: मकवानपुर प्रहरीले नेपाल आयल निगम थानकोट डिपोको नाममा रहेको पेट्रोलियम पदार्थ अवैध रूपमा बिक्री गर्ने ट्याङ्कर चालकसहित चार जनालाई नियन्त्रणमा लिएको छ।
आइतबार दिउँसो अम्लेखगंजबाट थानकोट काठमाडौं जाँदै गरेको ना४ख ९३७७ नम्बरको पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करबाट मकवानपुरको मनहरी गाउँपालिका–८ मा रहेको जय शिव शरणम् फ्यूल सेटरमा अवैध रूपमा पेट्रोल झिकेको आरोपमा चार जनालाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले जनाएको छ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।