मुख्य समाचार
नेकपा (माओवादी केन्द्र) र देशभक्त समाजवादी मोर्चाबीच एकता अभियान सुरु गर्ने सहमति
नेकपा (माओवादी केन्द्र) र देशभक्त समाजवादी मोर्चाबीच एकता अभियान सुरु गर्ने सहमति

: नेकपा (माओवादी केन्द्र) र देशभक्त समाजवादी मोर्चाबीच एकता अभियान सुरु गर्ने सहमति भएको छ । सहमति पत्रमा नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किरातीले हस्ताक्षर गरेका हुन् ।


सहमति पत्रमा भनिएको छ, ‘हाल नेपाली राजनीतिमा अभूतपूर्व जोखिम उत्पन्न भइरहेको यथार्थ जगजाहेर छ । परिस्थितिलाई सही दिशातर्फ व्यवस्थित पार्न जनयुद्धका बेला भन्ने गरिएको हरेक प्रतिकूलतालाई अनुकूलतामा बदल्ने नीति अन्तर्गत देशका कान्तिकारीहरुबीच एकता र ध्रुवीकरण प्राथमिक कर्तव्य हुन् आउछ जसको पहलबाट संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, (नेपाली समाजको प्रकृति अनुरुप) विकास र अग्रगामी कार्यान्वयनमा दृढ प्रतिबद्धता व्यक्त गर्दै हामीहरु सहमतिको निर्णयहरु विज्ञप्तीमार्फत सार्वजनिक गर्दछौं।’



विगतमा भए गरेका वैचारिक-राजनीतिक एवं सांगठनिक गल्ती कमजोरीहरुका सम्बन्धमा कार्यटोली बनाई वस्तुनिष्ठ समिक्षाको दस्तावेजीकरण गर्ने सहमति भएको छ। गोपाल किरातीद्धारा विकसित देशभक्तिपूर्ण पहिचानसहितको समाजवादी लोकतन्त्रवारे पार्टीमा व्यवस्थित छलफल गर्दै पूर्ण जनवादका आधारमा निर्णय लिने र सहमति कार्यान्वयन गर्न देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किराती नेतृत्वमा मार्क्सवादी क्रान्तिकारीहरु नेकपा (माओवादी केन्द्र) मा ध्रुवीकृत हुने पत्रमा उल्लेख छ।null

सहमति पत्र

हाल नेपाली राजनीतिमा अभूतपूर्व जोखिम उत्पन्न भइरहेको यथार्थ जगजाहेर छ । परिस्थितिलाई सही दिशातर्फ व्यवस्थित पार्न जनयुद्धका बेला भन्ने गरिएको हरेक प्रतिकूलतालाई अनुकूलतामा बदल्ने नीति अन्तर्गत देशका कान्तिकारीहरुबीच एकता र ध्रुवीकरण प्राथमिक कर्तव्य हुन् आउछ जसको पहलवाट संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, (नेपाली समाजको प्रकृति अनुरुप) विकास र अग्रगामी कार्यान्वयनमा दृढ प्रतिवद्धता व्यक्त गर्दै हामीहरु निम्न सहमतिको निर्णयहरु विज्ञप्तीमार्फत सार्वजनिक गर्दछौं

१. विगतमा भए गरेका वैचारिक-राजनीतिक एवं सांगठनिक गल्ती कमजोरीहरुका सम्बन्धमा कार्यटोली बनाई वस्तुनिष्ठ समिक्षाको दस्तावेजीकरण गर्ने । जसको मार्गदर्शनमा जनवर्गको तहबाटै एकता-संघर्ष-रुपान्तरण, मुख्यतः रुपान्तरण र नयाँ आधारमा नयाँ एकता सृष्टि गर्दै नेपाली क्रान्तिको समाजवादी कार्यभार उठान गर्न सामर्थ्य आर्जन गर्ने ।

२. कमरेड गोपाल किरातीद्धारा विकसित देशभक्तिपूर्ण पहिचानसहितको समाजवादी लोकतन्त्रवारे पार्टीमा व्यवस्थित छलफल गर्दै पूर्ण जनवादका आधारमा निर्णय लिने ।

३. उपरोक्त सहमति कार्यान्वयन गर्न देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किराती नेतृत्वमा मार्क्सवादी क्रान्तिकारीहरु नेकपा (माओवादी केन्द्र) मा ध्रुवीकृत हुने ।

अन्त्यमा, स्वदेश तथा विदेशमा संघर्षरत नेपाली वर्ग (मजदुर, किसान, सुकुम्बासी, वित्तीय शोषणपीडित तथा विस्थापितवर्ग), लिङ्ग, जातजाति, क्षेत्र एवं देशभक्तहरु र पहिचानसहित प्राकृतिक तथा सांस्कृतिक सम्पदा रक्षा आन्दोलनवीच समाजवादी ध्रुवीकरण बढाएर नेपालको राष्ट्रिय स्वाधीनता, अखण्डता, सम्प्रभुता सुदृढीकरणमा पहलकदमी लिँदै नेपाली जनतामा निहित सार्वभौमसत्ता र राजकीयसत्ताको कठोरतापूर्वक रक्षा र अभ्यास मार्फत संविधानको समाजवाद उन्मुख राज्य-व्यवस्था कार्यान्वयनमा प्रभावकारी पहलद्वारा दलाल तथा नोकरशाही पूँजीवादी भ्रष्ट शासन अन्त्य गरिछाड्ने संकल्पमा जुट्न जेड पुस्ताका युवाहरुसहित सबैसँग आह्वान गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सिद्धार्थ राजमार्ग हुँदै बुटबलबाट बाग्लुङतर्फ लैजाँदै गरेको १३ कार्टुन खैनी (सुर्तीजन्य पदार्थ) स्याङ्जाको नाका राम्दीबाट प्रहरीले नियन्त्रणमा लिइएको छ। गल्याङ नगरपालिका-१ स्थित अस्थायी प्रहरी चौकी राम्दी नाकामा खटिएका प्रहरीले गए राती साढे १ बजे १३ कार्टुन अर्थात ६ हजार ४८० बट्टा खैनी सहित नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिए। उनका अनुसार खैनीको ...
: नेकपा एमालेका महासचिव शंकर पोखरेलले सर्वोच्च अदालतका विगतका नजिरका आधारमा प्रतिनिधि सभा पुनर्स्थापना हुने विश्वास व्यक्त गरेका छन्। प्रेस चौतारी नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले संविधान, जनमत र जनादेशले नचिन्ने सरकारले गरेको प्रतिनिधि सभा विघटनलाई सर्वोच्च अदालतले विगतमा नजिरका आधारमा समेत मान्यता नदिने विश्वास व्यक्त गरेका हुन्। अदालतमा मुद्दा ...
— मलेसियाले श्रमिक लैजाने देशका म्यानपावर कम्पनीका लागि निर्धारण गरेको नयाँ मापदण्डसम्बन्धी पत्रलाई प्रस्तावका रूपमा मात्रै स्वीकार गर्दै कूटनीतिक संवादबाट यससम्बन्धी विषय टुंगो लगाइने नेपाल सरकारले बताएको छ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा शुक्रबार सिंहदरबारमा अर्थमन्त्री रामेश्वर खनाल, कानुनमन्त्री अनिलकुमार सिन्हा, मुख्य सचिव एकनारायण अर्याल र श्रम सचिव कृष्णहरि पुष्करलगायत सहभागी बैठकले मलेसियाको पत्रलाई प्रस्तावका रूपमा ...
: प्रधानमन्त्री सुशीला कार्कीले सचिवहरूलाई १४ बुँदे निर्देशन दिएकी छन्। सोमबार मुख्यमन्त्रीसहितको बैठकमा प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको मर्म र भावनाअनुसार देशमा सुशासन कायम गर्न निर्देशन दिएकी हुन्। 'भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना बमोजिम भ्रष्टाचार नियन्त्रण, सुशासन र प्रभावकारी सेवा प्रवाहका उल्लेख्य सुधार भएको सबै नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सबै मन्त्रालयहरूले ब्लुप्रिन्ट ...
: चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा निर्माणाधीन बेलिब्रिज एक महिनाभित्र सञ्चालनमा आउने भएको छ। चिनियाँ अधिकारीहरूका अनुसार निर्माणाधीन अवस्थामा रहेको मितेरी पुलको निर्माण एक महिनाभित्र सम्पन्न हुनेछ। चिनियाँ अधिकारीहरूसँगको छलफलपछि एक महिनाभित्र पुल निर्माण सम्पन्न हुने र पुनः बैठक बसी सञ्चालन मिति तय गरिने रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले बताए। चिनियाँ पक्षले प्रतिकूल मौसमका बाबजुद ...