मुख्य समाचार
लिभरपुलले इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लालाई २–० ले हरायो
लिभरपुलले इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लालाई २–० ले हरायो

— मोहमद सलाहले लिभरपुलका लागि २ सय ५० औं गोल गर्दा असाध्यै खुसी लागेको बताएका छन् । लिभरपुलले इंग्लिस प्रिमियर लिगमा शनिबार राति एस्टन भिल्लालाई २–० ले हरायो र इजिप्टको तिनै खेलाडीको गोलको मद्दतले आफ्नो हारको अकल्पनीय यात्रा टुंग्याउन सफल रह्यो ।


एनफिल्डमा भएको खेलमा सलाहले पहिलो हाफको ठीक अगाडि गोल गरे । भिल्लाका विश्वकप विजयी अर्जेन्टिनी गोलरक्षक इमिलिएनो मार्टिनेजले दिएको गलत पासलाई सलाहले असाध्यै सहज देखिने गरेर गोल गरे । यो सम्भवतः उनको सबैभन्दा सजिलो गोलमध्ये एक रह्यो । तर गोलले छोएको कोसेढुंगा उपलब्धिका लागि यसलाई कसैले पनि चाँडै बिर्सन सकिने छैन ।

Salah celebrates his 250th goalसलाहले खेलपछि भने, ‘यति ठूलो क्लबका लागि यति धेरै गोल गर्नुले अपार खुसी दिन्छ नै । मलाई यो कम्तीको उपलब्धि जस्तो लाग्दैन ।’ उनले थपे, ‘त्यसैले मैले अहिले गर्वको महसुस गरिरहेको छुं, यो उपलब्धिका लागि ।’ सलाहका लागि भने यो व्यक्तिगत उपलब्धि रहेन, यससँगै लिभरपुलले प्रिमियर लिगमा लगातार चार खेलको हार क्रमलाई पनि पूर्णविराम लगाएको छ । आर्ने स्लटको लिभरपुल सबै प्रतियोगिताका गरेर यसअघिका सातमध्ये छ खेलमा पराजित रहेको थियो । यसले क्लबले सिजनको सुरुमा गरेको अत्यधिक खर्चमाथि पनि प्रश्न उठाएको थियो ।

Salah celebrates his 250th goalत्यस्तै सलाहको आफ्नै व्यक्तिगत प्रदर्शनमाथि पनि सन्देह उठ्न थालेको थियो । गत सिजनको तुलनामा उनको प्रदर्शन केही कमजोर रहेको आरोप लाग्न थालेको थियो । भिल्लाविरुद्धको त्यो गोल यो सिजनकै उनको व्यक्तिगत पाँचौं मात्र हो । लय गुमाएपछि स्लटले सलाहलाई दुईपल्ट सुरुआती टिममा समेत राखेका थिएनन् । ‘म किन पनि खुसी छु भने टिम फेरि लयमा फर्केको छ,’ उनले भने ।

उनको विश्लेषण थियो, ‘आजको जित निकै महत्त्वपूर्ण छ किनभने हामी प्रिमियर लिग र च्याम्पियन्स लिगका केही खेलमा पराजित रह्यौं । अब पनि हाम्रो अगाडि केही महत्त्वपूर्ण खेल छन् र त्यसका लागि अब तयारी गर्न सक्छौं । अहिलेसम्म यो सिजन हाम्रा लागि उतारचढावपूर्ण रह्यो । यसको कारण टिममा केही नयाँ खेलाडी आए । ती उत्तिकै राम्रा छन् तर टिमसँग भिजेर खेल्न समयचाहिँ लाग्नेछ ।’


सलाहले लिभरपुलका लागि पछिल्ला दुई खेलमा गोल गरेका छन् र लिभरपुल तेस्रो स्थानमा उक्लेको छ । यो शीर्ष स्थानमा रहेको आर्सनलसँग उपाधि होडमा सात अंकको दूरी हो । आर्सनलको १० खेलबाट २५ अंक छ । लिभरपुलको भने १९ अंक भएको छ । उसले अहिलेसम्म खेलेका १० खेलमा छ जित र चार हार छन् । स्लटलाई अबको खेलमा सलाह जत्तिको खेलाडीबाट उच्च प्रदर्शन आवश्यक पर्नेछ ।

यस्तो किनभने रियल म्याड्रिड च्याम्पियन्स लिगको खेल खेल्न एनफिल्ड आउँदै छ । यस्तै प्रिमियर लिगमा लिभरपुलले म्यानचेस्टर सिटीको भ्रमण गर्दै छ । सलाहले थपे, ‘हामीले यो सिजनका लागि भनेर केही महत्त्वपूर्ण खेलाडी पनि गुमाएका छौं । अहिलेको स्थितिमा सबै खेलाडीले एकआपसलाई बुझ्न र त्यहीअनुसार खेल्न समय लाग्नेछ । तर मलाई के पनि विश्वास छ भने अब जे हुनेछ, राम्रो हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम