मुख्य समाचार
डोनाल्ड ट्रम्पले नाइजेरियामा इस्लामी लडाकु समूहसँग सैन्य कारबाहीको योजना तयार गर्न आदेश
डोनाल्ड ट्रम्पले नाइजेरियामा इस्लामी लडाकु समूहसँग सैन्य कारबाहीको योजना तयार गर्न आदेश

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाइजेरियामा इस्लामी लडाकु समूहसँग सैन्य कारबाहीको योजना तयार गर्न आदेश दिएका छन्।



उनले नाइजेरियाली सरकारले त्यहाँ बसोबास गर्ने क्रिश्चियनको हत्या रोक्न पर्याप्त कदम नचालेको आरोप लगाएका हुन्। ट्रम्पले कुन हत्या भन्ने कुरा स्पष्ट पारेनन्।


तर अमेरिकाका दक्षिणपन्थी वृत्तमा नाइजेरियाली क्रिश्चियनविरुद्ध कथित हिंसाको दाबी देखा परेका छन्।



अनुगमन समूहले नाइजेरियामा मुस्लिमभन्दा क्रिश्चियनलाई बढी मारिएको भन्ने कुनै प्रमाण नभएको बताएका छन्। तर दुई धर्म संख्यामा करिब बराबर छन्।

अफ्रिकाको सबैभन्दा बढी जनसंख्या भएको देशको सरकारले अमेरिकाको सैन्य कारबाहीको धम्कीप्रति अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले सीएमएस–३ नामक सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ। इसरोका अध्यक्ष वी. नारायणनले एलवीएम३–एम५ ले सीएमएस–३ सञ्चार उपग्रहलाई आफ्नो तोकिएको कक्षमा सफलतापूर्वक स्थापित गरेको बताए। उनले भने,ʻम सम्पूर्ण इसरो टोली र सबै साझेदारलाई भूमिका र योगदानका लागि बधाई दिन्छु। आजको मिसनले भारतका लागि अर्को गौरव ल्याएको छ।ʼ अध्यक्ष वी. नारायणनले आर्थिक ...
। संयुक्त राज्य अमेरिकाका रक्षामन्त्री पिट हेग्सेथले आइतबार अमेरिका र चीनले सैन्य–सैन्य प्रत्यक्ष सञ्चार च्यानलहरू स्थापना गर्ने सहमति गरेको बताएका छन् । उनका अनुसार दुवै मुलुकबीचको द्विपक्षीय सम्बन्ध ‘अहिलेसम्मकै उत्कृष्ट अवस्थामा’ पुगेको छ । हेग्सेथले शनिबार राति क्षेत्रीय सुरक्षा सम्मेलनका क्रममा आफ्ना चिनियाँ समकक्षी एडमिरल डोङ जुनसँग भेटवार्ता गरेका थिए । उनले भने, ‘शान्ति, स्थिरता र राम्रो ...
। मेक्सिकोको हर्मोसिलोमा एक पसलमा आगलागी हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । हर्मोसिलो शहरस्थित वाल्डोज नामको स्टोरमा आगलगी भएको हो । वाल्डोज मेक्सिकोकै सबभन्दा ठूलो डिस्काउन्ट स्टोरको चेन समेत हो । स्थानीय अधिकारीका अनुसार विस्फोटपछि आगलागी भएको थियो । तर, त्यहाँका गभर्नर अल्फोंसो दुराजोले भने आगलागीको कारण नखुलेको बताएका ...
। ट्रम्प प्रशासनको श्रम विभाग (लेबर डिपार्टमेन्ट) ले कम्पनीहरूमाथि एच-वानबी भिसाको दुरुपयोग गरेको आरोप लगाएको छ। एक भिडियो सन्देशमा भनिएको छ, कम्पनीहरूले एच-वानबी भिसाको गलत प्रयोग गरी कम तलबमा विदेशी कामदारहरूलाई रोजगारी दिए, यसले अमेरिकी युवाहरूको ‘अमेरिकन ड्रीम’ खोसियो। भिडियोमा यस किसिमको अनियमितता गर्न दिने राजनीतिक नेतृत्व र कर्मचारीहरूलाई पनि दोषी ठहर गरिएको छ। ट्रम्प प्रशासनका अनुसार, एच-वानबी ...
: अफगानिस्तानसँगको द्वन्द्व पछि करिब २० दिन बन्द भएपछि पाकिस्तानले तोरखम सीमा नाका पुनः खोलेको छ। यसले गर्दा पाकिस्तानमा फसेका अफगानी शरणार्थीलाई सीमा पार गर्न अनुमति दिइएको छ। अधिकारीहरूका अनुसार द्वन्द्वका कारण सीमा बन्द भएपछि अलपत्र परेकालाई मात्र सीमा पार गर्न अनुमति दिइनेछ। यी शरणार्थी जमरुर र अजखेल क्षेत्रमा थिए। स्थानीय बासिन्दा र सामाजिक कार्यकर्ताले उनीहरूलाई ...