मुख्य समाचार
जिल्ला प्रशासन कार्यालय गौरले अपांगता भएका व्यक्तिलाई टैम्पुमै नागरिकताको प्रमाणपत्र वितरण
जिल्ला प्रशासन कार्यालय गौरले अपांगता भएका व्यक्तिलाई टैम्पुमै नागरिकताको प्रमाणपत्र वितरण

: जिल्ला प्रशासन कार्यालय गौरले अपांगता भएका व्यक्तिलाई टैम्पुमै नागरिकताको प्रमाणपत्र वितरण गरेको छ।



गौर नगरपालिका-४ टिकुलिया गाउँका लक्ष्मीनारायण राउतलाई जिल्ला प्रशासन कार्यालय गौरका प्रमुख प्रशासकीय अधिकृत मनिष झा र नायब सुब्बा रामनरेश साहले जिल्ला प्रशासन कार्यालय अगाडि टैम्पुमै पुगेर नागरिकताको प्रमाणपत्र उपलब्ध गराएका हुन्।


शारीरिक रूपमा पूर्ण अशक्त लक्ष्मीनारायण राउत नागरिकता लिन प्रशासन कार्यालयसम्म आउन नसक्ने भएकाले टेम्पुमै पुगेर नागरिकता प्रदान गरेको नायब सुब्बा रामनरेश साहले बताए। ‘मानसिक तथा शारीरिक रूपमा पूर्ण अशक्तलाई नागरिकता उपलब्ध गराएका छौँ, उनले पहिले नाबालक परिचय पत्रबाट सामाजिक सुरक्षा भत्ता लिइरहेका रहेछन्,’ साहले भने।’



जिल्लाका अन्य स्थानीय तहहरूमा पनि कोही त्यस्ता व्यक्तिहरू भएमा गाडीमा अथवा जहाँ सहज हुन्छ त्यही पुगेर नागरिकता उपलब्ध गराउन सकिने प्रमुख प्रशासकीय अधिकृत मनिष झाले बताए।

वडाबाट कागजात बनाएर प्रशासन कार्यालयमा आवश्यक प्रक्रिया पूरा गरी टेम्पुमै १० मिनेट भित्र नागरिकता पाउँदा राउतले खुसी व्यक्त गर्दै प्रशासनलाई धन्यवाद दिए। नागरिकता बनाउने उमेर पुगेका तर नागरिकता नभएकै कारण सामाजिक सुरक्षा भत्ता रोकिने अवस्था आएपछि प्रशासनसँग सहजीकरण गरेमा कानुनअनुसार सहयोग गरिने कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपालका निजी क्षेत्रका छाता संगठनहरूले जेनजी आन्दोलनपछि एकजुट भएर राष्ट्र निर्माणमा सक्रिय हुने घोषणा गरेका छन्। नेपालका निजी क्षेत्रका छाता संगठनहरूले सोमबार काठमाडौंमा संयुक्तरूपमा पत्रकार सम्मेलन गर्दै राष्ट्र निर्माणमा थप जिम्मेवार र सक्रिय भूमिका खेल्न एकताबद्ध भएर अघि बढ्ने घोषणा गरेका हुन्। मुलुकको शान्ति र समृद्धिका लागि ऐक्यबद्धता जनाउँदै उनीहरूले थप जिम्मवार भइ निरन्तर योगदानका ...
माधव नारायणमा भ्रष्टाचार: मेयर र निमित्त प्रमुख प्रशासकीय अधिकृत अख्तियारको फन्दामा
— कैलालीको धनगढीमा प्रहरीले शंकास्पद रूपमा बोकिएको २८ लाखभन्दा बढी रुपैयाँसहित दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढी उपमहानगरपालिका–३ स्थित मिलनचोक क्षेत्रमा जाँचका क्रममा उनीहरू सवार कार रोकेर रकम बरामद गरेको हो। उक्त टोलीको नेतृत्व प्रहरी नायब निरीक्षक गजेन्द्रबहादुर चन्दले गरेका थिए। पक्राउ परेका व्यक्ति भारतको लखिमपुर खिरी, पलियाका २९ वर्षीय सागर ...
: नेपाली कांग्रेसमा नियमित महाधिवेशन गर्ने कि विशेष भन्नेमा विवाद बढ्न थालेको छ। कांग्रेसका नेताहरुबिच महाधिवेशनको विषयमा सहमति जुट्न नसक्दा कांग्रेसको दोस्रो पटक आइतबार बोलाइएको केन्द्रीय कार्यसमिति बैठक पनि स्थगित भएको छ। १५ औं महाधिवेशनको मितिबारे कांग्रेसमा विवाद बढ्दा शुक्रबार पनि बैठक बस्दै नबसी आइतबारका लागि बैठक तय गरिएको थियो। विवाद बढ्दै जाँदा संस्थापन पक्ष र ...
— कांग्रेसका पूर्वपदाधिकारी तथा संस्थापन पक्षका नेता विमलेन्द्र निधिले कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीलाई अनिर्णयको बन्दीमा बनाएको बताएका छन् । उनले आफुहरुले महामन्त्री पक्षधरहरुलाइ पार्टी कब्जा गर्न नदिने तर्क गरेका छन् । कान्तिपुरसँग कुरा गर्दै उनले पार्टी सभापती शेरबहादुर देउवाले सक्रिय राजनीतिमा नफर्किने भनेर कार्यवहाक दिइसकेकाले पार्टीमा नेतृत्व हस्तान्तरण भयसकेको तर्क पनि ...