मुख्य समाचार
बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ

: पाँचथरको हिलिहाङ गाउँपालिका–१ फेदापमा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्। ६९ वर्षीय युवराज राईको हत्या गरेको आरोपमा उनका कान्छा छोरा ३१ वर्षीय सन्देश राई पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक अनिश कर्णका अनुसार आइतबार घर नजिकैको करेसाबारीमा युवराज मृत अवस्थामा फेला पारेका थिए।


युवराजको शरिरमा चोटपटक लागेको देखेपछि प्रहरीले कान्छा छोरा सन्देशलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा सन्देशले बुबाको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

अंश माग्दा बुबाले नदिएपछि दाउरा प्रहार गरी हत्या गरेको सन्देशले बयान दिएको प्रहरीले बताएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपालका निजी क्षेत्रका छाता संगठनहरूले जेनजी आन्दोलनपछि एकजुट भएर राष्ट्र निर्माणमा सक्रिय हुने घोषणा गरेका छन्। नेपालका निजी क्षेत्रका छाता संगठनहरूले सोमबार काठमाडौंमा संयुक्तरूपमा पत्रकार सम्मेलन गर्दै राष्ट्र निर्माणमा थप जिम्मेवार र सक्रिय भूमिका खेल्न एकताबद्ध भएर अघि बढ्ने घोषणा गरेका हुन्। मुलुकको शान्ति र समृद्धिका लागि ऐक्यबद्धता जनाउँदै उनीहरूले थप जिम्मवार भइ निरन्तर योगदानका ...
माधव नारायणमा भ्रष्टाचार: मेयर र निमित्त प्रमुख प्रशासकीय अधिकृत अख्तियारको फन्दामा
— कैलालीको धनगढीमा प्रहरीले शंकास्पद रूपमा बोकिएको २८ लाखभन्दा बढी रुपैयाँसहित दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढी उपमहानगरपालिका–३ स्थित मिलनचोक क्षेत्रमा जाँचका क्रममा उनीहरू सवार कार रोकेर रकम बरामद गरेको हो। उक्त टोलीको नेतृत्व प्रहरी नायब निरीक्षक गजेन्द्रबहादुर चन्दले गरेका थिए। पक्राउ परेका व्यक्ति भारतको लखिमपुर खिरी, पलियाका २९ वर्षीय सागर ...
: नेपाली कांग्रेसमा नियमित महाधिवेशन गर्ने कि विशेष भन्नेमा विवाद बढ्न थालेको छ। कांग्रेसका नेताहरुबिच महाधिवेशनको विषयमा सहमति जुट्न नसक्दा कांग्रेसको दोस्रो पटक आइतबार बोलाइएको केन्द्रीय कार्यसमिति बैठक पनि स्थगित भएको छ। १५ औं महाधिवेशनको मितिबारे कांग्रेसमा विवाद बढ्दा शुक्रबार पनि बैठक बस्दै नबसी आइतबारका लागि बैठक तय गरिएको थियो। विवाद बढ्दै जाँदा संस्थापन पक्ष र ...
— कांग्रेसका पूर्वपदाधिकारी तथा संस्थापन पक्षका नेता विमलेन्द्र निधिले कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीलाई अनिर्णयको बन्दीमा बनाएको बताएका छन् । उनले आफुहरुले महामन्त्री पक्षधरहरुलाइ पार्टी कब्जा गर्न नदिने तर्क गरेका छन् । कान्तिपुरसँग कुरा गर्दै उनले पार्टी सभापती शेरबहादुर देउवाले सक्रिय राजनीतिमा नफर्किने भनेर कार्यवहाक दिइसकेकाले पार्टीमा नेतृत्व हस्तान्तरण भयसकेको तर्क पनि ...