मुख्य समाचार
लागूऔषध कारोबारमा संलग्न दुई कारोबारीलाई प्रहरीले पक्राउ
लागूऔषध कारोबारमा संलग्न दुई कारोबारीलाई प्रहरीले पक्राउ

: सुनसरीको विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषध कारोबारमा संलग्न दुई कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला सुनसरीको बराहक्षेत्र नगरपालिका–१ का ३४ वर्षीय सुशिल श्रेष्ठ (उर्फ मोहन श्रेष्ठ) र सोही स्थानका २७ वर्षीय अहिस ताम्रकार रहेका छन्। शनिबार राति प्रहरीले गरेको सर्च अप्रेसनमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले बताए।



सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–४ बसचोकस्थित पूर्व–पश्चिम राजमार्गमा लागूऔषध ओसारपसार तथा कारोबार भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी चौकी बसपार्क इनरुवाबाट संयुक्त टोली खटिएको थियो।


टोलीले लौकहीबाट इनरुवातर्फ आउँदै गरेको को.३ प. ६६२३ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा दुईजना लागूऔषध कारोबारीलाई पक्राउ गरिएको डीएसपी खतिवडाले बताए। प्रहरीले खानतलासी गर्दा सुशिलको साथबाट दुईवटा कालो प्लास्टिकमा पोका पारिएको अवस्थामा ५.८५ ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका दुवै जना अभियुक्त, मोटरसाइकल र बरामद गरिएको ब्राउन सुगरसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: ठेक्का प्रक्रियामा भएको ढिलाइका कारण नयाँ नेपाली राहदानीका लागि समस्या पर्ने भएको छ। सरकारको लापरबाही र राहदानीको मौज्दात सकिँदै गएका कारण दैनिक एक हजार थान राहदानी वितरण गरिने भएको हो । राहदानी विभागले आइतबार सूचना जारी गर्दै दैनिक (सार्वजनिक बिदाको दिन बाहेक) राहदानी उपलब्ध गराउने जनाएको छ । विभागले विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग ...
: नेकपा एमालेको जनवर्गीय सङ्गठनमा युथ भोलेन्टियर फोर्सको घोषणा गरेको छ । आइतबार भक्तपुरमा एमाले जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको भेलाले आगामी मंसिर ५ गते युथ भोलेन्टियर्स फोर्स घोषणा गर्ने निर्णय गरेको हो ।null एमाले अध्यक्ष केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यको उपस्थितिमा भक्तपुरको गुण्डुमा विशेष भेला राखिएको थियो ।भेलाले महेश बहेस बस्नेतको संयोजकत्वमा ...
: राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले राजदूत फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको हो। 'मन्त्रिपरिषदबाट मिति २०८२/०६/३० मा भएको निर्णयबमोजिम फिर्ता बोलाइएका ११ जना राजदूतहरूको पदावधि बाँकी नै रहेको अवस्था देखिन आएको,फिर्ता बोलाउनुपर्ने कारण ...
उपकुलपतिका र रजिष्ट्रारका लागि आवेदन माग
राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले केन्द्रीय विभागको जिम्मेवारी हेरफेर