: प्रधानमन्त्री सुशीला कार्की र प्रधानसेनापति अशोकराज सिग्देलबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच आइतबार साँझ भेटवार्ता भएको हो।
प्रधानमन्त्री निकट स्रोतका अनुसार उनीहरूबीच समसामयिक विषयवस्तुमा छलफल भएको थियो। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र सुरक्षालगायतका विषयमा उनीहरूबीच छलफल भएको स्रोतको भनाइ छ। 'समसामयिक विषयमा उहाँहरूबीच छलफल भयो। मुख्यतः निर्वाचन लक्षित सुरक्षाका विषयमा कुराकानी भयो,' स्रोतले अन्नपूर्णसँग भन्यो।
सैनिक स्रोतले नियमित भेटघाट भएको बतायो। 'प्रधानमन्त्री र प्रधानसेनापतिबीच नियमित छलफल भएको हो,' सैनिक स्रोतले भन्यो।