मुख्य समाचार
बार्सिलोनाले स्पेनी ला लिगामा एल्चीलाई ३–१ ले हराए
बार्सिलोनाले स्पेनी ला लिगामा एल्चीलाई ३–१ ले हराए

— बार्सिलोनाले स्पेनी ला लिगामा एल्चीलाई आइतबार ३–१ ले हराएको छ । गत साताको एल क्लासिकोको हारपछि बार्सिलोनाले आत्मसात् गरेको यो संघर्षपूर्ण जित रह्यो । यो जितपछि बार्सिलोना अंक तालिकाको दोस्रो स्थानमा पनि उक्लेको छ ।


उसको ११ खेलबाट २५ अंक भएको छ र यो शीर्षमा रहेको रियल म्याड्रिडसँग पाँच अंकको दूरी हो । बार्सिलोना पछाडि भिल्लारियल र एटलेटिको म्याड्रिड रहेका छन् ।

एल्चीविरुद्ध बार्सिलोनाका लागि लामिन यामल, फेरान टोरेस र मार्कस रसफोर्डले गोल गरे । राफा मिरले एल्चीका लागि एक गोल फर्काए र यससँगै बार्सिलोना दबाबमा आएको थियो ।

एल्ची १४ अंकमा नवौं स्थानमा रह्यो । आइतबारको अर्को खेलमा रियल बेटिसले रियल मार्लोकालाई ३–० ले हरायो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— मोहमद सलाहले लिभरपुलका लागि २ सय ५० औं गोल गर्दा असाध्यै खुसी लागेको बताएका छन् । लिभरपुलले इंग्लिस प्रिमियर लिगमा शनिबार राति एस्टन भिल्लालाई २–० ले हरायो र इजिप्टको तिनै खेलाडीको गोलको मद्दतले आफ्नो हारको अकल्पनीय यात्रा टुंग्याउन सफल रह्यो । एनफिल्डमा भएको खेलमा सलाहले पहिलो हाफको ठीक अगाडि गोल गरे । भिल्लाका विश्वकप विजयी अर्जेन्टिनी गोलरक्षक ...
— इर्लिङ हालान्डको दुई गोलमा म्यानचेस्टर सिटीले आइतबार बर्नमाउथलाई ३–१ ले पराजित गरेको छ र यससँगै अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । इतिहाडमा हालान्डसँगै निको ओरिले एक गोल गरे । बर्नमाउथका लागि भने टायर एडम्सले एक गोल फर्काए । यो जितपछि सिटीको १० खेलबाट १९ अंक भएको छ । आर्सनल समान खेलबाट २५ अंकमा शीर्षमा ...
— वेस्ट ह्यामले इंग्लिस प्रिमियर लिगमा आइतबार यो सिजनको दोस्रो जित आत्मसात् गरेको छ । लन्डन स्टेडियममा एक गोलले पछाडि रहेको स्थितिबाट वेस्ट ह्यामले न्युकासल युनाइटेडमाथि ३–१ को पुनरागमन जित रचेको हो । नयाँ प्रशिक्षकका रूपमा नुनो स्पिरिटो सान्टु आएयता वेस्ट ह्यामको यो पहिलो जित हो । यस्तै फेब्रुअरीयता वेस्ट ह्याम आफ्नो घरेलु मैदानमा विजयी रहेको ...
: न्युजिल्यान्डका ब्याटर मार्टिन गुप्टेलले विराटनगर किङ्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा खेल्ने भएका छन्। पहिलो सिजन पनि विराटनगरबाट खेलेका गुप्टेलले सम्झौता नवीकरण गर्न लागेको किङ्स उच्च स्रोतले जनायो। विराटनगर किङ्सले शनिबार एक पोष्ट साझा गर्दै नसकिएको काम सक्न आउने भन्दै एक तस्बिर पोष्ट गरेको थियो। विराटनगरले दक्षिण अफ्रिकाका ब्याटर फाफ डु पेल्सिसलाई ...
: भारतले महिला एकदिवसीय विश्वकप २०२५ को उपाधि जितेको छ। दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै भारतले घरेलु भूमिमा मेडन विश्वकप उपाधि जितेको हो। मुम्बईस्थित, डाक्टर डीवाई पाटिल स्पोर्ट्स ऐकेडेमीमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २९८ रन बनाएको थियो। भारतले दिएको २९९ रनको विजय लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४५.३ ओभरमा ...