई ६१ वर्ष उमेर ननाघेको हुनुपर्ने छ । दरखास्त दिनु तत्कालअघि कुनै राजनीतिक दलको सदस्य नरहेको हुनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
बेलायतको क्याम्ब्रिजशायरमा रेलमा चक्कु आक्रमण हुँदा ९ जना गम्भीर घाइते
: नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित आठ दलले पार्टी एकतासम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका छन्। विभिन्न १८ बुँदे प्रस्तावमा सहमति जनाउँदै ती दलका अध्यक्षहरूले सहमति पत्रमा हस्ताक्षर गरेका छन्। पुँजीवादी जनवादी क्रान्तिको उपलब्धिको रूपमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन, सामाजिक न्याय र आर्थिक सामाजिक रुपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य पूरा ...
: गुल्मीमा छोराले धारिलो हतियारले आक्रमण गर्दा बुबाको घटनास्थलमै मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छन्। जिल्लाको मालिका गाउँपालिका–३ म्यालका २३ वर्षीय भोटबहादुर बिकले शनिबार दिउँसो धारिलो हतियार प्रहार गर्दा उनका बुबा ५० वर्षीय धन बिकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी)गङ्गा बहादुर सारूले जानकारी दिए। प्रहरीका अनुसार भोटबहादुरले पारिवारिक ...
नर्सको रोजाइ अस्ट्रेलिया
नेकपा एमालेले देशभर जनभेला र प्रदर्शन गर्ने निर्णय