मुख्य समाचार
लिभरपुलले इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लालाई २–० ले हरायो
लिभरपुलले इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लालाई २–० ले हरायो

— मोहमद सलाहले लिभरपुलका लागि २ सय ५० औं गोल गर्दा असाध्यै खुसी लागेको बताएका छन् । लिभरपुलले इंग्लिस प्रिमियर लिगमा शनिबार राति एस्टन भिल्लालाई २–० ले हरायो र इजिप्टको तिनै खेलाडीको गोलको मद्दतले आफ्नो हारको अकल्पनीय यात्रा टुंग्याउन सफल रह्यो ।


एनफिल्डमा भएको खेलमा सलाहले पहिलो हाफको ठीक अगाडि गोल गरे । भिल्लाका विश्वकप विजयी अर्जेन्टिनी गोलरक्षक इमिलिएनो मार्टिनेजले दिएको गलत पासलाई सलाहले असाध्यै सहज देखिने गरेर गोल गरे । यो सम्भवतः उनको सबैभन्दा सजिलो गोलमध्ये एक रह्यो । तर गोलले छोएको कोसेढुंगा उपलब्धिका लागि यसलाई कसैले पनि चाँडै बिर्सन सकिने छैन ।

Salah celebrates his 250th goalसलाहले खेलपछि भने, ‘यति ठूलो क्लबका लागि यति धेरै गोल गर्नुले अपार खुसी दिन्छ नै । मलाई यो कम्तीको उपलब्धि जस्तो लाग्दैन ।’ उनले थपे, ‘त्यसैले मैले अहिले गर्वको महसुस गरिरहेको छुं, यो उपलब्धिका लागि ।’ सलाहका लागि भने यो व्यक्तिगत उपलब्धि रहेन, यससँगै लिभरपुलले प्रिमियर लिगमा लगातार चार खेलको हार क्रमलाई पनि पूर्णविराम लगाएको छ । आर्ने स्लटको लिभरपुल सबै प्रतियोगिताका गरेर यसअघिका सातमध्ये छ खेलमा पराजित रहेको थियो । यसले क्लबले सिजनको सुरुमा गरेको अत्यधिक खर्चमाथि पनि प्रश्न उठाएको थियो ।

Salah celebrates his 250th goalत्यस्तै सलाहको आफ्नै व्यक्तिगत प्रदर्शनमाथि पनि सन्देह उठ्न थालेको थियो । गत सिजनको तुलनामा उनको प्रदर्शन केही कमजोर रहेको आरोप लाग्न थालेको थियो । भिल्लाविरुद्धको त्यो गोल यो सिजनकै उनको व्यक्तिगत पाँचौं मात्र हो । लय गुमाएपछि स्लटले सलाहलाई दुईपल्ट सुरुआती टिममा समेत राखेका थिएनन् । ‘म किन पनि खुसी छु भने टिम फेरि लयमा फर्केको छ,’ उनले भने ।

उनको विश्लेषण थियो, ‘आजको जित निकै महत्त्वपूर्ण छ किनभने हामी प्रिमियर लिग र च्याम्पियन्स लिगका केही खेलमा पराजित रह्यौं । अब पनि हाम्रो अगाडि केही महत्त्वपूर्ण खेल छन् र त्यसका लागि अब तयारी गर्न सक्छौं । अहिलेसम्म यो सिजन हाम्रा लागि उतारचढावपूर्ण रह्यो । यसको कारण टिममा केही नयाँ खेलाडी आए । ती उत्तिकै राम्रा छन् तर टिमसँग भिजेर खेल्न समयचाहिँ लाग्नेछ ।’


सलाहले लिभरपुलका लागि पछिल्ला दुई खेलमा गोल गरेका छन् र लिभरपुल तेस्रो स्थानमा उक्लेको छ । यो शीर्ष स्थानमा रहेको आर्सनलसँग उपाधि होडमा सात अंकको दूरी हो । आर्सनलको १० खेलबाट २५ अंक छ । लिभरपुलको भने १९ अंक भएको छ । उसले अहिलेसम्म खेलेका १० खेलमा छ जित र चार हार छन् । स्लटलाई अबको खेलमा सलाह जत्तिको खेलाडीबाट उच्च प्रदर्शन आवश्यक पर्नेछ ।

यस्तो किनभने रियल म्याड्रिड च्याम्पियन्स लिगको खेल खेल्न एनफिल्ड आउँदै छ । यस्तै प्रिमियर लिगमा लिभरपुलले म्यानचेस्टर सिटीको भ्रमण गर्दै छ । सलाहले थपे, ‘हामीले यो सिजनका लागि भनेर केही महत्त्वपूर्ण खेलाडी पनि गुमाएका छौं । अहिलेको स्थितिमा सबै खेलाडीले एकआपसलाई बुझ्न र त्यहीअनुसार खेल्न समय लाग्नेछ । तर मलाई के पनि विश्वास छ भने अब जे हुनेछ, राम्रो हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ। शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा ...
: विभागीय टोली नेपाल पुलिस क्लब र न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब नवौं केएनपी नेरोलेक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । चार टोलीको सहभागिता रहेको प्रतियोगितामा राउन्ड रोविन लिगमा लगातार दोस्रो जित निकाल्दै पुलिस र न्यु डायमन्ड एक खेल अगावै फाइनलमा पुगेका हुन् । बिहीबार भएका दुवै खेलमा पुलिस र ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम