मुख्य समाचार
छोराले धारिलो हतियारले आक्रमण गर्दा बुबाको घटनास्थलमै मृत्यु भएको छ भने आमा गम्भीर घाइते
छोराले धारिलो हतियारले आक्रमण गर्दा बुबाको घटनास्थलमै मृत्यु भएको छ भने आमा गम्भीर घाइते

: गुल्मीमा छोराले धारिलो हतियारले आक्रमण गर्दा बुबाको घटनास्थलमै मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छन्।



जिल्लाको मालिका गाउँपालिका–३ म्यालका २३ वर्षीय भोटबहादुर बिकले शनिबार दिउँसो धारिलो हतियार प्रहार गर्दा उनका बुबा ५० वर्षीय धन बिकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी)गङ्गा बहादुर सारूले जानकारी दिए।


प्रहरीका अनुसार भोटबहादुरले पारिवारिक झगडाका क्रममा आफ्नै बुबा र ४८ वर्षीया आमा दिलमाया बिकमाथि धारिलो हतियार (हँसिया) र काठको किला ठोक्ने मुंग्रो प्रयोग गरी कुटपिट गरेका थिए।



आक्रमणपछि बुबा धन बिकको घटनास्थलमै मृत्यु भएको थियो भने आमाको टाउकोमा गम्भीर चोट लागेको छ। घाइते दिलमायालाई उपचारका लागि जिल्ला अस्पताल तम्घास हुँदै थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल पठाइएको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घटनाबारे भतिजा देव बिकले जानकारी गराएपछि प्रहरी चौकी अर्खवाङबाट प्रहरी सहायक निरीक्षक मानबहादुर घर्तीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरीक्षक रेवन्त सेन नेतृत्वको टोली पनि खटिएको छ।

आफ्नै आमाबुबामाथि धारिलो हतियार प्रयोग गर्ने भोटबहादुर बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धान अनुसार उनको मानसिक सन्तुलन ठीक नभएको बुझिएको छ।

शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल तम्घास पठाइएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: ठेक्का प्रक्रियामा भएको ढिलाइका कारण नयाँ नेपाली राहदानीका लागि समस्या पर्ने भएको छ। सरकारको लापरबाही र राहदानीको मौज्दात सकिँदै गएका कारण दैनिक एक हजार थान राहदानी वितरण गरिने भएको हो । राहदानी विभागले आइतबार सूचना जारी गर्दै दैनिक (सार्वजनिक बिदाको दिन बाहेक) राहदानी उपलब्ध गराउने जनाएको छ । विभागले विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग ...
: नेकपा एमालेको जनवर्गीय सङ्गठनमा युथ भोलेन्टियर फोर्सको घोषणा गरेको छ । आइतबार भक्तपुरमा एमाले जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको भेलाले आगामी मंसिर ५ गते युथ भोलेन्टियर्स फोर्स घोषणा गर्ने निर्णय गरेको हो ।null एमाले अध्यक्ष केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यको उपस्थितिमा भक्तपुरको गुण्डुमा विशेष भेला राखिएको थियो ।भेलाले महेश बहेस बस्नेतको संयोजकत्वमा ...
: राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले राजदूत फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको हो। 'मन्त्रिपरिषदबाट मिति २०८२/०६/३० मा भएको निर्णयबमोजिम फिर्ता बोलाइएका ११ जना राजदूतहरूको पदावधि बाँकी नै रहेको अवस्था देखिन आएको,फिर्ता बोलाउनुपर्ने कारण ...
उपकुलपतिका र रजिष्ट्रारका लागि आवेदन माग
राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले केन्द्रीय विभागको जिम्मेवारी हेरफेर