— चार वर्ष यता बर्दिया राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले ६ वटा पाटे बाघको मृत्यु भएको छ । तीमध्ये ३ भाले,२ पोथी र १ डमरु रहेको बर्दिया निकुञ्जका सूचना अधिकारी वरिष्ठ संरक्षण अधिकृत सरोजमणि पौडेलले जनाए ।
पछिल्लो पटक सन् २०२२ मा बर्दियामा गणना हुँदा १ सय २५ बाघ वटा थियो । बर्दिया निकुञ्जमा डेढ दश यता चोरी सिकारीबाट बाघ र गैंडा मारिएका छैनन् ।
यस वर्ष पुस ७ गतेदेखि बाघ गणना हुँदै छ । बर्दिया निकुञ्जमा बाघको संख्या बढेको अनुमान गरिएको छ । निकुञ्जका सूचना अधिकारी पौडेलले बाघको संख्या बढेको अनुमान गरिएको बताए ।
बर्दिया निकुञ्जमा बाघ सहजै हेर्न सकिने भन्दै पर्यटकका लागि प्रमुख गन्तव्य बनेको छ । बाघको गणना पुसबाट हुने र गैंडा गणना चैतबाट हुने छ ।