मुख्य समाचार
काठमाडौंबाट फरार भएका एक कैदी सुर्खेतमा लागुऔषध सहित पक्राउ
काठमाडौंबाट फरार भएका एक कैदी सुर्खेतमा लागुऔषध सहित पक्राउ

। जेनजी आन्दोलनका क्रममा जगन्नाथदेवल कारागार काठमाडौंबाट फरार भएका एक कैदी सुर्खेतमा लागुऔषध सहित पक्राउ परेका छन् ।

गत २४ भदौमा कारागारबाट फरार भएका ३० वर्षीय नरेन्द्र ठाडा शनिबार वीरेन्द्रनगर नगरपालिका–७ बाट पक्राउ परेका हुन् ।

उनलाई लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनको साथबाट ५३० मिलिग्राम ब्राउनसुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी महोनजंग बुढथापाले जानकारी दिए । प्रहरीले उनीमाथि मुद्दा दर्ता गरी म्याद थप गरेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

वीरेन्द्रनगर–७ कै स्थानीय ठाडा लागुधौष मुद्दाका फरार कैदी बन्दी हुन् । उनी जगन्नाथदेवल कारागार काठमाण्डौंमा लागुऔषध मुद्दामा कैद भुक्तान गरी रहेका प्रतिवादी थिए । गत २४ भदौको जेनजी आन्दोलनको क्रममा फरार भएको प्रहरीले जनाएको छ ।

सुर्खेत प्रहरीले फरार कैदी ठाडासहित अन्य पाँच जनालाई छुट्टाछुट्टै घटनामा पक्राउ गरेको छ । सोही दिन ठाडासँगै लागुधौष कारोबारमा संलग्न वीरेन्द्रनगर–८ की १९ वर्षीया ललिता तामाङ पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।

सुर्खेत प्रहरीले शनिबार राति पनि लागुऔषध ब्राउनसुगरसहित थप तीन जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–११ स्थित सुब्बाकुनामा चेक पोस्टबाट तीन जना युवालाई ब्राउनसुगरसहित पक्राउ गरिएको डीएसपी बुढथापाले जानकारी दिए ।

उनका अनुसार प्रहरीले गोप्य सूचनाका आधारमा नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र.०२–००१ ज.०७०९ नम्बरको ईभी गाडी चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको थियो । गाडीमा सवार वीरेन्द्रनगर–११ का १८ वर्षीय विशाल ठाडा मगर, वीरेन्द्रनगर–१२ का २२ वर्षीय राजु सुनार र वीरेन्द्रनगर–७ का १८ वर्षीय रमेश सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनीहरूबाट २ ग्राम ब्राउनसुगर बरामद गरेको जनाएको छ । दुवै घटनामा पक्राउ परेकाहरूलाई अदालतबाट म्याद थप गरी मुद्दा चलाइएको सुर्खेत प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सुनसरीको विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषध कारोबारमा संलग्न दुई कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला सुनसरीको बराहक्षेत्र नगरपालिका–१ का ३४ वर्षीय सुशिल श्रेष्ठ (उर्फ मोहन श्रेष्ठ) र सोही स्थानका २७ वर्षीय अहिस ताम्रकार रहेका छन्। शनिबार राति प्रहरीले गरेको सर्च अप्रेसनमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले बताए। सुनसरी ...
बेलायतको क्याम्ब्रिजशायरमा रेलमा चक्कु आक्रमण हुँदा ९ जना गम्भीर घाइते
: नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित आठ दलले पार्टी एकतासम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका छन्। विभिन्न १८ बुँदे प्रस्तावमा सहमति जनाउँदै ती दलका अध्यक्षहरूले सहमति पत्रमा हस्ताक्षर गरेका छन्। पुँजीवादी जनवादी क्रान्तिको उपलब्धिको रूपमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन, सामाजिक न्याय र आर्थिक सामाजिक रुपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य पूरा ...
: गुल्मीमा छोराले धारिलो हतियारले आक्रमण गर्दा बुबाको घटनास्थलमै मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छन्। जिल्लाको मालिका गाउँपालिका–३ म्यालका २३ वर्षीय भोटबहादुर बिकले शनिबार दिउँसो धारिलो हतियार प्रहार गर्दा उनका बुबा ५० वर्षीय धन बिकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी)गङ्गा बहादुर सारूले जानकारी दिए। प्रहरीका अनुसार भोटबहादुरले पारिवारिक ...
नर्सको रोजाइ अस्ट्रेलिया