मुख्य समाचार
वेस्ट ह्यामले न्युकासल युनाइटेडमाथि ३–१ को पुनरागमन जित
वेस्ट ह्यामले न्युकासल युनाइटेडमाथि ३–१ को पुनरागमन जित

— वेस्ट ह्यामले इंग्लिस प्रिमियर लिगमा आइतबार यो सिजनको दोस्रो जित आत्मसात् गरेको छ । लन्डन स्टेडियममा एक गोलले पछाडि रहेको स्थितिबाट वेस्ट ह्यामले न्युकासल युनाइटेडमाथि ३–१ को पुनरागमन जित रचेको हो । नयाँ प्रशिक्षकका रूपमा नुनो स्पिरिटो सान्टु आएयता वेस्ट ह्यामको यो पहिलो जित हो ।


यस्तै फेब्रुअरीयता वेस्ट ह्याम आफ्नो घरेलु मैदानमा विजयी रहेको पनि यो पहिलो पटक हो । यो जितपछि वेस्ट ह्यामको दस खेलबाट सात अंक भएको छ र अझै १८ औं स्थानमा रहेर रेलिगेसन क्षेत्रमा छ । न्युकासल भने १२ अंकमा १३ औं स्थानमा रहेको छ ।

न्युकासलले चौथो मिनेटमा ज्याकोब मर्फीको गोलले अग्रता लिएको थियो । लुकास पाक्वेटाले ३५ औं मिनेटमा वेस्ट ह्यामका लागि बराबरी गोल फर्काए । पहिलो हाफको इन्ज्युरी समयमा स्भेन बोटमनले आत्मघाती गोल गरेपछि वेस्ट ह्याम पहिलो पटक खेलमा अगाडि रह्यो । टोमस सोचेकले खेलको अन्त्यतिर वेस्ट ह्यामका लागि तेस्रो गोल थपे ।

सेल्टा भिगोको जित

म्याड्रिड– रोमन गोन्जालेजले दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा गरेको निर्णायक गोलको मद्दतले सेल्टा भिगोले स्पेनी ला लिगामा आइतबार दस खेलाडीमा सीमित लेभान्टेलाई २–१ ले पराजित गरेको छ । ओस्कार मिग्वेजाले पहिलो हाफमा गोल गरेपछि सेल्टा भिगाले सुरुआती अग्रता लिएको थियो ।


लेभान्टेका लागि केरभनी एरिगाले दोस्रो हाफमा गोल गरेपछि खेल बराबरीमा पुगेको थियो । लेभान्टेले २९ औं मिनेटमा उनाई भन्सेन्डरलाई रातो कार्डमा गुमाएको थियो र यसले सेल्टा भिगोलाई केही सजिलो बनाएको थियो । यो जितपछि सेल्टा भिगोको १३ अंक भएको छ र ११ औं स्थानमा उक्लेको छ । लेभान्टे भने ९ अंकमा १७ औं स्थानमा छ ।

इन्टर दोस्रो स्थानमा

मिलान– इन्टर मिलानले इटालीको सिरी ‘ए’ आइतबार हेलास भेरोनालाई २–१ ले पराजित गर्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । पिटोर जिलिन्स्कीको गोलले इन्टरले १६ औं मिनेटमा अग्रता लिएपछि घरेलु टिमका लागि गिओभानेले ४१ औं मिनेटमा बराबरी गोल फर्काए ।

खेल बराबरीतर्फ अग्रसर भइरहेका बेला मार्टिन फ्रेसेले दोस्रो हाफको इन्ज्युरी समयमा आत्मघाती गोल गरे र यससँगै इन्टर विजयी रह्यो र उसको १० खेलबाट २१ अंक भएको छ । यो शीर्ष स्थानमा रहेको नेपोलीसँग एकै अंकको मात्र दूरी हो । डिफेन्डिङ च्याम्पियन नेपोलीको २१ अंक रहेको छ ।

पीएसजी पछ्याउँदै मार्से

पेरिस– एन्जेल जोमेजले गरेको एक मात्र गोलको मद्दतले फ्रान्सेली लिग–वानमा मार्सेले आइतबार एक्सेरलाई १–० ले हराएको छ र अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ । यो जितपछि मार्सेको ११ खेलबाट २२ अंक भएको छ र यो शीर्षमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग दुई अंकको अन्तर हो ।

पीएसजीको ११ खेलबाट २४ अंक रहेको छ । मोनाको भने २० अंकमा तेस्रो स्थानमा छ । गोमेजले ३० औं मिनेटमा निर्णायक गोल गर्न सफल रहे । खेलको अन्त्यमा दुवै खेलाडी १०–१० खेलाडीमा सीमित रहे । मार्सेका युलिसे गार्सिया र अक्सेरका सिनाली डाइमन्डे रातो कार्डमा मैदान छाड्न बाध्य रहे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ। शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा ...
: विभागीय टोली नेपाल पुलिस क्लब र न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब नवौं केएनपी नेरोलेक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । चार टोलीको सहभागिता रहेको प्रतियोगितामा राउन्ड रोविन लिगमा लगातार दोस्रो जित निकाल्दै पुलिस र न्यु डायमन्ड एक खेल अगावै फाइनलमा पुगेका हुन् । बिहीबार भएका दुवै खेलमा पुलिस र ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम