: न्युजिल्यान्डका ब्याटर मार्टिन गुप्टेलले विराटनगर किङ्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा खेल्ने भएका छन्।
पहिलो सिजन पनि विराटनगरबाट खेलेका गुप्टेलले सम्झौता नवीकरण गर्न लागेको किङ्स उच्च स्रोतले जनायो। विराटनगर किङ्सले शनिबार एक पोष्ट साझा गर्दै नसकिएको काम सक्न आउने भन्दै एक तस्बिर पोष्ट गरेको थियो।
विराटनगरले दक्षिण अफ्रिकाका ब्याटर फाफ डु पेल्सिसलाई यसअघि नै अनुबन्ध गरिसकेको छ। विराटनगरले विज्ञप्तिसहित पेल्सिसले टिमबाट खेल्ने यसअघि नै सार्वजनिक गरेको छ।
पेल्सिसले पूरा खेल खेल्ने तालिका नमिल्दा गुप्टेलको सम्झौता नवीकरण गरेको बताइएको छ।
सन्दीप लामिछाने मार्की खेलाडी रहेको विराटनगरमा लोकेश बम, सुवास भण्डारी, नरेन भट्ट, वसिर अहमद र प्रतिश जिसीलाई पहिलो सिजनबाट रिटेन गरेको थियो।
नारायण जोशी, सूर्य तामाङ, साहिल पटेल, शंकर राना र श्रवण किस्कुलाई विराटनगरले मिनी अक्सनबाट खरिद गरेको थियो।