मुख्य समाचार
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आधिकारिकता पाएको छ
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आधिकारिकता पाएको छ

। धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आधिकारिकता पाएको छ । सो पार्टीका अध्यक्ष हर्क साम्पाङ आज निर्वाचन आयोग पुगेर दल दर्ताको प्रमाणपत्र लिएका छन् ।

साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको चुनाव चिह्न माटो राखिएको छ ।

सो पार्टीमा २८ जना केन्द्रीय सदस्य र पाँच जना पदाधिकारी छन् । उपाध्यक्षमा देवराज लामा, महासचिवमा आर्यन राई, कोषाध्यक्ष समिता राई रहेका छन् । प्रवक्तामा अरुण गुरुङ रहेका छन् ।

गत असोज १२ गते आइतबार साम्पाङ आफैं निर्वाचन आयोग उपस्थित भएर दल दर्ताको निवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सुनसरीको विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषध कारोबारमा संलग्न दुई कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला सुनसरीको बराहक्षेत्र नगरपालिका–१ का ३४ वर्षीय सुशिल श्रेष्ठ (उर्फ मोहन श्रेष्ठ) र सोही स्थानका २७ वर्षीय अहिस ताम्रकार रहेका छन्। शनिबार राति प्रहरीले गरेको सर्च अप्रेसनमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले बताए। सुनसरी ...
बेलायतको क्याम्ब्रिजशायरमा रेलमा चक्कु आक्रमण हुँदा ९ जना गम्भीर घाइते
: नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित आठ दलले पार्टी एकतासम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका छन्। विभिन्न १८ बुँदे प्रस्तावमा सहमति जनाउँदै ती दलका अध्यक्षहरूले सहमति पत्रमा हस्ताक्षर गरेका छन्। पुँजीवादी जनवादी क्रान्तिको उपलब्धिको रूपमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन, सामाजिक न्याय र आर्थिक सामाजिक रुपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य पूरा ...
: गुल्मीमा छोराले धारिलो हतियारले आक्रमण गर्दा बुबाको घटनास्थलमै मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छन्। जिल्लाको मालिका गाउँपालिका–३ म्यालका २३ वर्षीय भोटबहादुर बिकले शनिबार दिउँसो धारिलो हतियार प्रहार गर्दा उनका बुबा ५० वर्षीय धन बिकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी)गङ्गा बहादुर सारूले जानकारी दिए। प्रहरीका अनुसार भोटबहादुरले पारिवारिक ...
नर्सको रोजाइ अस्ट्रेलिया